मृतक चौरसियाको न्यायीक छानविन हुनुपर्ने भन्दै अनुसन्धानका लागि उच्च स्तरीय कमिटी गठन गनुपर्ने ओवीसीको माग

  • ९ कार्तिक २०७७, आईतवार २२:३२ मा प्रकाशित
  • बिरगंज , कार्तिक ०९

    पर्साको विन्दवासनी गाँउपालिकाको प्रसौनी भाठामा गत बिहीबार नेकपाको गाउपालिका कमिटीको सपथ ग्रहण कार्यक्रममा भएको झडपमा परेर मृत्यु भएका नेकपाका पर्सा जिल्ला कमिटी सदस्य तथा गाउँ कमिटी सचिव मुकेश चौरसियाप्रती अखिल नेपाल पिछडावर्ग ओवीसी महासंघ पर्साले शोक व्यक्त गर्दै मृतक चौरसिया र झडपमा परी गम्भिर घाईते भएकाहरुको सन्दर्भमा न्यायीक छानविन हुनुपर्ने भन्दै अनुसन्धानका लागि उच्च स्तरीय कमिटी गठन गनुपर्ने माग गरेको छ ।

    ओवीसी महासंघले गत कात्तिक ६ गते बिहीबार आयोजना भएको कार्यक्रममा उपस्थित नेता र सदस्यहरु माथि पनि स्वतन्त्र र निष्पक्ष छानविन हुनुपर्ने विज्ञप्ती मार्फत माग गरेको छ ।

    यस्तै ओवीसी महासंघका केन्द्रिय महासचिव तेज पकास निषाध , पर्सा जिल्ला अध्यक्ष अकलेश साह , नगर अध्यक्ष रोशन सरार्फ र सह सचिव राजन साहद्वारा हस्ताक्षरीत विज्ञप्तीमा कुनै कसैमाथि राजनीतीक प्रतीशोध नराखी छानविन गर्न सम्बन्धीत प्रकृया यथाशिघ हुनुपर्ने अखिल नेपाल पिछडावर्ग ओवीसी महासंघ पर्साले माग पनि गरेकोे छ ।

    Leave a Reply