
(साउदी अरब)६ बर्ष अघि साउदी अरब आएका पर्साका फर्मुल्लहा मिया धुनिया नेपाली राजदुताबास रियादका अलकासिम प्रतिनिधी तथा एनआरएनए आईसीसी सदस्य श्री बिशाल कुमार श्रेष्ठ तथा एनआरएनए आरसीसी अलकासिम अध्यक्ष श्री कृष्ण अघिकारीको सहयोगमा नेपाल फर्किएका छन् ।
उनी २०१७ मा साउदी अरबको एक कृर्षि फार्ममा काम गर्न भनी आएको थिए । दुई बर्ष देखी कम्पनीले अकामा नबनाई गैरकानुनी रुपमा काम लगाई नेपाल जान नदिएको अबस्थामा नेपाली राजदुतावास रियाद बाट बहिर्गमन भिषाको सिफारिस पत्र लिएर अलकासिम प्रतिनिधी तथा एनआरएनए आईसीसी सदस्य श्री बिशाल कुमार श्रेष्ठको सम्पर्कमा आए पछी बुरैदा स्थित श्रमिक अदालतमा १८ अगस्तमा बहिर्गमन भिषाको लागि आबेदन गरिएको थियो । ९ दिनको प्रयास पछी २७ अगस्तका दिन बहिर्गमन प्राप्त गरी नेपाल जाने बाटो खुलेको थियो । तेसको केही दिन पछी उहां ५ सेप्टेम्बरको उडानबाट नेपाल पुग्नु भयो !!!