• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अन्तर्राष्ट्रिय

नेपाली राजदूतावास तथा एनआरएनए क्षेत्रीय समन्वय समिती अलकासिमको सहकार्यमा श्रमिक समस्या समाधान सम्बन्धि अन्तरक्रिया कार्यक्रम” सम्पन्न। 

  • ८ आश्विन २०८०, सोमबार ०४:०६ मा प्रकाशित
  • साउदी अरब

    नेपाली राजदुतावास रियादले आयोजना गरेको “नेपाली राजदुतावास र नेपाली समुदायिक संघ सस्थाको भूमिका”बिषयक अन्तक्रिया कार्यक्रम”” गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अल कासिमको सहयोगमा, अल कासिम स्थित अल सलाम होटेलमा २३ सेप्टेम्बर २०२३ सनिवारका दिन सम्पन्न भएको छ ।

    उक्त कार्यक्रमको अध्यक्षतामा गैर आवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिती अल कासिमका अध्यक्ष श्री कृष्ण अधिकारी ज्युले गर्नु भएको थियो भने। प्रमुख अतिथिको रूपमा साउदी अरबका लागी महामहिम राजदूत आदरणीय श्री नवराज सुवेदी ज्युले प्रमुख आतिथ्यता ग्रहण गर्नु भएको थियो, त्यसै गरि बिशिस्ट अतिथिमा क्रमशः श्रम काउन्सुलर आदरणीय श्री देबेन्द्र कार्की ज्यु र द्वितीय सचिब आदरणीय श्री टिकाराम उपाध्याय ज्युले आतिथ्यता ग्रहण गर्नु भएको थियो भने अतिथिमा तृतीय सचिब आदरणीय श्री राम पुनित यादव ज्युले आतिथ्यता ग्रहण गर्नु भएको थियो ।

    बेलुका ५:३० बजे बाट सुरु गरिएको उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिती अल कासिमका कार्यसमिति पदाधिकारी ज्युहरु, राष्ट्रिय समन्वय समितीका बर्तमान र निबर्तमान पदाधिकारी ज्युहरु, आइसिसी सदस्य ज्यु, जिएमआइसी ग्रुपका विभिन्न पदाधिकारी ज्युहरु ईस्लामिक धर्म गुरुहरु लगाएत विभिन्न कम्पनीबाट उपस्थित हुनु भएका अगुवा समाज सेवीहरुको करिब ५१ – ५६ जनाको उपस्थित रहेको थियो ।

    उक्त कार्यक्रममा श्रम काउन्सलर श्री देवेन्द्र कार्की ज्यु र द्वितीय सचिव श्री टिकाराम उपाध्याय ज्युले नेपाली राजदुतावास रियाद द्वारा संचालित श्रमिकलाई उपयोगी अनलाइन लिंक, ब्लड मनी सम्बन्धी व्यवस्था, कम्पनीहरुबाट जरिवाना तोकिएका श्रमिकहरूको विवरण, साउदी अरबमा रहेका आप्रवासी नेपालीहरूको जम्मा तथ्यांक साथै (क्रमशः पुरुष, महिला र भिजिट भिसामा रहेका हरुको अलग अलग्गै), गैरकानूनी हैसियतका श्रमिकको घर फिर्ती प्रक्रिया, जेलमा रहेका नेपालीको तथ्याङ्क, नेपाली श्रमिकहरुलाइ तोकीएको जरिवाना र त्यसबाट बच्ने उपाय, सामाजिक सुरक्षा कोषको उपयोगिता, साउदी अरबमा बिभिन्न कारणले ज्यान गुमाएका व्यक्तीहरुको शव नेपाल पठाउने प्रक्रिया र लाग्ने समय, GOSI दावी गर्ने प्रक्रिया, साथै कम्पनीहरुले पिडीत बनाएका श्रमिकहरुले कानुनी उपचार लिने प्रक्रिया र कानुनी उपचार पछि आफ्नो हक लिएर स्वदेश फर्किएका नेपाली दाजुभाईको सफलताको कथा समेत कार्यक्रमा पस्तुत गरिएको थियो । उक्त पस्तुतीमा साउदी अरबमा रहेका बिदेशी श्रमिकहरुका लागी साउदी सरकारबाट सुनिश्चित गरिएको हक अधिकार बारेमा श्रमिकलाई चेतना जगाउने र परेको खण्डमा कानुनी लडाई बाटो देखाउने जिम्मेवारी हामी सबैको दायित्व भएको कुरामा श्रम काउन्सलर श्री देवेन्द्र कार्की ज्युले जोड दिनु भएको थियो भने द्वितीय सचिव श्री टिकाराम उपाध्यायले श्रमिक समस्यमा अगुवाहरुको भुमिका श्रमिकलाई आवश्यक परामर्श दिएर समस्यको समाधान श्रमिक आफैले पहिल्याउन उत्पेरित गराउनु पर्नेमा जोड दिनु भएको थियो । अतिथीहरुले गरेका श्रमिक हकहित बारेका गुनासाहरुको सम्बोधन महामहिम राजदूत श्री नवराज सुवेदी ज्युले गर्नु भएको थियो र भावी कार्य योजनाका बारेमा जानकारी गराउनुका साथै समस्यामा परेका नेपाली श्रमिकहरुको उद्धारका लागी राजदूतावास र क्रियाशील संघ संगठनहरूले सचेतनात्मक तथा सकारात्मक सन्देश प्रवाह गरेर समस्यालाई न्यूनीकरण गर्न सकिने कुराका लागि महामहिम राजदूत श्री नवराज सुबेदी ज्युले जोड दिनु भएको थियो ।

    Posted in अन्तर्राष्ट्रियLeave a Comment on नेपाली राजदूतावास तथा एनआरएनए क्षेत्रीय समन्वय समिती अलकासिमको सहकार्यमा श्रमिक समस्या समाधान सम्बन्धि अन्तरक्रिया कार्यक्रम” सम्पन्न। 

    नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा साउदी आउदै।

  • ७ आश्विन २०८०, आईतवार २३:०० मा प्रकाशित
  • नेपाली काँग्रेसका केन्द्रिय महामन्त्री तथा प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री एवम् संविधानसभा सदस्य भिष्मराज आङ्दम्बे साउदी अरबको ३ दिने भ्रमणमा आउने भएका छन्।

    ३० सेप्टेम्बर देखि २ अक्टोबर सम्म हुने उक्त भ्रमण रियादमा मात्रै सिमित हुने वा साउदी अरबका अन्य सहरमा पनि हुने भन्ने हाम्रो जिग्यासामा जनसम्पर्क समिति साउदी अरेबियाका महामन्त्री सुरेश राज त्रिपाठीले भ्रमण साउदी अरबको राजधानी रियाद तथा पुर्बि क्षेत्र दमाम पनि हुने बताए।

    नेपाली राजदूतावास रियाद द्वारा आगामी ३० सेप्टेम्बर सनिबारका दिन आयोजित “श्रमिक समस्या र समाधान” विषयक कार्यक्रममा सरिक हुने उद्देश्यका साथ साउदी अरब आउनलागेका महामन्त्री तथा सहमहामन्त्री दय् त्यसको अर्को दिन अर्थात् आईतबार एक अक्टोबर रियादमा स्थित जनसम्पर्क समिति साउदी अरबको आन्तरिक छलफलमा सरिक हुँदै सोमबार पुर्बि क्षेत्र दमाममा भेटघाट कार्यक्रममा सहभागी हुने त्रिपाठीले बताए।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा साउदी आउदै।

    अल कासिममा संचालित दुई दिने राहदानी नविकरण घुम्ती सेवाबाट ५४४ जनाले लिए सेवा

  • ७ आश्विन २०८०, आईतवार २०:३२ मा प्रकाशित
  • समर्पण रम्जान

    साउदी अरब ! नेपाली राजदूतावास रियाद र गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती अलकासिमको सहकार्यमा गत  २०२३ सेप्टेम्वर २२ गते शुक्रवार र २३ गते शनिवार साउदी अरबको अलकासिम शहरमा आयोजित दुई दिने
    राहदानी नवीकरण घुम्ती सेवा बाट ५४४ जनाले सेवा लिएका छन् । राहदानी नवीकरण सेवा सेप्टेम्वर २२ गते शुक्रवार बिहान ७:०० बजे देखी बेलुकी ६ः०० बजेसम्म र २३ गते शनिवार बिहान ७ बजे देखी दिउँसो  १२ बजे दिएको थियो ।

    उक्त राहदानी नविकरणको घुम्ती सेवा प्रदान गर्नका लागि नेपाली  दूतावास रियादका द्धितिय सचिव भुपेन्द्र प्रसाद घिमीरेको नेतृत्वमा,  द्धितिय सचिव कमल कुंवर, स्थानिय कर्मचारीहरु डेबिड महर्जन, अजय दंगाल, हेमन्त आचार्य, पवन न्यौपाने, अब्दुल्ला राई आएका थिए भने यसलाई ब्यबस्थित तवरले सम्पन्न गराउन गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य बिशाल कुमार श्रेष्ठ, गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाका उपाध्यक्ष मनिष कोइराला, सचिव धु्र्ब कटुवाल, सदस्य धर्मेन्द्र कार्की, आरसीसी अलकासिम प्रमुख सल्लाहकार राज कुमार श्रेष्ठ, गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिती अल कासिमका अध्यक्ष कृष्ण अधिकारी, बरिष्ठ-उपाध्यक्ष काजीमान कन्दवा, उपाध्यक्ष बिनोद खड्का लगायत सम्पूर्ण आरसीसी टिमद्वारा सहयोग गरिएको आरसिसी कासिमका सचिब सिद्दिलाल श्रेष्ठले जानकारी गराए  !

    घुम्ती सेवा कार्यक्रममा सेवा लिनका लागी अलकासिम लगयात आसपासका क्षेत्रहरू अनैजा, हायल, जुल्फी, आसपास रहेका बिभिन्न कम्पनिमा कार्यरत नेपाली श्रमिकहरुको बाक्लो उपस्थिति रहेको श्रेष्ठले जनाए ।
    राहदानी नविकरणको लागी आवश्यक चाहिने Pre-enrollment अनलाइन फाराम सेवाग्राही आफैले भरेर उपस्थित हुनु पर्ने भएकोले  एनआरएनएका पदाधिकारीहरुले करिब ४५० जना श्रमिकहरुको Pre enrollment अनलाइन फाराम निःशुल्क रुपमा भरी सहयोग गरेका थिए ।


    राहदानी नविकरण गर्न रियाद राजदूतावास धाउनु पर्ने बाध्यता र खर्चिलो यात्रा गर्नु नपरी आफ्नै सहरमा राहदानी नवीकरण गर्न पाएकोमा सेवाग्राहिहरु खुशी हुँदै  नेपाली राजदूतावास रियाद र  आरएनएकर्मी अल कासिमको साथीहरुको आत्मिय र निस्वार्थ सेवा भावबाट निकै प्रभवित भएको जनाउदै धन्यवाद दिएका थिए ।


        सेवा भावले  अलकासिम आएर अहोरात्र रुपमा  नेपाली श्रमिकलाई सेवा प्रदान गरिदिनु हुने नेपाली राजदूतावास रियादका सम्पुर्ण टिम तथा अलकासिममा रहनु हुने सम्पुर्ण एनआरएन कर्मीहरुलाई एनआरएनए अल कासिमले धन्यवाद तथा आभार प्रकट गरेको छ ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on अल कासिममा संचालित दुई दिने राहदानी नविकरण घुम्ती सेवाबाट ५४४ जनाले लिए सेवा

    मध्यपूर्व क्षेत्रिय संयोजक राजेन्द्र अर्याल द्वारा आगामी कार्यकालका लागी पुनः उम्मेदवारी घोषणा ।

  • ४ आश्विन २०८०, बिहीबार १७:५९ मा प्रकाशित
  • साउदी- गैरआवासीय नेपाली संघ (एनआरएनए)को मध्यपूर्व क्षेत्रीय संयोजकमा बर्तमान संयोजक राजेन्द्र अर्यालले पुनः उम्मेदवारी घोषणा गरेका छन् ।

    वर्तमान कार्यसमितिमा मध्यपूर्व संयोजकको जिम्मेवारी निर्वाह गरेका अर्यालले संघको अक्टोबरमा हुने २०२३–२०२५कार्यकालको चुनावको लागि मध्यपूर्व संयोजकमा उम्मेदवारी घोषणा गरेका हुन् ।

    मध्यपूर्वको साउदी अरबलाई कर्मथलो बनाउँदै आएका राजेन्द्र अर्याल (जोन)ले यसै शिलशिलामा २३/२५ का लागी क्षेत्रिय संयोजकमा आफ्नो उम्मेदवारी सामाजिक संजाल फेसबुक मार्फत घोषणा गरेका छन्। २०११ देखी एनआरएनएमा लागेका अर्याल सफल व्यवसायीका साथै सामाजिक कार्यमा निरन्तर लागी परेका एक अब्बल समाज सेवीका रूपमा परिचित छन्। उनले गैर आवासीय नेपाली संघका १५/१७ मा राष्ट्रीय समन्वय परिषद सदस्य, १७/१९ आईसीसी सदस्य, १९/२१ आईसीसी क्षेत्रिय सहसंयोजक र हाल संयोजकको भूमिका निर्वाह गरिरहेका छन्।

    क्षेत्रिय संयोजकका प्रत्याशी अर्यालले आफ्नो उम्मेदवारीको घोषणा संगै ६ बूँदे प्रतिबद्धता पनि जारी गरेका छन्।

    एनआरएनए
    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on मध्यपूर्व क्षेत्रिय संयोजक राजेन्द्र अर्याल द्वारा आगामी कार्यकालका लागी पुनः उम्मेदवारी घोषणा ।

    एनआरएनए आरसिसि जिजान-अभा खमिस द्वारा तीज कार्यक्रम सम्पन्न ।

  • ३१ भाद्र २०८०, आईतवार १०:०१ मा प्रकाशित
  • समर्पण रम्जान

    साउदी अरब ! गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति जिजान, अभा खमिस  साउदी अरबको आयोजनामा  गत १५ सेप्टेम्बर शुक्रबारका दिन खमिस मुशैत स्थित क्रिस्टल हलमा बृहत् तीज कार्यक्रम सम्पन्न भएको छ ।

    प्राबासमा रहेर पनि नेपाली दिदिबहिनीहरुको चार्ड हरितालिकाको विशेष अबसर पारेर आयोजित उक्त कार्यक्रम महिला तथा पुरुषहरु गरी २५० जनाको उपस्थितिमा भब्य  भएको कुरा जिजान समितिका  सल्लहकार लाल बहादुर मगरले जानकारी गराए।

    साउदी अरबको दक्षिणी भेग स्थित रमणिय तथा पर्यटकिय स्थल अभा खमिसमा आयोजित  कार्यक्रममा यहाँ कार्यरत स्थानिय कलाकारहरुले आफ्नो कला प्रदर्शन गरेका थिए । साथै आयोजकबाट दर(भोजनको) को ब्यवस्था पनि गरिएको थियो।

    क्षेत्रीय समन्वय समिति जिजानका उपाध्य्क्ष होमनाथ रेग्मिद्वारा संचालित उक्त कार्यक्रम उक्त तिज कार्यक्रम संस्थाका  अध्यक्ष शंकर पौडेलको सभापतित्व र  जेद्दा स्थित नेपाली महाबाणिज्यदुतको बिशिस्ट अतिथी साथै गैरआवासीय नेपाली संघ साउदीकि अध्यक्ष रबिना अर्यालको प्रमुख  आतिथ्यमा सम्पन्न भएको थियो । 


    बिशिस्ट अतिथी  र प्रमुख  अतिथीले भौगोलिक दुरिका कारण अनलाइन मार्फत आफ्नो मन्तव्य राख्दै शुभ कामना दिनु भएको थियो। 

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on एनआरएनए आरसिसि जिजान-अभा खमिस द्वारा तीज कार्यक्रम सम्पन्न ।

    एनआरएनए आरसिसि जिजान-अभा खमिस द्वारा तीज कार्यक्रम सम्पन्न ।

  • ३१ भाद्र २०८०, आईतवार ०७:५१ मा प्रकाशित
  • समर्पण रम्जान

    साउदी अरब ! गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति जिजान, अभा खमिस  साउदी अरबको आयोजनामा  गत १५ सेप्टेम्बर शुक्रबारका दिन खमिस मुशैत स्थित क्रिस्टल हलमा बृहत् तीज कार्यक्रम सम्पन्न भएको छ ।

    प्राबासमा रहेर पनि नेपाली दिदिबहिनीहरुको चार्ड हरितालिकाको विशेष अबसर पारेर आयोजित उक्त कार्यक्रम महिला तथा पुरुषहरु गरी २५० जनाको उपस्थितिमा भब्य  भएको कुरा जिजान समितिका  सल्लहकार लाल बहादुर मगरले जानकारी गराए।

    साउदी अरबको दक्षिणी भेग स्थित रमणिय तथा पर्यटकिय स्थल अभा खमिसमा आयोजित  कार्यक्रममा यहाँ कार्यरत स्थानिय कलाकारहरुले आफ्नो कला प्रदर्शन गरेका थिए । साथै आयोजकबाट दर(भोजनको) को ब्यवस्था पनि गरिएको थियो।

    क्षेत्रीय समन्वय समिति जिजानका उपाध्य्क्ष होमनाथ रेग्मिद्वारा संचालित उक्त कार्यक्रम उक्त तिज कार्यक्रम संस्थाका  अध्यक्ष शंकर पौडेलको सभापतित्व र  जेद्दा स्थित नेपाली महाबाणिज्यदुतको बिशिस्ट अतिथी साथै गैरआवासीय नेपाली संघ साउदीकि अध्यक्ष रबिना अर्यालको प्रमुख  आतिथ्यमा सम्पन्न भएको थियो । 


    बिशिस्ट अतिथी  र प्रमुख  अतिथीले भौगोलिक दुरिका कारण अनलाइन मार्फत आफ्नो मन्तव्य राख्दै शुभ कामना दिनु भएको थियो। 

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on एनआरएनए आरसिसि जिजान-अभा खमिस द्वारा तीज कार्यक्रम सम्पन्न ।

    ताबुकमा श्रमिक अन्तरक्रिया तथा नवीकृत राहदानी वितरण सेवा सम्पन्न

  • ३० भाद्र २०८०, शनिबार ०३:४२ मा प्रकाशित
  • ताबुक (साउदी अरब )

    साउदी अरबको ताबुकमा राहदानी नवीकरण भई आएको   नयाँ राहदानी ३६१ मध्ये ३ सय २ जनाको राहदानीहरू १५ सेप्टेम्बर २०२३ का दिन बितरण गरिएको थियो। उक्त कार्य शुक्रबार  दिन सेवाग्राहीलाई सहज हुने गरी  गरिएको थियो । सोही क्रममा सधैं झै उपस्थिति श्रमिकहरु बिच विभिन्न अन्तरक्रिया समेत गरिएको थियो ।

    महाबाणिज्य दुतावास जेद्दा देखी दुर दराजको क्षेत्र ताबुक तथा ताबुक आसपासमा रहेका श्रमिक दाजु भाई दिदिबहिनीहरुले आफु रहेको नजिकै को स्थानबाट आफ्नो राहदानी नवीकरण गर्न पाउदा अत्यन्तै हर्षित भएका थिए !! भौगोलिक रुपमा अरु क्षेत्र को तुलनामा ताबुक सानो क्षेत्र भएता पनि साउदी अरब कै सबै भन्दा ठुलो नियोम परियोजना (Neom project )  को कारणले हाल सेवाग्राहीहरुको संख्या सबै भन्दा उच्च- संख्यामा रहेको छ। 

    राहदानी वितरण सेवा सम्पन्न गर्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीका प्रवक्ता श्री देबी बहादुर कार्की,गैर आवासियनेपालि संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाका  पूर्व उपाध्यक्ष तथा हाल जेध्दा कन्सुलेट द्वारा ताबुकका लागि  स्थानीय प्रतिनिधि   श्री अर्जुन थापा ज्यु, गैर आवासिय नेपाली संघक्षेत्रीय समन्वय समिती ताबुकका पदाधिकारी ज्युहरु अध्यक्ष श्री  नर  बहादुर खतिवडा,उपाध्यक्ष श्री ओम थापा ,सचिव श्री बुद्धी प्रसाद बास्तोला, प्रवक्ता श्री शक्ति भट्ट,सह सचिब श्री ज्ञान भक्त खड्का ,युवा संयोजक श्री बिक्रम तिम्सिना ,सद्स्य श्री सुमन  कार्की , श्री राजेश  सिर्पाली ,श्री बिकास झा ज्युहरुले व्यवस्थित बनाउन अत्यन्तै  समन्वयकारीभुमिका  निभाउनु भएको थियो । गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति ताबुक साउदी अरबको सहकार्यमा  नवीकृत राहदानी वितरण सेवा सम्पन्न भएको थियो।

    सन्  २०१४ देखी अहिलेसम्म कै उच्च संख्यामा राहदानी नवीकरण भइ वितरण भएको र दिनानुदिन नेपाली श्रमिकहरुको आगमन तथा बाक्लिदो संख्या भइरहेकोले आगामी दिनहरुमा अझै यो संख्या बढ्न सक्ने अनुमान आर.सि.सी. अध्यक्ष श्री नर बहादुर खतिवडाले बताउनु भएको थियो ।

    Posted in अन्तर्राष्ट्रियLeave a Comment on ताबुकमा श्रमिक अन्तरक्रिया तथा नवीकृत राहदानी वितरण सेवा सम्पन्न

    एनआरएनए आरसिसि अल कासिमद्वारा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न !

  • २३ भाद्र २०८०, शनिबार १६:२८ मा प्रकाशित
  • ९ सेप्टेम्बर २०२३, अल कासिम साउदी अरब गैरआवासीस नेपाली संघ, क्षेत्रिय समन्वय समिती, अल कासिमले ८ सेप्टेम्वर २०२३ शुक्रबारका दिन अल कासिमको साल्मिया स्थित रोम सिसा कम्पनी “ श्रमिक सचेतना तथा स्वस्थ्य परिक्षण” कार्यक्रम सम्पन्न गरेको छ ।

    साउदीमा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य सम्बन्धित श्रमिक सचेतना तथा स्वस्थ्य परिक्षण गरि श्रमिकहरुलाइ आवाश्यक स्वास्थ्य सेवा पुर्याउने उद्देश्यका साथ आयोजित उक्त स्वास्थ्य शिबिरमा डा. माजिद द्धारा सोही कम्पनी लगायत अन्य कम्पनीमा कार्यरत ६९ जना श्रमिकहरुको स्वास्थ्य परिक्षण गरी आवश्यक परामर्श दिईएको कुरा संस्थाका सचिब सिद्दिलाल श्रेष्ठले जानकारी दिए ।

    उक्त शिबिरमा श्रमिकहरुको उच्च रक्तचाप, मधुमेह (Blood pressure, Sugar) को परिक्षण गरिएको थियो । परिक्षण गरिएका श्रमिक हरु मध्ये मधुमेह र उक्तरक्तचापबाट अधिक जोखिम भएका बिरामीलाई तत्काल नियमीत स्वस्थ्य परिक्षण र नियमित औषधी खान र आफ्नो काम, खानपानमा उच्च सतर्कता अपनाउन डा. माजिदले सल्लाह दिएका थिए ।

    नेपाली राजदुताबास रियादका “लेवर काउन्सलर” देबेन्द्र राज कार्कीको विषेश उपस्थिती तथा गैरआवासीस नेपाली संघ आईसीसी सदस्य तथा नेपाली राजदुताबास रियादका अलकासिम प्रतिनीधी बिशाल कुमार श्रेष्ठ, एनसीसी साउदी अरबका उपाध्यक्ष मनिष कोइराला, आरसीसी अलकासिमका प्रुमख सल्लाहकार राजकुमार श्रेष्ठ, एनसीसी साउदी अरबका सचिव ध्रुबराज कटुवाल लगायत एनसीसी तथा आरसीसी पदाधिकारीहरुको उपस्थितीमा सम्पन्न गरेको थियो ।

    कार्यक्रममा आफ्नो मन्तव्य राख्दै आईसीसी सदस्य बिशाल कुमार श्रेष्ठले यस्तो कार्यक्रम निकै राम्रो रहेको र भबिष्यमा पनि यस्तो कार्यक्रम हरु अझै प्रभाबकारी र धेरै श्रमिकलाई सेवा बिस्तार गर्दै जाजु पर्ने बताए भने एनसीसी सचिव ध्रुबराज कटुवालले यस्ता श्रमिकजन्य कार्यक्रमका लागि आफ्नो साथ सहयोगको प्रतिबद्दता जनाएका थिए । कार्यक्रमको समापन गर्दै आरसीसी अध्यक्ष कृष्ण अधिकारी ले कार्यक्रम सोचेभन्दा राम्रो रहेको र कार्यक्रम सफल बनाउन सहयोग गर्ने डाक्टर तथा सबैलाई र उपस्थित सबै श्रमिक दाजुभाइहरुलाई धन्यवाद दिदै आगामी दिनहरुमा स्रोत साधनले भ्याए सम्म यस्ता कार्यक्रम नियमित गर्दै जाने बताए ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on एनआरएनए आरसिसि अल कासिमद्वारा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न !

    नेपाल वायु सेवा निगमले सुरु गर्‍यो साउदी अरेबियाको दमाममा नियमित उडान

  • २१ भाद्र २०८०, बिहीबार १८:५१ मा प्रकाशित
  • काठमाडौं । नेपाल वायु सेवा निगमले साउदी अरेबियाको दमाममा नियमित उडान सुरु गरेको छ । निगमले बुधबार (भदौ २०) देखि काठमाडौंबाट साउदी अरेबियाको दममामा नियमित उडान सुरु गरेको एक विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

    निगमको पहिलो उडान बुधबार राति १० बजेर ४० मिनेटमा भएको थियो । उक्त उडानमा १२६ जना यात्रु थिए भने फर्किदाँ ११७ जना यात्रु रहेका थिए । काठमाडौं-दमाम-काठमाडौं सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिबार उडान गर्ने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । उनका अनुसार निगले आगामी दिनमा उडानको संख्या बढाउँदै लैजाने छ ।

    निगमको कार्यालय र निगमको वेबसाइटबाट अनलाइन तथा ट्राभल एजेन्सीमार्फत हवाइ टिकट लिन सकिने निगमले जनाएको छ ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on नेपाल वायु सेवा निगमले सुरु गर्‍यो साउदी अरेबियाको दमाममा नियमित उडान

    नेपाली राजदूतावास तथा एनआरएनए क्षेत्रीय समन्वय समिती रियादको सहकार्यमा श्रमिक समस्या समाधान सम्बन्धि अन्तरक्रिया कार्यक्रम” सम्पन्न।

  • १८ भाद्र २०८०, सोमबार ०२:२४ मा प्रकाशित
  • नेपाली राजदूतावास रियाद र गैर आवसिय नेपाली संघ क्षेत्रीय समन्वय समिती रियादको सहकार्यमा आयोजित
    “श्रमिक समस्या समाधानमा नेपाली राजदुताबास र नेपाली सामुदायिक संस्थाहरुको भूमिका अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ।

    साउदी अरबको रियाद स्थित होटल डेमोरामा १ सेप्टेम्बर २०२३ शुक्रवारका दिन सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिको रूपमा साउदीअरबका लागी नेपालका महामहिम राजदूत श्री नवराज सुवेदी ज्यु र कार्यक्रमको अध्यक्षतामा एनआरएनए आरसीसी रियादका अध्यक्ष श्री महेश घिमिरे ज्यु रहनु भएको थियो।

    आरसिसि रियाद कार्यसमितिका पदाधिकारीहरु , एनआरएनए आईसीसी सदस्य श्री दिपक रेग्मी , एनआरएनए एनसिसी उपाध्यक्ष श्री हेम सुबेदी ,नेपाली दूतावासका श्रम काउन्सेलर श्री देवेन्द्र कार्की,द्वितीय सचिव श्री टिकाराम उपाध्याय, श्री सरोज चन्द्र अधिकारी,श्री धर्म राज तिमिल्सिना र श्री राम पुनित यादवका साथै साउदी अरबमा क्रियाशील संघ संस्थाका विभिन्न तह र ओहदाका पदाधिकारीहरू, समाजसेवी मिडियाकर्मी सबैको संयुक्त उपस्थितिमा श्रमिकहरुको समस्या समाधान बारे अन्तरक्रिया भएको थियो।

    उक्त कार्यक्रममा राजदूताबासले सञ्चालन गरेको तथा अन्य उपयोगी अनलाइन लिंक सम्बन्धी जानकारी, ब्लड मनी सम्बन्धि व्यवस्थाको जानकारी,कम्पनीबाट जरिवाना तोकेका श्रमिकहरूको जानकारी, साउदी अरबमा आप्रवासी नेपालीहरूको तथ्यांक,
    गैरकानुनी हैसियतका श्रमिकको घर फिर्ता आदि विषयगत बिषयहरुमा समस्या समाधानमा नेपाली समुदाय र राजदुताबासको प्रभावकारी भूमिकाको बारेमा श्रम काउन्सेलर श्री देवेन्द्र कार्की ज्यु र द्वितीय सचिव श्री टिकाराम उपाध्याय ज्युले प्रोजेक्टर मार्फत प्रस्तुत गर्नु भएको थियो।

    कार्यक्रममा आगामी दिनमा साउदी अरबमा समस्यामा परेका नेपाली श्रमिकहरुको हित र उद्धारका लागी राजदूतावास र क्रियाशील संघ संगठनहरूले सचेतनात्मक तथा सकारात्मक सन्देश प्रवाह गरी समस्यालाई न्यूनीकरण गर्न सकिने महामहिम राजदूत श्री नवराज सुबेदी ज्युले जानकारी दिनु भएको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on नेपाली राजदूतावास तथा एनआरएनए क्षेत्रीय समन्वय समिती रियादको सहकार्यमा श्रमिक समस्या समाधान सम्बन्धि अन्तरक्रिया कार्यक्रम” सम्पन्न।

    Posts navigation

    Older posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2022 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P