• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Tag: सीमा कार्की

सीमा कार्की समर्पणका चोटिला झिल्का कविताहरू

  • २३ फाल्गुन २०८०, बुधबार २२:०० मा प्रकाशित
  • १)
    आमा मेरो सहारा
    कसरी तिरौँ मैले
    खाएको दुधको भारा !
    २)
    छातीमा टाँसेर जोगायौँ
    चुँडिन्छ भन्दै कोपिला
    राखेरै काखमा हुर्कायौँ !
    ३)
    हामीलाई खुवाउथ्यौँ जहिल्यै
    भोक शान्त पार्न
    पटुकी कस्थ्यौँ पहिल्यै !
    ४)
    डोरायौँ हात समाई
    खोज्छौँ तिम्रो धन,
    आपसमा गरी लडाई !

    जहिल्यै दिन्छु दुख
    आफ्नै झोली भर्छु
    दिन्नँ तिमीलाई सुख ।

    ✍️ सीमा कार्की
    ठोरी गाउँपालिका ४, पर्सा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, सीमा कार्कीLeave a Comment on सीमा कार्की समर्पणका चोटिला झिल्का कविताहरू

    झिल्का दोहोरी- ‘माग्न आऊ पहिले’

  • २ माघ २०८०, मंगलवार २३:३७ मा प्रकाशित
  • झिल्का एक नवीनतम एवम् लघुतम काव्य विधा हो । यो तीन हरफमा लेख्ने गरिन्छ । यसका ३ हरफमा ३/३ शब्द गरेर जम्मा ९ शब्दमा यो कविता पूरा हुने गर्दछ । यसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार एवम् तेस्रो हरफले विषयवस्तुको भावलाई उत्कर्षमा पुर्‍याउँदै समापन गर्दछ । यसको पहिलो र अन्तिम हरफमा अन्त्यानुप्रास अनिवार्य गरिएको छ भने दोस्रो हरफ स्वतन्त्र रहन्छ ।

    दोहोरी आफैँमा रमाइलो पक्ष हो । जसमा दुई पक्ष बिच सवाल जवाफ हुने गर्दछ । यस लघुतम काव्य विधा झिल्काको नियम, सिद्धान्त र संरचनाको अधीनमा रही मध्यपुर ठिमी ५, संगम काेलाेनी भक्तपुर निवासी झिल्काकार राज कुमार राजभण्डारी “खाेटाङ्गे” र ठोरी गाउपालिका-४, मेलचोक, पर्सा निवासी झिल्काकार सीमा कार्की समर्पण बीचको घम्साघम्सी झिल्का दोहोरी यहाँहरू सामु प्रस्तुत गर्दैछौँ । पढेर आनन्द लिनुहोस् ।

    झिल्का दोहोरी

    तिमी कसकी छाेरी
    कस्ती छ्यौ भन
    काली की गाेरी ?
    🙎‍♂️ राज कुमार राजभण्डारी “खाेटाङ्गे”

    कार्कीकी हुँ छोरी
    गाउँमै हुर्किएकी म
    भन्छन् नक्कली माेरी!
    🙎‍♀️ सीमा कार्की समर्पण
    ~~~~~~~~
    रहिछ्यौ तिमी नक्कली
    सिधा सोझी खोजेको
    मलाई चाहिन्छ सक्कली ।
    🙎‍♂️ राज कुमार राजभण्डारी “खाेटाङ्गे”

    रङ मेरो गहुँगोरो
    समयको माग हजुर
    छैन चरित्र दोहोरो ।
    🙎‍♀️ सीमा कार्की समर्पण
    ~~~~~~~~
    जातले केही गर्दैन
    भइहाल्छ मन मिले
    रङले फरक पर्दैन ।
    🙎‍♂️ राज कुमार राजभण्डारी “खाेटाङ्गे”

    तिम्रो पर्खाइमा बसिछु
    समयसँग बहकिन्न कहिल्यै
    छातीमा नाम धसिछु ।
    🙎‍♀️ सीमा कार्की समर्पण
    ~~~~~~~~
    हाम्रो मन मिलेमा
    डेटिङ गर्न जाउँ
    धरान धनकुटा हिलेमा ।
    🙎‍♂️ राज कुमार राजभण्डारी “खाेटाङ्गे”

    माग्न आऊ पहिले
    जान्छु छाया बनेर
    हुन्छ बिहे जहिले ।
    🙎‍♀️ सीमा कार्की समर्पण

    ~~~~~~~~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का दोहोरी, राजकुमार राजभण्डारी, सीमा कार्कीLeave a Comment on झिल्का दोहोरी- ‘माग्न आऊ पहिले’

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P