सुशील सुबेदी
गए रातीदेखिको अबिरल बर्षाले बाह्रबिसे देखि तातोपानि क्षेत्रका विभिन्न ठाँउमा क्षति पुर्याएकोे छ । उद्धारकालागि निस्किएको नेपाली सेना प्रहरि पनि जम्बु सम्मपनि पुग्न नसक्ने अबस्था भएकोले स्थानियले समयमा साथ पाउन नसकिरहेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो । अविरल वर्षाको कारण वाह्रविसे नगरपालिकाको जम्वुका ठाडो खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिका का १५ घर वगाएको र केही व्याक्ति सम्पर्क विहिन भएका छन ।
वाह्रविसे नगरपालिका उपप्रमुख शुसिला पाख्रिनले वताए अनुसार वर्षाले कति क्षति भयो भन्ने एकिन हुन सकेको छैन । वाह्रविसेको् खोसानीवारी भन्दा माथितिर जान सकिराको छैन । टेलिफोन अवरुद्ध भएको पाख्रिनले वताइन ।
खोला सडकमाथि हिडिरहेको छ । उद्धारको लागी जान सक्ने अवस्था नै नभएको उनिले वताइन । निरन्तर पानी परिरहेको छ । पहिरोहरु आएको छ । भोटेकोसी नदिको वहाव वढ्नाले आसपासका नागरिकहरु त्रसित वनेका छन । सवैलाई सुरक्षित रहन उपप्रमुख पाख्रिनले अनुरोध गर्नुभएको छ ।