वृद्ध तथा जेष्ठ दलित नागरिकका लागि राहत प्याकेज

  • ८ असार २०७७, सोमबार १७:३८ मा प्रकाशित
  • उमेश कुशवाहा,बिरगंज

    पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा-१९ विन्दबासनी केहुनियामा दलित अधिकार समाज पर्सा नेपालको विशेष पहल र नेपालकै जापान बस्ने सामाजिक अभियान्ता शिव तण्डुकारको आर्थिक सहयोगमा १२ घरधुरीलाई खाद्यान्न राहत वितरण गरिएको छ।

    कोरोना भाईरस संक्रमन बाट बच्नको लागि देश भरी लकडाउनको अवस्था रहेकोे थियो । लकडाउनको कारणले गर्दा मजदुर,श्रमिक,ईटाभाटामा काम गर्ने , ज्यालादारी तथा साहुको खेतमा काम गर्ने विपन्न तथा दलितहरु लाई समस्या रहेकोे छ।

    लकडाउन खुकुलो भएन पनि घरपरिवारको खर्च चलाउने समस्या अहिले रहेकोे छ। यस लकडाउनको कारणले बढी प्रभावित वृद्ध तथा जेष्ठ नागरिक परेका छन।

    पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा-१९, विन्दवासनी केहुनियाको विपन्न तथा दलित १२ घरधुरीलाई खाद्यान्न राहत वितरण गरिएको छ।

    यस राहत वितरण कार्यक्रमको सहजीकरण पर्सा जिल्लाको सामाजिक अभियान्ता दलित अधिकार समाज पर्सा नेपालको अध्यक्ष मनोज राम ज्युले गर्नु भएको छ।

    यस राहत वितरण कार्यक्रममा दलित अधिकार समाजको बिरगंजमहानगरपालिकाको संयोजक दिपेन्द्र राम,दलित अगुवा अशोक राम, संजोग राम अगुवाहरुको उपस्थिति रहेकोे छ।

    Leave a Reply