१)
थालियो झिल्कालाई शुरू
समयले साथ दिएसम्म
अघि बढ्नेछु खुरुखुरु।
२)
जन्म्यौँ कस्तो देशमा ?
नेतृत्व भए बेइमान
देखिन्छन् नक्कली भेषमा ।
३)
सबैले गर्छन् गुनासो
सत्ताधारी मोज गर्ने
छैन जनताको चासो ।
४)
भइरहन्छ यस्तो कहिलेसम्म
जनताको शक्ति उदाओस्
पाइयोस् भोजन टम्म ।
५)
गणतन्त्र कस्तो देखियो
सयौँ राजा भए
भएको गतिविधि लेखियो ।
✍️
अर्जुन प्रसाद चौलागाई