
झिल्का (नौ शब्दको कविता)
१)
जीवमा श्रेष्ठ नर
स्वार्थमा लिप्त हुँदा
हरायो आपसी भर l
२)
वाध्यताको पर्दा भित्र
विलीन छन् दुखिया
ठान्छन् आँसुलाई मित्र l
३)
माला अनि टिका
भिरेर उड्छन् युवा
बनाई मुहार फिका l
४)
सङ्गत गुनाको फल
होश नपाई चाखेमा
खस्लान् अश्रु भल l
५)
खुर्केर बेथितिका छिल्का
स्वस्थ समाज बनाऔँ
कोरेर अश्रान्त झिल्का l
✍️
बाबुराम गौतम, गुल्मी