वडाअध्यक्ष यादवद्वारा राहत बितरण ॥

  • २५ चैत्र २०७६, मंगलवार ०८:२८ मा प्रकाशित
  • कपिलवस्तुको शुध्दोधन गाउँपालिका वडा नंम्बर ६ का वडाअध्यक्ष बिजय बहादुर यादवले वडामा रहेको विपन्न परिवारलाई घरदैलोमा पुगेर राहत सामग्री बितरण गरेका छन् । एकै ठाउँमा भिडभाड गरी राहत बितरण गर्दा सामाजिक दुरी हुन नसक्ने भन्दै वडावासीको घरघरमै पुगेर उनले राहत सामग्री बितरण गरेका हुन । विश्वमा कोरोना भाइरसको महामारीका कारण सरकारले घोषणा गरेको लकडाउन पालना गर्ने क्रममा कुनै पनि वडावासी भोकै नरहुन भन्ने उदेश्यले घरदैलोमैं पुगेर राहत सामग्री बितरण गरेको वडा अध्यक्ष यादवले बताए । स्वतन्त्रबाट निर्वाचित यादव शुध्दोधन गाउँपालिकाको कान्छा वडाअध्यक्ष समेत हुन । गाउँपालिकाले यति बेला बिभिन्न वडामा राहत बाडीरहेको छ । हामीले पनि यस वडाबाट १२५ विपन्न परिवारको सूची बनाएर चामल , दाल , चीनी , आलु , तेल प्याज विपन्न परिवारलाई बितरण गरेको उनले बताए । मुलुकमा ठप्प भयेको बेला समस्यामा रहेको विपन्न परिवारको घरदैलोमा पुगेर राहत सामग्री बितरण गरेको वडा सचिव बद्रिप्रसाद यादवले बताए ।

    Leave a Reply