दाङमा लकडाउन भएकाे अाज छैटौँ दिन लकडाउनकाे अवधि भाेलि राति १२ बजे सकिदै

  • २० भाद्र २०७७, शनिबार १०:४८ मा प्रकाशित
  • तुलसिपुर २० भाद्र
    दाङ कोरोना संक्रमण रोकथामका लागि गरिएको लकडाउनको छैठौँ दिन अाज लकडाउनकाे अवधि भाेलि राति १२ वजे सकिदै छ । अाज पनि मुख्य बजारहरु तुलसिपुर लगायत घाेराहि, लमही, हापुरे, भालुबाङ, बिजौरी, नारायणपुर लगायतका बजार सुनसान रहेकाे प्रहरीले बताएकाे छ ।

    यस्तै अाज पनि सडकमा अत्यावश्यक बाहेक अन्य सवारी साधन चलेका छैनन् भने मानिसहरुको आवातजावात पनि सुन्य रहेकाे छ ।विभिन्न प्रमुख बजारहरुमा औषधि पसलबाहेक अन्य सबै पसल बन्द हुदै अाएका छन् भने व्यापार व्यवसाय समेत ठप्प रहेका छन् ।

    जिल्लामा कोरोना संक्रमण समुदायस्तरमा फैलिदै जान थालेपछि रोकथामका लागि भदौ १५ देखि २१ गते राती १२ बजेसम्म गरिएको लकडाउनमा नागरिकलाई बिनाकाम घरबाहिर ननिस्कन प्रशासनले अपिल गरेको छ । बिना काम घर बाहिर निस्केमा प्रहरीले होल्डमा राखेर छोड्ने गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले जानकारी दिनुभयो । संक्रमण रोकथाका लागि गरिएको लकडाउनमा अहिले नागरिकले पनि साथ दिएको उहाँको भनाई छ । लकडाउन कायम राख्ने वा हटाउने विषयमा भोलि छलफल हुने भएको छ । 

    जिल्ला संकट व्यवस्थापन केन्द्र सिसीएमसीको भोलि बस्ने बैठकले लकडाउन कायम राख्ने वा हटाउने टुंगो लगाउने प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले जानकारी दिनुभयो । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण प्रसाद भुषालले लकडाउन थप गर्न नहुने धारणा राख्नुभएको छ । 

    Leave a Reply