साप्ताहिक पञ्चाङ्ग लेखन शृङ्खला- ६०

  • ३० भाद्र २०८०, शनिबार ०८:४८ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: साठीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको भाग :-६० [साठीऔंमा]

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८०/०५/२५गते
    भोलि बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
    ……………………………………….

    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    ………………………………………………
    पञ्चाङ्ग:०१
    दुःख पर्दा जहिले तुच्छ मान्छ मान्छे।
    सुखसयल हुँदा उच्च ठान्छ मान्छे।
    मान्छेको स्वभाव विचित्रको छ यहाँ,
    गरीब हुँदा पीडा भोग्दै जान्छ मान्छे।
    स्वार्थी भावनाले जहिले तान्छ मान्छे।

    पञ्चाङ्ग:०२
    सबै खालका पाप फालेर तीज मनाइन्छ।
    झलमल दियालो बालेर तीज मनाइन्छ।
    माइत जाइन्छ,भेटघाट हुन्छ स- प्रेमीमा,
    छम छम पाईला चालेर तीज मनाइन्छ।
    मिठा मिठा भोजन हालेर तीज मनाइन्छ।

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    पञ्चाङ्ग:०३

    उत्कृष्ट साहित्य लेखेर पनि साहित्यकार बनिन्न रहेछ।
    परिश्रम गर्दा पनि साहित्यमा परिश्रमी भनिन्न रहेछ।
    प्रचारप्रसार गर्ने, पुस्तक छपाउन सक्ने ठूला श्रष्टा रे,
    पैसा लगानी नगर्ने गरीबहरू त यहाँ गनिन्न रहेछ।
    ठूलाको सँगत नहुने राम्रो साहित्यकार जनिन्न रहेछ ।

    • रचना “प्रतीक्षा”
      ललितपुर ।

    पञ्चाङ्ग:०४

    तिजमा माइतमा जाने बरिलै।
    दिदीबहिनी दर खाने बरिलै।
    नेपालीको तिज रमाइलो पर्व,
    संस्कार र संस्कृति माने बरिलै।
    नारीको सारी राम्रो ठाने बरिलै।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०५

    बर्ष दिने नारीको चाड आयो बरिलै।
    देशै भरी तीजको पर्व छायो बरिलै।
    छोरी चेलीको रमाइलो यहि पर्व हो,
    हामी नारी पर्वले देशै खायो बरिलै।
    सबै नारी भेला भएर रायो बरिलै।
    बेदु न्यौपाने
    काठमाडौँ ❤️

    पञ्चाङ्ग:०६
    महिलाहरूले राम्ररी घर खान थाले।
    दुध मात्रै होइन अब तर खान थाले।
    पहिला जस्तो छैन अहिले धन धेरै भो,
    संस्कृतिमाथि विकृतिको थर खान थाले।
    महिना दिन अघिबाटै दर खान थाले ।

    श्रीकृष्ण शर्मा पोखरा

    पञ्चाङ्ग :०७
    सधै अरूको काधमा चल्नु पर्ने।
    पाइलो टेक्नै नपाई ढल्नु पर्ने।
    मूर्दालाइ पनि कहाँ शान्ति छ र ?
    कि माटो भित्र परेर गल्नु पर्ने ।
    कित चित्तामा चढेर जल्नु पर्ने ।

    विवश पारदर्शी
    झापा,

    पञ्चाङ्ग:०८
    घुमी आयो तिज मन खोलेर नाचौ बरिलै।
    नाचौ है नाचौ बाडुले कम्मर भाचौ बरिलै।
    पीडा मनको गीतमा पोख्ने तिज पर्व हाम्रो ,
    छैन भर जीवनको खुशी भै बाचौ बरिलै।
    नगरौ भड्किलो सस्कृतिलाई साचौ बरिलै।
    सुस्मिता अधिकारी ,काठमाडौँ

    पञ्चाङ्ग:०९
    सदैव जिन्दगीमा जिउने कला चाहिँदो रहेछ।
    बाँच्न कठिन हुँदा पिउने कला चाहिँदो रहेछ।
    मानिसले मानिसलाई बाँच्न नदिने भए यहाँ,
    फाटेको लुगा जस्तै सिउने कला चाहिँदो रहेछ।
    दुष्टको सामुन्नेमा थिउने कला चाहिँदो रहेछ।
    ह्यारिस

    पञ्चाङ्ग:१०
    जल्ले मान्द‌ैन विश्वास जीव मर्न गयाे भने।
    फेरि फर्कन्न त्याे कैले चिता भर्न गयाे भने।
    आस्था धर्म विना भन्छन् श्रद्धा सुमन के गरी,
    तैपनि भन्दछन् तिन्ले लास पर्न गयाे भने।
    अनास्था हुन्न क्वै ठानाैँ आत्मा सर्न गयाे भने।

    ताेयानाथ सुवेदी
    काँडाघारी,काठमाडौं

    पञ्चाङ्ग:११
    उताउलाे पनको भुमरीमा परेकाे छ हिजाेआजकाे तिज।
    हाेटल अनि पार्टी प्यालेसमा सरेकाे छ हिजाेआजकाे तिज।
    सवै तिज पार्टीमा रमाउने श्रमीकहरुलाई पिडा मात्रै,
    गरिव दुःखीलाई हाेच्याउँने गरेकाे छ हिजाेआजकाे तिज।
    त्यसैले हाेला रितीरिवाजनै मरेकाे छ हिजाेआजकाे तिज।

    उर्मिला के.शी.
    धनकुटा

    Leave a Reply

    Your email address will not be published.