-अधिवक्ता अपेक्षा निरौला-
बिश्वभरी महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) संक्रमण राेकथाम तथा नियन्त्रकाे लागि भएकाे लकडाउनले जनजीवन प्रभावित भएको छ भने अर्को तर्फ नकरात्मक प्रभाव महिला हिंसा बढेको छ।
कोरोनाको साथै घरेलु हिंसा पनि समाजमा एउटा रोगको रूपमा रहेको छ ।
महिला हिंसा घरैबाट उत्पन्न हुने गरेको छ। यसको न्यूनीकरण पनि घरबाटै महिला र पुरूष दुबै मिलेर गर्नुपर्छ । घरभित्र हिंसा हुन नदिन हरेक व्यक्तिले आफ्नो भूमिका समेत चिनेर त्यसलाई निर्बाह गर्न सक्नुपर्छ।
घरेलु हिंसा जस्तो समस्या आफू परे कस्तो हुने होला भनेर अर्काको ठाउँमा आफु बसेर हेर्ने हैसियत पनि समाजका प्रत्येक व्यक्तिले बनाउन सक्नुपर्छ । महिलाहरुलाई आर्थिक र सामाजिक रुपमा शसक्त नबनाउँदासम्म उनीहरूमाथि परिवार र समाजका सदस्यले हिंसा गर्ने अवस्थाको अन्त्य हुन नसक्ने अवस्था छ। हिंसा हुनु बिभिन्न कारण पनि हाम्रो समाजमा रहेको छ।
- महिलाहरु अरु कामको लागि होइन महिलाहरु घरको काम गर्न मात्रै योग्य रहेको सोच।
- दाइजो नलाएको सोच।
- महिलाहरु मात्रा मनोरन्जनको साधन हो, मनोरन्जनको रुपमा प्रयोग गर्ने सोच
- महिलाहरु मात्रा भन्साकोठा (चूलो चौकाको लागि रहेको सोच
- महिलाहरु कमजोर हो भन्ने सोच
- जति पढ़ेलेखेको भए चुला चौका नै गर्ने सोच
खासगरी, समाजमा पितृसत्तात्मक सोचका कारण पनि विशेषरूपमा महिला हिंसा बढेको हो । यस्तो अवस्थामा समाजका मानिसहरूले यस्तो सोचलाई नकार्दै महिला पुरुष बराबर हुनुपर्ने धारण निर्माण गर्नु आवश्यक छ ।
यसरी यस्तो सोच बनाउन सकेमा मात्र समाजमा सकारात्मक परिवर्तन हुन्छ र सबै क्षेत्रमा महिला माथि हुने हिंसाको अवस्थामा कमि आउन सक्छ । अहिलेको यस अवस्थामा जसरि लकडाउन उल्लङ्घन गर्दा भाटे कारबाही गरिएको छ, त्यसरी नै महिला हिंसा गर्नेलाई पनि तुरुन्तै भाटे कार्वाही सहित कानुनी कठघरामा राखियोस् ।


