आश महमद/
बारा, १० कार्तिक ।
प्रदेश नं.२ का भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले सबैको सहकार्य र एकताले मात्र मधेशको उत्थान तथा विकास हुन सक्ने कुरामा जोड दिनु भएको छ ।
जनता समाजवादी पार्टी नेपाल वड़ा इकाई समिति प्रसौनी-३ नौतन बाराले प्रसौनी गाउँपालिका वडा नं. ३ नौतन गण्डक चौकमा रहेको मधेश सेवा आश्रममा आयोजाना गरेको दशै, दिपावली, छठ पर्वको उपलक्ष्यमा चियापान तथा शुभकामना अदान प्रदान कार्यक्रममा प्रमुख अतिथिको आशनबाट शुभकामना मन्तव्य दिने क्रममा उहाँले सो कुरा बताउनु भएको हो ।
शुभकामना मन्त्वयकै क्रममा मन्त्री सोनलले प्रदेश-२ को विकासकालागि आफूले व्यक्तिगत र मन्त्रीस्तरीय रुपमा आवश्यक पहल गरिरहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
त्यसैगरी बारा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य एकवाल मियाँले मधेशको चौतर्फी विकासकालागि पार्टी मजबुत हुनुका साथै सम्पूर्ण मधेशी समुदाय एक हुनुपर्नेमा जोड दिनु भयो ।
प्रसौनी गाउँपालिका अध्यक्ष भोला प्रसाद गुप्ताले गाँपालिकाको विकासमा प्रदेश सरकार तथा संघीय सरकारको अझ तदारुकता देखाए गाउँपालिकालाई प्रदेशकै नमूना गाउँपालिकाको रुपमा स्थापित गर्न आफूहरु सक्षम रहेको कुरामा जोड दिनु भयो ।
वडाध्यक्ष बैजु गुप्ताले आफ्नो व्यक्तिगत र वडाको तर्फबाट शुभकामना मन्तव्य व्यक्त गर्नु हुँदै विकासमा पछाडी परेको प्रसौनीको वडा ३ लाई आफूले एकदम कम समयमा पनि विकासको मार्गमा डोर्याएको दाबी गर्नु हुँदै सबै पक्षको थप सहयोग र सहकार्य प्राप्त भए अझ राम्रो विकास गर्न सक्ने दाबी गर्नु भयो ।
कार्यक्रमको उद्घाटनको क्रममा आयोजकले उपस्थित विशिष्ट, प्रमुख लगायतका अतिथि एवं सहभागीरुलाई गमछा ओढ़ाई तथा टिका र जमरा लगाई शुभकामना आदान प्रदान गरेका थिए ।
जनता समाजवादी पार्टी नेपाल वडा इकाइ समिति प्रसौनी-३ का इकाइ समिति अध्यक्ष लक्ष्मी नारायण राउत कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रसौनी गाउँपालिका अध्यक्ष भोला प्रसाद गुप्ता, प्रसौनी गाउँपालिका उपाध्यक्ष गीता देवी शाह अधिवक्ता रामचन्द्र सिंह, क्षेत्रीय अध्यक्ष सिताराम गुप्ता, वडा नं. ३ का वडाध्यक्ष वैजनाथ गुप्ता, वडा नं. २ का अध्यक्ष सुरेश प्रसाद गुप्ता, वडानं. ४ का अध्यक्ष आनन्द प्रसाद गुप्ता, ५ का वडा अध्यक्ष सनै साह लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो भने कार्यक्रम संचालन शिक्षक राजकिशोर साहले गर्नु भएको थियो ।
कार्यक्रमा स्थानीय तथा जिल्लास्तरका पार्टीका नेता, कार्यकर्ता, महिला, भद्रभलाद्मीलगायतको उल्लेखनीय सहभागिता रहेको थियो । त्यस्तै इनरदेव राउत, राधेश्याम, तपसी, जलेशर, पनालाल, राम प्रसाद, बिजुली राउत, मनोज, रामेश्वर,सर्युग दास, परवानीपुरका ५ का मनोनित वडाध्यक्ष संजु गुप्तालगायतको उपस्थितिमा कार्यक्रम सम्मपन्न भएको ।


