तुलसिपुरमा कार र माेटरसाइकल ठाेक्किदा दुइजना घाइते

  • १८ भाद्र २०७७, बिहीबार ०९:१९ मा प्रकाशित
  • तुलसीपुर १८ भदौ । तुलसीपुरको गुम्राह चोकमा बिहान सवा सात बजे कारले मोटरसाईकललाई ठक्कर दिदा २ जना घाइते भएका छन्

    घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा निबासी २५ बर्षका मोहन पाठक र तुलसीपुर उपमहानगरपालिका– ६ गाईडर बस्ने ४२ बर्षकी मिना पाठक रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

    राप्ती बबईबाट क्याम्पस रोडबाट बजार तर्फ आउँदै गरेको रा५प ५२३३ नम्बरको मोटरसाईकललाई ग३च १४७६ नम्बरको कारले गुम्राह चोकमा ठक्कर दिदा उक्त घटना भएको थियो । चालक सहित कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

    मोटरसाईकललाई ठक्कर दिदा २ जना घाइते भएका छन् ।

    Leave a Reply