मेलम्ची पाँचपोखरी बाटो सुचारु

  • १ श्रावण २०७७, बिहीबार १८:३७ मा प्रकाशित
  • सुशील सुवेदी

    २५ गते आएको अविरल बर्साको कारणले अबरुद्ध भएको मेलम्ची पाँचपोखरी बाटो सुचारु भएको छ । आज गाउपालिकाले बाटो खुलाएको स्थानिय युबराज भट्टराईले जानकारी दिनुभयो । बाटो अबरुद्ध हुदा मेलम्ची भएर गाउँपालिका हुँदै पाँचपोखरी जाने यात्रुहरु मारमा परेका थिए । गाउँमा कोहि बिरामी हुदा एम्बुलेन्स जान सक्ने अबस्था नहुदा स्थानीय चिन्तित भएका थिए । अब भोताङ सम्म सहजै जान सकिने गाउँपालिका अधक्ष्य टासी लामाले जानकारी दिनुभयो ।

    Leave a Reply