चितवनको गैँडाढापमा स्रष्टा मिलन, पुस्तक लोकार्पण, रचना वाचन तथा कला-सांस्कृतिक प्रदर्शनी कार्यक्रम सम्पन्न

  • २८ बैशाख २०८०, बिहीबार १६:५० मा प्रकाशित
  • चितवन जिल्ला राप्ती नगरपालिका वडा नं. ४ को गैँडाढापमा स्रष्टा मिलन, पुस्तक लोकार्पण, रचना वाचन तथा कला-सांस्कृतिक प्रदर्शनी कार्यक्रम शनिबार सम्पन्न भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चको आयोजना र राप्ती नगरपालिका वडा नं. ४ को प्रायोजनमा भएको उक्त कार्यक्रमको उद्घाटन वरिष्ठ साहित्यकार, समालोचक, भाषाविद् तथा नमस्ते आधुनिक लघुकथा मञ्चका संरक्षक डा. विदुर चालिसेले गर्नुभएको थियो ।

    नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा र राप्ती नगरपालिका, वडा नम्बर-४ का वडाध्यक्ष एवम् सामाजिक अभियन्ता श्री केदार आचार्य, वरिष्ठ साहित्यकार श्री रामबाबु घिमिरे, वरिष्ठ साहित्यकार श्री केशवराज आमोदी, साहित्य सङ्गम, चितवनका उपाध्यक्ष, छन्दोवद्ध काव्य प्रतिष्ठानका सचिव राजेन्द्र घायल लगायतको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा साहित्यकारहरू- चुडामणि ओली, रोहिणीप्रसाद लोहनी, ज्ञानु उपाध्याय, निरज कोइराला, तुलसी पण्डित, मनोहरी पौडेल, विष्णुमाया पन्थी, शिवहरि अधिकारी, गणेश नेपाली, यमुना प्रधानाङ्ग मुना, शेखर अर्याल, मीठू कुमारी पाठक, वसन्त अनुभव, रामशरण थपलिया, मणिराम नेपाल, सम्राट सुमन लगायतले शुभकामना मन्तव्यसँगै आ-आफ्ना रचना वाचन गर्नुभएको थियो ।

    उक्त कार्यक्रममा सन्त कुमार चौधरी, गोविन्दराज कँडेल, सोवेन्द्र चौधरी, अन्जु चौधरी, नारायण सिंह बराल थापामगर, शिवप्रसाद अर्याल, दिपेन्द्र थपलिया, ज्ञानेन्द्र घिमिरे, हरिप्रसाद गजुरेल, सरिता भट्ट, सुजन घिमिरे, विषम मियाँ लगायत स्थानीय महानुभावहरूको उपस्थिति रहेकोे थियोे ।

    प्रचलित भन्दा फरक ढङ्गले (व्यानरमा हस्ताक्षर गरेर) उद्घाटन गरिएको कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत सम्पूर्ण अतिथिहरूलाई मञ्चका सचिव वसन्त अनुभवले आफ्नो स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो भने ‘गुरु सङ्गीत पाठशाला’, खैरहनी-८, पर्साबजारका सङ्गीत प्रशिक्षक श्री कुमार सिंजाली मगरको गायन समूहले गीतद्वारा स्वागत गरेको थियोे ।

    कार्यक्रममा विभिन्न जातजातिहरूको मौलिक संस्कृति झल्काउने नृत्य प्रदर्शन गरिएका थिए । जसमा थारूहरूको जितिया पर्वमा नाचिने प्रख्यात ‘झाम्टा नाच’, थारू सम्प्रदायकै फागु पर्वमा नाचिने प्रख्यात डफ्फु नाच, लाठी नाच तथा झर्रा नाच, मगर समुदायको कौडा नाच, सनातन भजन समूबाट भजन तथा खैँजडी नाच प्रदर्शन गरिएको थियोे ।
    कार्यक्रमको उद्घोषण मञ्चका उपाध्यक्ष शेखर अर्याल र सदस्य मीठू कुमारी पाठकले गर्नुभएको थियो ।

    ‘लघुकथाको सुगन्ध: १२ फूल १०८ सुगन्ध’ संयुक्त लघुकथासङ्ग्रहको लोकार्पण

    नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित लघुकथाको सुगन्ध: १२ फूल १०८ सुगन्ध, संयुक्त लघुकथासङ्ग्रहको शनिबार लोकार्पण भएको छ । कार्यक्रमका प्रमुख अतिथि डा. विदुर चालिसेले एक कार्यक्रम विच लोकार्पण गर्नुभएको हो ।
    लोकार्पित लघुकथा सङ्ग्रहको समीक्षा गर्नुहुँदै डा.चालिसेले प्रस्तुत सङ्ग्रह केवल लघुकथा सङ्ग्रह मात्र नभएर समालोचनाको पनि सङ्ग्रह भएको बताउनुभयो ।

    लघुकथाकार एवम् समीक्षक निरज कोइरालाले शुभकामना मन्तव्य दिदै प्रस्तुत सङ्ग्रह एउटा मात्र नभएर १२ वटा सङ्ग्रह भएको उल्लेख गर्नुभयो ।
    प्रस्तुत सङ्ग्रहमा १२ जना लघुकथाकारहरूले फरक फरक विषयमा लेखिएका ९/९ वटा लघुकथाहरू सङ्ग्रहित छन् ।

    • अम्बिका धिताल– आनन्द, बोक्सी, बयान, भेट्ने उपाय, समाधान, एकछिन, विशेष दिन, नपचेको कुरा र स्वर्ग ।
    • कर्ण दयाल ‘सोराडी’– स्वार्थ, सन्तानको माया, पश्चाताप, घात, स्वामित्व, अधिकार, समानता, वरदान र सर्वशक्तिमान् ।
    • कृष्णजी शर्मा- करुणा भाइरस, भ्रष्ट भाइरस, कर्तव्य र जिम्मेवारी, लकडाउन, चिन्ता, राहत, सद्बुद्धि, डढेलो र विश्वसुन्दरी ।
    • चन्द्रकला अधिकारी– जन्मदिन, आमाको माया, मातृत्व, आमाको छायाँ, अन्तर्बोध, बहुमूल्य उपहार, मातृत्व भाव, डाक्टर र ओखती र प्रसाद ।
    • प्रभा देवी पौडेल- धारणा, छिमेकी, विवेक, अपजस, ढाडे बिरालो, कर्मरेखा, उजाडिएको बस्ती, खाडल र जस्तालाई तस्तै ।
    • मञ्जु ज्ञवाली- पालो, जाम, कस्तो प्रेम ?, मेरा बा, दक्षिणा, नयाँ साथी, मियो, मास्टर बा र नव दुर्गा ।
    • यमुना प्रधानाङ्ग ‘मुना‘- बिटुलो ?, सोच, द्वैध व्यवहार, फुल्न दिउँ, विभेद किन ?, रगतको रङ्ग, पेसा, अभियान र समानुपातिक ।
    • राजेन्द्रकुमार आचार्य– हिस्स बुढा खिस्स, हाइसञ्चो, रामराम !, कन्तबिजोग, दुई मुर्ख, चिल खाया, तीर्थ यात्रा, घोक्रेठ्याक र जेठी भाउजू ।
    • वसन्त अनुभव– आमा, पश्चाताप, आमाको माया, आत्मग्लानि, छुटकारा, अभिमान, मोहित बुबा, तेल भिसा र सत्यबोध ।
    • शिवहरि अधिकारी– भ्रष्टाचार, छट्टु नेता, धाँधली, मुसाको घमण्ड, नेता बन्ने रहर, नयाँ घर, परिवर्तन, पुल र साईंलाबाको गुनासो ।
    • शेखर अर्याल– मित्रता, हुने बिरुवाको चिल्लो पात, प्रेरणा, उत्साह, सारङ्गी, थाँक्राको काँक्रो, होली, छोरीको पीडा र निसासिँदो हाँसो ।
    • सुधा बाँस्कोटा ढकाल– पाल्तु, छाप, निर्णय, सहयोग, समानता, राधा दिदी, सजिना, आत्मीयता र गर्व ।

    Leave a Reply

    Your email address will not be published.