
कपिलवस्तु – राष्ट्रिय जनता पार्टी शुध्दोधन गाउँपालिकाको अध्यक्ष कमलेश चौधरले आफूलाई कस्ले भोट दिएर भनेर राहत बितरणमा भेदभाव नगर्न गाउँपालिकालाई सुझाव दिएको छन् । उनले राहत बितरणमा पक्षपात , स्वास्थ्य सामग्री खरिदमा अनियमितता र भ्रष्ट्राचार जस्त कुरा यो बेला सुन्न नपरोस भन्दै अहिलेको संवेदनशील घडीमा मर्नु हुँदैन भनेको छन् । गरिबका चुला जल्न छाडेका खबरहरु आउन थालेको भन्दै उनले यस्तो बेला हिजो कस्ले भोट दियो या दिएन अथवा तपाई वा उ कुन पार्टीको यी सबै छोडेर सबैलाई समान ब्यावहार गर्न , नअल्मलिन र तत्काल राहतको बन्दोबस्त मिलाएर राहत घरघर पुग्ने व्यवस्था मिलाउन गाउँपालिकालाई सुझाव दिएको छन् । यस काममा तथ्यांक लिने र बितरणमा स्थानियको सहयोगमा काम गर्न सकिने चौधरीको भनाई छ ।

