• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: बिज्ञान/प्रविधि

एनआरएनएको महिला उपाध्यक्षमा यासमीन बेगम सैयदको पुनः उम्मेदवारी दिने ।

  • १३ भाद्र २०८०, बुधबार १५:३४ मा प्रकाशित
  • ३० अगस्ट २०२३, साउदी अरब ! गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको २०२३-२५ कार्यकालका लागि महिला उपाध्यक्षमा साउदी अरबबाट यासमीन बेगम सैयदको पुनः उम्मेदवारी दिने भएकी छन् ।

    वर्तमान कार्यसमितिको महिला उपाध्यक्षमा रहेर मध्यपुर्व क्षेत्रहरूका अनगिन्ती श्रमिक समस्याहरु समाधान देखि महिलाहरुको हक हित तथा अन्य संघ संस्था र सरकारी निकाय नियोग, उप नियोग हरुसितको समन्वयमा थुप्रै सामाजिक सेवाका कामहरु सफलताका साथ सम्पन्न गर्दै आफ्नो २०२१-२३ कार्यकाल सफलता पुर्वक सम्पन्न गरेकि महिला उपाध्यक्ष पुन २०२३-२५ कार्यकालका लागि पनि सोही पदमा उम्मेदवारी दिएकी छन् ।

    एक दशक भन्दा लामो समयदेखि संस्थामा आवद्ध भएर विभिन्न पदमा रहेर अनुकरणीय योगदान दिनुभएकी बेगम बिस्वभरिनै एक सकृय सामाजिक अभियन्ताका रुपमा परिचित छन् ।
    संघको आगामी अक्टोवर दोस्रो साता काठमाण्डौंमा हुने ११ औं महाधिवेसनमा उनले महिला उपाध्यक्षमा पुनः उम्मेदवारी दिने भएकी हुन् ।
    २१-२३ कार्यकालमा निर्विरोध भएकी यास्मिन यो पटक पनि निर्विरोध हुने सम्भावना रहेको छ ।

    Posted in अन्तर्राष्ट्रिय, बिज्ञान/प्रविधि, मुख्य खबर, समाजLeave a Comment on एनआरएनएको महिला उपाध्यक्षमा यासमीन बेगम सैयदको पुनः उम्मेदवारी दिने ।

    डा रुइतलाई बहराइनमा ‘इसा अवार्ड’ प्रदान

  • १० फाल्गुन २०७९, बुधबार ११:१८ मा प्रकाशित
  • तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइत ‘इसा अवार्ड’बाट सम्मानित हुनुभएको छ ।

    बहराइनमा आयोजित कार्यक्रममा बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले उहाँलाई अवार्र्ड प्रदान गर्नुभएको प्रतिष्ठानका जनसम्पर्क अधिकृत सुनिता केसीले जानकारी दिनुभयो । उहाँका अनुसार बहराइनका राजा अल खालिफाले डा रुइतलाई १० लाख डलर बराबरको उक्त अवार्र्डसहित सम्मानपत्र प्रदान गर्नुभएको हो ।

    ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले उहाँलाई आँखा उपचार गरेर अन्धोपन हटाउन खेलेको भूमिकाको योगदान गर्दै अवार्र्ड प्रदान गरेको हो । गत माघ महिनामा डा रुइतलाई उक्त संस्थाले इसा अवार्र्ड दिने घोषणा गरेको थियो ।

    उक्त अवार्डका लागि एक सय ४५ व्यक्ति तथा संस्थाले मनोनयनमा दर्ता गराएका थिए । अन्तिम छ व्यक्ति तथा संस्थाको सूचीमा परेर उहाँ छनोट हुनुभएको हो । बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले सन् २००९ मा पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले अवार्ड प्रदान गर्दै आएको छ ।

    डा रुइतले मोतियाविन्दु उपचार गर्ने सरल विधि विकास गर्नुभएको छ । उहाँले प्रतिष्ठानमा अन्धोपन हटाउनका लागि आँखामा हाल्ने अन्तर्राष्ट्रियस्तरको लेन्स ‘इन्ट्राअकुलर लेन्स’ उत्पादन गर्दै आउनुभएको छ ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, बिज्ञान/प्रविधि, मुख्य खबरLeave a Comment on डा रुइतलाई बहराइनमा ‘इसा अवार्ड’ प्रदान

    इन्जा फोटो पत्रकारिता पुरस्कार श्रेष्ठ द्धयलाई

  • ६ फाल्गुन २०७९, शनिबार ०८:४० मा प्रकाशित
  • नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सन्जाल (इन्जा)ले यस बर्ष देखि शुरु गरेको इन्जा फोटो पत्रकारिता पुरस्कार लामो समयदेखि कार्यरत २ जना फोटो पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको छ ।
    फोटो पत्रकारिताको माध्यमद्धारा नेपाली समाज तथा आम नागरिकलाई सुसूचित गराउदै आउनु भएका बरिष्ठ फोटो पत्रकार नरेन्द्र श्रेष्ठ र सुरेशकुमार श्रेष्ठ ( सुरज श्रेष्ठ)लाई प्रदान गर्ने निर्णय गरेको इन्जा ग्लोवलका अध्यक्ष गुणराज लुइटेलले जानकारी दिनुभयो ।

    बिस २०५२ सालदेखि नेपाल समाचारपत्रबाट फोटो पत्रकारिता शुरु गर्नु भएका नरेन्द्र श्रेष्ठले कान्तिपुर पव्लिकेस, लस एन्जलस टाइम्स, न्यूर्योक टाइम्स, टाइम्स म्यागजिन,गार्डियन डेली, टेलिग्राफ युके, इन्डिपेन्डेन्ट युके, फाइनान्सियल टाइम्स, वालस्ट्रीट जर्नल,द टाइम्स लण्डन,डाइ वेल्ट,नेशनल ज्योग्राफी, वाशिंगटन पोष्ट लगायतका संचार माध्यममा काम गरी सक्नु भएको छ ।

    त्यसै गरी पुरस्कृत हुने अर्का फोटो पत्रकार सुरेशकुमार श्रेष्ठ( सुरज श्रेष्ठ) ले पोखरालाई आफ्नो कार्यक्षेत्र बनाएर फोटो पत्रकारितालाई निरन्तरता दिदै आउनु भएको छ । २०६२ सालबाट फोटो पत्रकारितमा संलग्न रहनु भएका श्रेष्ठ बिभिन्न सामाजिक संघ संस्थामा समेत आवद्ध रहेर सामाजिक क्षेत्रमा समेत आफ्नो पहिचान बनाउन सफल हुनु भएको छ ।

    ५०– ५० हजार राशीको उक्त पुरस्कार नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सन्जाल (इन्जा) को स्थापना दिवस मार्च १ अर्थात फागुन १७ गते प्रदान गरिने भएको छ ।

    Posted in अन्तर्राष्ट्रिय, बिज्ञान/प्रविधि, मुख्य खबरLeave a Comment on इन्जा फोटो पत्रकारिता पुरस्कार श्रेष्ठ द्धयलाई

    आज चन्द्र ग्रहण नेपालबाट १ घण्टा २३ मिनेट ग्रहण देखिनेछ ।

  • २२ कार्तिक २०७९, मंगलवार ०९:४५ मा प्रकाशित
  • File photo

    काठमाडौं ।

    आज बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रग्रहण सुरु हुने र ५ बजेर २७ मिनेटमा क्षिण (हराउने) हुँदै जानेछ । यस्तै, चन्द्रग्रहणले ६ बजेर ३४ मिनेटमा मोक्ष दिने ज्योतिष सुरेन्द्र रिजालले जानकारी दिए ।

    यस ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण पनि भनिन्छ । चन्द्रोदयसँगै सुरु हुने र करिब एक घण्टा २३ मिनेटसम्म लाग्ने यो ग्रहणलाई शुभ ग्रहणको रुपमा पनि लिन सकिन्छ । नेपालबाट १ घण्टा २३ मिनेट ग्रहण देखिने छ। कात्तिक महिनामा दुई वटा मंगलबारमा लागेको यो ग्रहणमा स्नान गर्दा राम्रो हुने ज्योतिष रिजालले बताए ।

    सूर्यग्रहणको सुतक १२ घण्टा अगावै लाग्ने गर्दछ भने चन्द्रग्रहणको नौ घण्टा अघिदेखि सुतक लाग्छ । मंगलबार बिहान ८ः११ बजेदेखि बाल, वृद्ध र बिरामी (अशक्त) बाहेकलाई भोजन निषेध गरिएको ज्योतिष रिजालले बताए ।

    ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अति कष्टदायक रहेको ज्योतिष रिजालले बताए । चन्द्रग्रहणले मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको, तुला राशिलाई स्त्रीपीडा, वृश्चिक राशिलाई सुख, धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने पनि उनले बताए ।

    ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा निकै फलदायी पनि हुने उनले बताए । चन्द्रग्रहण पूर्ण रुपमा लाग्न नपाउँदै सकिने भएकोले यसको असर पनि कम हुने देखीन्छ । औंसीमा सूर्यग्रहण र पूर्णिमामा चन्द्रग्रहण लाग्छ।

    Posted in बिज्ञान/प्रविधिLeave a Comment on आज चन्द्र ग्रहण नेपालबाट १ घण्टा २३ मिनेट ग्रहण देखिनेछ ।

    नेपाली साझा मंच साउदीद्वारा पर्वतकी मिर्गौला तथा क्यान्सर पीडितलाइ गर्‍यो आर्थिक सहयोग ।

  • २४ आश्विन २०७९, सोमबार २३:३७ मा प्रकाशित
  • समर्पण रम्जान

    साउदी अरब ! नेपाली साझा मंच साउदी अरबको पहलमा पर्वतको कुश्मा नगरपालिका वडा नंं १कि दुबै मिर्गौला फेल राजकुमारी सार्की र कुश्मा-२ कि छाला क्यान्सर पीडित दिपा पाद्य्यलाई आर्थिक सहयोग गरेको छ।

    ज्याला मजदुरीकाे भरमा आफ्नो दैनिकी चलाउदै आईरहेका, विगत ३ महिना अगाडि देखि दुवै मिर्गौलामा समस्या देखिएका पर्वतका सार्कीको उपचारको लागि ८/१० लाख खर्च लाग्ने भएपछि आर्थिक समस्या परेपछि संस्थाले सहयोग गरेको छ ।

    त्यसैगरी सोही पर्वत जिल्लाकै अर्का छालाको क्यान्सर पीडित पाध्यको उपचारमा पनि आर्थिक समस्या भएको र उहाँको श्रीमान मानसिक रोगी भएको जानकारी प्राप्त भएपछि दुबै पीडितको बारे बुझी मन्चको खोवर संयोजक भरत पौडेलको नेतृत्वमा अभियान संचालन गरि पीडितलाई आर्थिक सहयोग गरिएको संस्थाले जनाएको छ ।

    संस्थाले मृगौला पीडित सार्कीलाई ने रु १२ हजार र क्यान्सर पीडित पाद्य्यलाई ने रु २० हजार आर्थिक सहयोग गरेका छ । पीडित दुबैलाई रेमिट गरि रकम हस्तान्तरण भैसकेको पनि संस्थाले जानकारी गराएको छ ।

    पीडित दुबै जना सार्की र पाध्य दम्पतीको सिघ्र स्वास्थ्य लाभको कामना सहित आर्थिक सहयोग गरि मानवीयता व्यक्त गर्नु हुने खोवर संयोजक पौडेल तथा एफपिआईमा कार्यरत दाजुभाइ लगायत सम्पूर्ण सहयोगी मनहरुमा नेपाल साझा मन्च साउदीले हार्दिक आभार व्यक्त गरेको छ ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिज्ञान/प्रविधिLeave a Comment on नेपाली साझा मंच साउदीद्वारा पर्वतकी मिर्गौला तथा क्यान्सर पीडितलाइ गर्‍यो आर्थिक सहयोग ।

    आजदेखि सुरु भयो एमडीएमएस, दर्ता नभएका मोबाइल नचल्ने

  • ३० भाद्र २०७९, बिहीबार ११:०२ मा प्रकाशित
  • ३० भदौ, काठमाडौं।नेपाल दुरसञ्चार प्राधिकरणले आजदेखि मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेको छ ।

    नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न आजदेखि यो प्रणाली कार्यान्वयनमा आएको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका अनुसार एमडीएमएस प्रणाली अनधिकृत रुपमा मोबाइल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो । यसको ‍औपचारिक सार्वजनिक भने दिउँसो सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गर्नेछन् ।

    यो प्रणाली कार्यान्वयन भएसँगै नेपाल भित्रिने सबै मोवाइल दर्ता गर्नुपर्नेछ । यदि दर्ता नभएको खण्डमा नेपालीमा ती मोवाइल सञ्चालन हुने छैन ।

    प्राधिकरणका अनुसार यो प्रणाली लागू हुनुभन्दा अघिका मोवाइल स्वत: दर्ता हुनेछन् भने आज (बिहीबार)पछि भित्रिने सबै मोबाइलमा दर्ता गर्नुपर्ने छ ।

    मोवाइल खरिद गर्दा यो प्रणालीमा दर्ता भए नभएको यकिन गरेर मात्रै खरिद गर्न प्राधिकरणले सूचित गरेको छ । त्यसका लागि MDMS.nta.gov.np मा गएर हेर्न सकिनेछ ।

    मोबाइल आयताकर्ता र बिक्रेतालाई पनि प्राधिकरणले स्वीकृत लिई दर्ता भएका मोबाइलमात्रै बिक्री गर्न निर्देशन दिएको छ ।

    यो प्रणाली सुरु भएसँगै मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने ब्यवस्था गर्न सकिने प्राधिकरणको भनाइ छ ।जसले अपराध न्युनिकरणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

    Posted in अर्थ, बिज्ञान/प्रविधि, मुख्य खबरLeave a Comment on आजदेखि सुरु भयो एमडीएमएस, दर्ता नभएका मोबाइल नचल्ने

    मोबाइल आयातमा झनै कडाई, ३८ हजारभन्दा बढी मूल्यको ल्याउन नमिल्ने

  • २ श्रावण २०७९, सोमबार ११:३५ मा प्रकाशित
  • सरकारले मोबाइल आयातलाई झनै कडाई गरेको छ । यसअघि वैशाख महिनामा आयात विदेशी मुद्राको सञ्चिती जोगाउन भन्दै सरकारले ६०० डलरभन्दा महँगा स्मार्टफोन आयातमा बन्देज लगाएको थियो । यसलाई थप कडाई गर्दै सरकारले ३०० डलरभन्दा महँगो स्मार्टफोन आयातमा बन्देज लगाएको हो ।
    आजको विदेशी विनिमय दर अनुसार ३०० अमेरिकी डलरको नेपाली रुपैयाँ ३८ हजारभन्दा माथि हुन आउँछ । सरकारले वैशाख महिनादेखि नै महँगा स्मार्टफोन आयातमा रोक लगाएको थियो । जुन, भदौ १४ गतेसम्मका लागि थप गरेको हो ।
    गत आर्थिक वर्ष २०७८/७९ को जेठ महिनासम्मको अवधिमा नेपालले विदेशबाट ३८ अर्ब ६ करोड ६९ लाख रुपैयाँको स्मार्टफोन आयात गरेको छ । यसअवधिमा ५५ लाख ८६ हजार सेट स्मार्टफोन भित्रिएको भन्सार विभागको तथ्याङ्कले जनाएको छ ।

    Posted in अर्थ, बिज्ञान/प्रविधिLeave a Comment on मोबाइल आयातमा झनै कडाई, ३८ हजारभन्दा बढी मूल्यको ल्याउन नमिल्ने

    बहुदरमाई नगरपालिका -७ मा पाँच दिने महिलाहरुको लागि कृषि तालिम शुरू ।

  • ६ असार २०७९, सोमबार ०१:०४ मा प्रकाशित
  • उमेश कुशवाहा बीरगंज,

    पर्साको बहुदरमाई नगरपालिका वाड नं.-०७ मा पाँच दिने महिलाहरुको लागि कृषि तालिम संचालन गरिएको वडा नं ०७ का वडा अध्यक्ष बिरेन्द्र प्रसाद यादवले जनकारी गराएको छन।

    अस्थायी वाड कार्यालय छपकैया टोलमा सो तालिम संचालन गरिएको छ।

    बहुदरमाई नगरपालिकामा अधिकांस नगरबासी कृषक भएकाले मेरो वडा नम्बर- ७ को महिलाहरुलाई पाँच दिनै नगर स्तरीय कार्यक्रम अनुसार कृषि तालिम सुरु गरिएको यादवको भनाई रहेकोछ ।

    कृषकको लागी कृषिमा आधुनीकरण गर्ने उहेश्यले सो तालिम सुरू गरिएको यादवले बताएको छन।

    तालिमा ४० जना कृषक महिलाहरुको सहभागिता रहेको छ भने तालिमा असार ०७ गते सम्म चलने छ।

    Posted in बिज्ञान/प्रविधि, समाजLeave a Comment on बहुदरमाई नगरपालिका -७ मा पाँच दिने महिलाहरुको लागि कृषि तालिम शुरू ।

    आन्तरिक हवाई उडानको भाडा बढ्यो

  • २१ फाल्गुन २०७८, शनिबार १८:५७ मा प्रकाशित
  • काठमाण्डाै – आन्तरिक हवाई उडानको भाडा बढेको छ । नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको भाउ बढाएपछि उडान कम्पनीहरुले पनि भाडा बढाएका छन् ।

    भोलिदेखि लागु हुनेगरी इन्धन शुल्क बढेको र भाडामा पनि वृद्धि भएको यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । सबैभन्दा धेरै विराटनगर–नेपालगञ्ज रुटको भाडा पाँच सय ४० रुपैयाँले बढेको छ । यस्तै, काठमाण्डौ–धनगढीको भाडा चार सय ४५ रुपैयाँ बढेको छ । यस्तै काठमाण्डौ–भद्रपुरको तीन सय, काठमाण्डौ–सुर्खेतको तीन सय ४५ र  काठमाण्डौ–नेपालगञ्जको तीन सय ३० रुपैयाँ भाडा बढेको छ ।

    नेपाल आयल निगमले एक सय १२ रुपैयाँ ९२ पैसामा खरिद गरेको आन्तरिक हवाई इन्धनमा २३ रुपैयाँ ८ पैसा नाफा राखेर एअरलाइन्सहरुलाई बेच्दै आएको छ । एअरलाइन्स कम्पनीहरुले निगमले कम नाफा राखेर इन्धन उपलब्ध गराउन माग गर्दै आएका छन् ।

    Posted in ताजा अपडेट, बिज्ञान/प्रविधिLeave a Comment on आन्तरिक हवाई उडानको भाडा बढ्यो

    त्रिभुवन विमानस्थलको तारबार मर्मत कार्य सुरु

  • १९ फाल्गुन २०७८, बिहीबार २०:४५ मा प्रकाशित
  • १९ फागुन, काठमाडौं । त्रिभुवन विमानस्थल क्षेत्रमा कमजोर सुरक्षा प्रबन्धको फाइदा उठाउँदै अनाधिकृत व्यक्ति सजिलै छिर्न थालेपछि चारकिल्ला क्षेत्रभित्र तारबार मर्मत तर सरसफाइको काम सुरु गरिएको छ ।

    विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार कोटेश्वर क्षेत्रबाट यस्तो मर्मतको काम थालिएको हो । यो काम विमानस्थललाई घेर्ने सबै क्षेत्रमा गरिने भएको छ । ‘झाडी पन्छाउने र तारबार मर्मतको काम थालेका छौं,’ उनले अनलाइनखबरसँग भने, ‘यसबाट मानिसहरुको गतिविधिसमेत निगरानी गर्न सहज हुने छ ।’

    अघिल्लो साता काठमाडौंबाट दोहा उड्ने क्रममा रहेको नेपाल एयरलाइन्सको जहाजमा पार्किङ क्षेत्रमै व्यक्ति पुगेर जहाज चढेका थिए । उनी विमानस्थल घेर्न बनाएको पर्खाल नाघेर विमानस्थल क्षेत्र भित्र प्रवेश गरेको पाइएको हो ।

    विमानस्थलको बाहिरी घेरा कुल १० किलोमिटर हाराहारीको छ । यसमा लगाइएको तारबार जिर्ण अवस्थामा पुगेका कारण सुरक्षा चुनौती थपिएको छ ।

    Posted in बिज्ञान/प्रविधिLeave a Comment on त्रिभुवन विमानस्थलको तारबार मर्मत कार्य सुरु

    Posts navigation

    Older posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2022 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P