• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: खेल

एम्बाप्पेलाई साउदी क्लब अल हिलालकाे कीर्तिमानी प्रस्ताव

  • १० श्रावण २०८०, बुधबार ०२:१७ मा प्रकाशित
  • काठमाण्डाै – साउदी अरेबियाकाे क्लब अल हिलालले फ्रान्सका स्टार फुटबलर किलियन एम्बाप्लेलाई भित्र्याउन कीर्तिमानी रकमकाे प्रस्ताव गरेकाे छ । अल हिलालले पेरिस सेन्ट जर्मेइन (पीएसजी) लाई आफ्नाे क्लबमा आउन २५९ मिलियन पाउन्ड स्टर्लिङकाे प्रस्ताव गरेकाे हाे ।

    २४ वर्षीय फ्रान्सका कप्तानकाे पीएसजीसँगकाे अनुबन्ध सकिन एक वर्ष बाँकी छ । एम्बाप्पेले भने आफूलाई जापानकाे प्रि–सिजन भ्रमणका लागि नछानेकाे भन्दै पीएसजीसँग अनुबन्ध लम्ब्याउन तयार छैनन् ।

    पीएसजी एम्बाप्लेलाई आउँदाे गर्मीयाममा त्यसै गएकाे भन्दा अहिले नै अन्य क्लबमा अनुबन्ध गराउन चाहन्छ ।

    सन् २०१७ मा नेयमार बार्सिलाेनाबाट पीएसजीमा जाँदा २०० मिलियन पाउन्डमा अनुबन्ध भएका थिए जुन रकम कीर्तिमानी हाे ।

    Posted in अन्तर्राष्ट्रिय, खेल, मुख्य खबरLeave a Comment on एम्बाप्पेलाई साउदी क्लब अल हिलालकाे कीर्तिमानी प्रस्ताव

    एनआरएनए आरसीसी ताबुकको आयोजनामा भलिबल प्रतियोगिता सम्पन्न।

  • १८ असार २०८०, सोमबार १२:२६ मा प्रकाशित
  • देबी बहादुर कार्की

    गत ३० जुन २०२३ शुक्रबारका दिन मुस्लिम समुदायको पर्व इद अल अधा-२०२३ को अवसरमा NRNA – RCC ताबुकको आयोजनामा पुरुष भलिबल प्रतियोगिता, बृहत् सास्कृतिक कार्यक्रम र श्रमिक अन्तरक्रिया कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ । उक्त कार्यक्रमको सभापतित्व क्षेत्रीय समन्वय समिती ताबुकका अध्यक्ष नर बहादुर खतिवडाले गर्नु भएको थियो भने प्रमुख अतिथिको रूपमा महावाणिज्यदूतावास जेद्दाका महावाणिज्यदूत भुवन पौडेल, विशिष्ट अथितीद्वय आर सि सि ताबुकको संरक्षक साथै सल्लाहकार भक्त बहादुर हमाल र आर सि सि जेद्दाका वर्तमान अध्यक्ष डि पि अर्यालको उपस्थिति रहेको थियो भने अथितिहरुमा आर सि सि जेद्दाका सह-सचिव देवराज अर्याल, आर सि सि जेद्दाका सह-कोषाध्यक्ष आनन्द पाण्डे, लक्ष्मण रोकाया, हिमाल रेमिटको प्रतिनिधित्व गर्दै मोहन खनाल, कुमारी रेमिटको प्रतिनिधित्व गर्दै दिपक तामाङ, लुलु सुपरमार्केटको प्रतिनिधित्व गर्दै शक्ति भट्ट र सुलभ रिक्रुमेन्टसको प्रतिनिधित्व गर्दै बुद्धिप्रसाद बास्तोलाको उपस्थिति रहेको थियो। त्यसैगरी ताबुक र ताबुक आसपासमा रहेका दाजुभाइ तथा दिदिबहिनिहरुको बाक्लो उपस्थिति थियो। कार्यक्रमको सञ्चालन आर सि सि ताबुकका उपाध्यक्ष युवराज पोखरेल र प्रवक्ता शक्ति भट्टले सञ्चालन गर्नुभएको थियो।

    कार्यक्रममा आमन्त्रित महामहीम राजदूत नवराज सुवेदी र का. बा. महावाणिज्यदूत शत्रुधन पोखरेल समय व्यस्तताको कारण भौतिक रुपमा उपस्थिति नभएता पनि उहाँहरुले पठाउनु भएको भिडियो शुभकामना सन्देश उपस्थित महानुभावहरुलाई प्रोजेक्टर मार्फत देखाइएको थियो।

    कार्यक्रममा अतिथिको आसनग्रहण पछि कार्यक्रम को औपचारिक उद्घाटन दिप प्रज्वलन बाट गरिएको थियो त्यसपछि राष्ट्रियगान बजाएर कार्यक्रमलाई विधिवत रूपमा उद्घाटन गरिएको थियो। कार्यक्रममा स्वागत मन्तव्य सावित्रा बनको रहेको थियो।

    यस कार्यक्रमलाई भव्य रुपमा सफल पार्नको लागि प्रायोजक गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, साउदी अरबकी वरिष्ठ उपाध्यक्ष रविना अर्याल साथै सह-प्रायोजक हरुमा हिमाल रेमिट ताबुक शाखा, कुमारी रेमिट ताबुक शाखा,लुलु सुपरमार्केट ताबुक शाखा, आर सी सी जेद्दा, अल साफी कप्पनीमा कार्यरत साजन तामाङ, रेशम थापा, शुशिल तामाङ, सनम चौधरी थापा र विष्णु थापा तथा सुलभ रिक्रुटमेन्ट बसुन्धरा, काठमाडौंले गरेको थियो।

    पुरुष भलिबल प्रतियोगितामा आयोजक टिम सहित १० टिमको सहभागिता थियो। जसमध्ये नियोम-१ले प्रथम स्थान र लुलु सुपरमार्केटले दोस्रो स्थान हासिल गरेको थियो। यी दुई टिमको कडा प्रतिस्पर्धा अति नै रोचक र रमाइलो रहेको थियो। भलिबल प्रतियोगिता सौहार्दपूर्ण र विवाद रहित वातावरणमा सम्पन्न भएको थियो। कार्यक्रममा सहभागिता जनाउनको लागि टाढा टाढाबाट दर्शकहरुको उल्लेखनीय उत्साहजनक उपस्थिती रहेको थियो।

    कार्यक्रमको अर्को मुख्य आकर्षण नेपाली महिला दिदीबहिनीहरुले बनाएको नेपालीपनको झल्को दिने मःम, चाउमिन र सेलरोटीको परिकारले अर्को मिठास दिएको थियो। कार्यक्रममा उपस्थित हुने अधिकाश महानुभावहरुले नेपालमै भएको अनुभूति गरायो र यस्ता कार्यक्रम आगामी दिनमा अझै परिस्कृत बनाउदै सन्चालन गर्नुपर्ने बताएको थियो।
    बिबिध सांस्कृतिक कार्यक्रम अन्तर्गत विभिन्न महानुभावहरुले विविध बिधामा आफ्नो कला प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा उपस्थित हुने सम्पूर्ण महानुभावहरुलाई गीत संगीतको माध्यमबाट भर पुर मनोरन्जन दिनुभएको थियो।
    कार्यक्रममा महावाणिज्यदूत भुवन पौडेलले साउदी कानुनले वर्जित गरेको कुनै काम नगर्न नेपाली समुदायलाई आग्रह गर्नु भएको थियो भने गित संगीत र खेलकुदको माध्यमबाट जिवनमा हुने फाइदाहरुको बारेमा जानकारी दिनुभएको थियो । कतिपय कार्य नेपालमा सामन्य रहेपनि यहाँ गैरकानुनी हुने हुदा त्यस्ता कार्यहरु नगर्नु अनुरोध गर्नुभएको थियो ।कार्यक्रममा ताबुक,दुवा, शर्मा र हागल लगायतका शहरबाट करिब ५ सय जनाको उपस्थिति थियो ।
    श्रमिक अन्तरक्रिया अन्तर्गत महावाणिज्यदूत भुवन पौडेलले श्रमिकहरुको भिन्न भिन्न गुनासोहरु सुनी दूतावासको तर्फबाट समस्याको समाधनका लागि सक्दो सहयोग रहने बताउनु भयो।
    बिभिन्न कम्पनीमा कार्यरत श्रमिक हरुले आ आफनो गुनासो राख्नु भएको थियो ।
    कार्यक्रमकै दौरानमा आर सि सि ताबुकले सहभागि श्रमिकहरु संग श्रमिक सर्वेक्षण र कार्यक्रमको प्रतिकृया लिने काम पनि गरेको थियो।
    कार्यक्रमको अन्त्यमा विजयी खेलाडीहरुलाई आर सि सि ताबुकका सस्थापक तथा सल्लाहकार भक्त बहादुर हमाल र आर सि सि ताबुकका वर्तमान अध्यक्ष नर बहादुर खतिवडाको हातबाट प्रमाणपत्र, शिल्ड, मेडल र नगद पुरस्कार वितरण गरिएको थियो।

    यस कार्यक्रमलाई भव्य र सव्य बनाउन गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समितिका पदाधिकारी अहोरात्र खटेका थिए। सचिव बुद्धि प्रसाद बास्तोला र पुर्व उपाध्यक्ष देबी बहादुर कार्की लगायत कार्यसमितिका सदस्य , स्वयंसेवकहरुले कार्यक्रम व्यवस्थापन गर्न समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो।

    Posted in अन्तर्राष्ट्रिय, खेल, मुख्य खबरLeave a Comment on एनआरएनए आरसीसी ताबुकको आयोजनामा भलिबल प्रतियोगिता सम्पन्न।

    एसीसी प्रिमियर कप : नेपालले कुवेतसँग सेमिफाइनल खेल्ने

  • १४ बैशाख २०८०, बिहीबार १८:२९ मा प्रकाशित
  • काठमाण्डाै – एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने भएकाे छ ।

    आज बिहीवार मुलपानी क्रिकेट मैदानमा भएकाे खेलमा हङकङलाई हराउँदै कुवेत समूह ‘बी’ काे उपविजेता बन्दै सेमिफाइनलमा नेपालसँग खेल्ने भएकाे हाे । आजै त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा कतारलाई हराउँदै नेपाल समूह ‘ए’ काे विजेता बनेकाे थियाे ।

    यस्तै अर्काे सेमिफाइनलमा समूह ‘बी’ काे विजेता यूएईले समूह ‘ए’ काे उपविजेता ओमानसँग खेल्ने भएकाे छ ।

    दुवै सेमिफाइनल खेल शनिवार हुनेछ । नेपाल र कुवेतबीचकाे खेल त्रिवि क्रिकेट मैदानमा तथा यूएई र ओमानबीचकाे खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । यस्तै फाइनल त्रिवि मैदानमा सोमवार हुनेछ ।

    प्रतियोगिताकाे विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।

    Posted in खेल, मुख्य खबरLeave a Comment on एसीसी प्रिमियर कप : नेपालले कुवेतसँग सेमिफाइनल खेल्ने

    दम्माम भेट्रान फुटबल क्लब द्वारा आयोजना हुने गोल्डकप-२०२३ को तयारी पूरा ।

  • ७ बैशाख २०८०, बिहीबार ०२:५२ मा प्रकाशित
  • साउदीमा कार्यरत नेपाली श्रमिक बीच करिव १ लाख ७७ हजार प्रथम पुरस्कार रहेको प्रथम दम्माम भेट्रान गोल्डकप-२०२३ को तयारी पूरा भएको छ।

    नयाँ बर्ष २०८० तथा मुस्लिम धर्मालम्बिहरुको महान चाड इद अल- फित्रको उपलक्ष्यमा दमाम भ्रेटान फुटबल क्लब साउदी अरबद्वारा आयोजित उक्त प्रतियोगितामा २१ टिम सहभागी रहने क्लबका अध्यक्ष रोशन श्रेष्ठले जानकारी दिए।

    आउँदो शुक्रबार र शनिबार २१ र २२ अप्रिलमा हुने उक्त प्रतियोगिताको लागि प्रथम पुरस्कार राशी करिब १ लाख ७७ हजार बराबरको रहेको छ ।
    प्रतियोगिताको बिजेता टिमले ५१५१ साउदी रियल (नेपालि १ लाख ७७ हजार), ट्रफी, मेडल र प्रमाणपत्र र उप–बिजेता टिमले २५२५ साउदी रियाल (नेपालि ९० हजार), ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने प्रतियोगिताका हरेक खेलको उत्कृष्ट खेलाडीहरूलाईसमेत ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक जनाएको छ।

    उक्त प्रतियोगिताको प्रायोजन संघीय लिम्बुवान सामाजिक मन्च , राफा मेडिकल सेन्टर ,वाईवाई चाउचाउ ,फ्रेन्डी मोबाइल लगायत कम्पनी तथा संघ संस्थाले गरेका छन् भने साथै
    गैर आवासीय नेपाली संघ मध्य पुर्ब संयोजक राजेन्द्र अर्याल , समाजसेवी राजु सैयद ,श्री यावा लिम्बू ,जेन कुमार लामा ,कुबेर हुमागाई, उमेश भट्टराई र रामचन्द्र पौडेलल लगायत साउदी अरबमा रहि सामाजिक कार्यमा सक्रिय नेपालीले पनी उक्त प्रतियोगिताको लागि सहयोग रकम उपलब्ध गराईएको बताइएको छ ।

    Posted in अन्तर्राष्ट्रिय, खेल, मुख्य खबरLeave a Comment on दम्माम भेट्रान फुटबल क्लब द्वारा आयोजना हुने गोल्डकप-२०२३ को तयारी पूरा ।

    ईदको अवसरमा १लाख७७ हजार प्रथम पुरस्कार राशी सहित साउदीको पुर्बि क्षेत्र खोबरमा फुटबल प्रतियोगिता आयोजना हुने ।

  • १५ चैत्र २०७९, बुधबार २२:५२ मा प्रकाशित
  • साउदीमा कार्यरत नेपाली श्रमिक बीच करिव १ लाख ७७ हजार प्रथम पुरस्कार रहेको प्रथम दम्माम भेट्रान गोल्डकप-२०२३ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।

    नयाँ बर्ष २०८० तथा मुस्लिम धर्मालम्बिहरुको महान चाड इद अल- फित्रको उपलक्ष्यमा दमाम भ्रेटान फुटबल क्लब साउदी अरबले दुई दिवसिय खुल्ला नकआउट फुटबल प्रतियोगिता आयोजना गरिने क्लबका अध्यक्ष रोशन श्रेष्ठले जानकारी दिए।

    आगामी अप्रिल २१ र २२ तारिख दिउसो ३ अलतुक्बा क्लबको खेल मैदान अजिजिया ,अल खोबरमा आयोजना हुने गोल्डकपमा टिम दर्ता ७०० साउदी रियल लाग्ने र बिजेतालाई ५१५१ साउदी रियल( ने रु १ लाख ७७ हजार ) र उप-बिजेतालाई २५२५ साउदी रियाल ( ने रु ८९ हजार ) ट्रफि, मेडल तथा प्रमाण पत्र तथा प्रतियोगिताको हरेक खेलको उत्कृष्ट खेलाडीलाई लाई ट्रफि, मेडल तथा प्रमाण पत्र प्रदान गरिने क्लबले जनाएको छ।

    Posted in खेल, मुख्य खबरLeave a Comment on ईदको अवसरमा १लाख७७ हजार प्रथम पुरस्कार राशी सहित साउदीको पुर्बि क्षेत्र खोबरमा फुटबल प्रतियोगिता आयोजना हुने ।

    क्यान बिरुद्ध भएको प्रदर्शनमा अवरोध पुर्‍याउन खोज्ने तारा बराल प्रहरी द्वारा पक्राउ ।

  • २१ माघ २०७९, शनिबार १८:३३ मा प्रकाशित
  • काठमाडौँ । नाबालिगमाथि बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई टिममा समावेश गरेको भन्दै चर्को आलोचना भइरहेको छ ।

    बलात्कारजस्तो गम्भीर विषयमा मुद्दा विचाराधीन रहेको अवस्थामा लामिछानेलाई टोलीमा समावेश गरेको भन्दे नेपाल क्रिकेट संघ ( क्यान) को विराध भएको हो ।

    शनिबार क्यानको निर्णयको विरोधमा माइतीघरमा आयोजना प्रदर्शनमा युवाहरू सहभागी भएका थिए । प्रदर्शनमा अवरोध पुर्‍याउन खोज्ने तारा बराललाई प्रहरी पक्राउ गरेको छ ।

    Posted in खेल, मुख्य खबरLeave a Comment on क्यान बिरुद्ध भएको प्रदर्शनमा अवरोध पुर्‍याउन खोज्ने तारा बराल प्रहरी द्वारा पक्राउ ।

    रोनाल्डोपछि मेस्सी पनि साउदी जाने चर्चा

  • ३० पुष २०७९, शनिबार ०१:१६ मा प्रकाशित
  • पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो साउदी पुँगेसँगै अब विश्वकप च्याम्पियन अर्जेन्टिनी स्टार लियोनल मेस्सी पनि साउदी जान सक्ने चर्चा सुरु भएको छ।

    रोनाल्डो साउदीको अल नासार पुगेपछि उनको चर्चा र आलोचना भइरहेको छ।

    धेरैले रोनाल्डो युरोपका क्लबमा बिक्न नसकेपछि साउदी पुगेको बताइरहेका छन्। धेरैले रोनाल्डो साउदी आउँदा एसियन फुटबल पनि ठूला खेलाडीलाई भित्र्याउन सक्षम रहेको भन्दै सकारात्मक रुपमा लिनुपर्ने उल्लेख गरेका छन्।

    अल नासारको स्थानिय प्रतिद्वन्द्वी अल हिलाल पेरिस सेन्ट जर्मेनका फरवार्ड मेस्सीलाई अनुबन्ध गर्न इच्छुक रहेको बताइएको छ।

    आफ्ना प्रतिद्वन्द्वीले रोनाल्डोलाई दुई वर्षको सम्झौतामा ल्याउन सफल भएपछि साउदी क्लबले २०२२ को विश्व विजेतालाई पनि भित्र्याउन इच्छुक रहेको बताएका हुन्।

    अन्तर्राष्ट्रिय समाचार संस्था मुन्डो डिपोर्टिभोका अनुसार अल हिलालले मेस्सी साउदी जान तयार भएमा प्रतिवर्ष ३० करोड डलरको प्रस्ताव गर्ने तयारी गरिरहेको छ।

    साउदीको पर्यटन राजदूत रहेकाले मेस्सी पहिलेदेखि नै साउदीसँग जोडएका छन्। त्यसैले पनि साउदी सरकारले अल हिलाललाई देशको फुटबललाई बढावा दिन पनि मेस्सीलाई भित्र्याउन आर्थिक सहयोग गर्न सक्ने आकलनसमेत गरिएको छ।

    Posted in अन्तर्राष्ट्रिय, खेलLeave a Comment on रोनाल्डोपछि मेस्सी पनि साउदी जाने चर्चा

    सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ सकियो, आदेश आउन बाँकी

  • २८ पुष २०७९, बिहीबार १८:१४ मा प्रकाशित
  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटन इजलासमा दिएको निवेदनमाथिको सुनुवाइ सकिएको छ ।

    बिहीबार सुनुवाइ सकिएपछि अब सो निवेदनमाथि उच्च अदालतको आदेश आउनेछ । न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा सो निवेदनमाथि सुनुवाइ भएको हो । लामिछानेको पक्षबाट अधिवक्ताहरू शम्भु थापा, रमन श्रेष्ठ, कृष्ण भण्डारी, मुरारी सापकोटालगायतले बहस गरेका छन् ।

    नाबालिगमाथि बलात्कार गरेको मुद्दामा सन्दीप हाल पुर्पक्षका लागि थुनामा छन् ।

    Posted in खेल, मुख्य खबरLeave a Comment on सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ सकियो, आदेश आउन बाँकी

    रोनाल्डोको जर्सी किन्न साउदीमा फुटबल समर्थकको भिड

  • १८ पुष २०७९, सोमबार २१:३५ मा प्रकाशित
  • काठमाडौँ- पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियाको अल नासर क्लब जाने सम्झौता गरेसँगै उनको जर्सी खरिद गर्न समर्थकको भिड लागेको छ ।

    रोनाल्डोले अल नासरसँग साढे दुई वर्षको सम्झौता गरेपछि उनले लगाउने ७ नम्बरको अल नासर क्लबको जर्सी खरिदका लागि समर्थकको भिड लागेको द नेशनल न्यूजले जनाएको छ ।

    अल नासरले कीर्तिमानी मूल्यमा रोनाल्डोलाई क्लबमा भित्र्याएको हो । रोनाल्डो आउने भएपछि अल नासरको सामाजिक सञ्जालमा ‘फलोअर्स’ पनि ह्वातै बढेको छ । त्यससँगै उनले लगाउने जर्सीको माग पनि ह्वात्तै बढेको हो ।

    अल नासरले यसै हप्ता रोनाल्डोलाई समर्थकमा सार्वजनिक गर्ने भएको छ । अल नासरले रोनाल्डोलाई २०२५ को जुनसम्म वार्षिक २०० मिलियन डलर दिने गरी भित्र्याएको हो ।

    रोनाल्डोले क्लब स्तरमा ७ सय तथा देशका लागि १ सय १८ गोल गरेका छन् ।

    Posted in अन्तर्राष्ट्रिय, खेल, मुख्य खबरLeave a Comment on रोनाल्डोको जर्सी किन्न साउदीमा फुटबल समर्थकको भिड

    विश्वकपको फाइनलमा रोनाल्डोको समर्थन मेस्सीलाई

  • ३ पुष २०७९, आईतवार १६:५५ मा प्रकाशित
  • क्रिस्टियानो रोनाल्डो अब विश्वकपमा छैनन् । यद्यपि यसको मतलब यो होइन कि फ्रान्स र अर्जेन्टिनाको बीचमा तय हुने नयाँ विश्व च्याम्पियनको उपाधि कसले जित्छ भन्नेमा उनको चासो छैन ।

    क्रिस्टियानो कसले जितोस् भन्ने चाहन्छन् भनेर धेरैले सोचिरहेका छन् । धेरैले उनको समर्थन फ्रान्सलाई हुन सक्छ भन्ने सोच्छन् र यो तार्किक पनि देखिन्छ । किनकि अर्जेन्टिनाको कप्तान उनका महान प्रतिद्वन्द्वी लियोनेल मेस्सी हुन् जोसँग रोनाल्डोको लामो समय प्रतिस्पर्धा चल्यो ।

    तर तथ्य यो हो कि सामाजिक संजालमा एउटा भिडियो चर्चामा छ जसमा रोनाल्डोले अर्जेन्टिना र यसका मानिसहरूलाई ठूलो कारणको लागि आफ्नो ‘प्रेम’ व्यक्त गरेका छन् । र, यो कारण हुन् – जर्जिना रोड्रिग्वेज ।रोनाल्डोकी गर्लफ्रेण्ड रहेकी इन्फ्लुएन्सर जर्जिनासँग अर्जेन्टिनाको नागरिकता छ । त्यसैले यो तार्किक छ कि पोर्चुगिज स्टारसँग त्यो देशको लागि ठूलो सम्मान छ।“मेरी प्रेमिका अर्जेन्टाइन हुन् ।

    धेरैलाई थाहा छैन कि उनी आधा अर्जेन्टाइन र आधा स्पेनिस हुन्। म अर्जेन्टिनालाई माया गर्छु । धेरैलाई लाग्छ कि मलाई अर्जेन्टिनाको माया छैन तर मलाई अर्जेन्टिना धेरै मन पर्छ,” रोनाल्डोले भने ।

    यस्तो अवस्था हेर्दा म्यान्चेस्टर युनाइटेडका पूर्व खेलाडी किलियन एमबाप्पेको फ्रान्सविरुद्धको ठूलो फाइनलमा अर्जेन्टिना र मेस्सीको समर्थनमा हुनेछन् भन्ने सोच्नु पनि अवास्तविक हुनेछैन ।

    Posted in खेल, मुख्य खबरLeave a Comment on विश्वकपको फाइनलमा रोनाल्डोको समर्थन मेस्सीलाई

    Posts navigation

    Older posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2022 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P