• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग- ४५

  • २१ जेष्ठ २०८०, आईतवार १९:४२ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग ४५ [पैँतालिसौ] ————————————-
    ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “

    विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०८०/०२/१० गते  समय :- साँझ ८ बजे ।

    ……………………………………………………………………
    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………

    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-
    =====
    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- आफूखुसी [बराबरी]

    अनुप्रास :-  आफुखुसी

    स्थायी :- आफूखुसी
    ………………………………………………

    पञ्चाङ्ग संरचना
    …………………

    पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो ।
    कसरी लेख्न सकिन्छ ?
    —————-
    पुर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ ।
    जस्तै :-
    उठान:-

    ✍️बिहानीले निम्तो दियो खुट बाबु भन्दै [०१]
    ✍️चराहरू   बिउझिए    जुट बाबु भन्दै [०२]

    तेस्रो लाइनले माथिको शेरलाई बिस्तार गर्नु पर्छ
    ———————————-

    💢प्रकृति  हाे  हर्ने   भर्ने  मानव निमित्त [०३]

    माथिको शेरलाई सम्बोधन गरि परिचय खोल्ने
    ———————————
    १,२,३का लाइनलाई जोड दिदै परिणाम दिनुपर्छ

    ✍️सारा राज्य उही  गर्छ  झुट बाबु भन्दै [०४]
    ✍️सत्य कर्म गर   नहाेस् लुट बाबु भन्दै [०५]

    ४, ५ ले पञ्चाङ्गको निष्कर्ष दिनुपर्छ ।
    …………………………………………………………

    उदाहरण पञ्चाङ्ग  

    ✍️बिहानीले निम्तो दियो खुट बाबु भन्दै [०१]
    ✍️चराहरू   बिउझिए    जुट बाबु भन्दै [०२]
    💢प्रकृति  हाे  हर्ने   भर्ने  मानव निमित्त [०३]
    ✍️सारा राज्य उही  गर्छ  झुट बाबु भन्दै [०४]
    ✍️सत्य कर्म गर   नहाेस् लुट बाबु भन्दै [०५]

    ✍️भवानी घिमिरे, सर्लाही ।
    …………………………………………………………

    पञ्चाङ्ग   [०१]

    मानव, आशामा बाँच्दछ यहाँ
    वितेका सम्झना साँच्दछ यहाँ
    मानव नै  सर्वश्रेष्ठ    प्राणी हाे
    जीवन    धुनमा  नाँच्दछ यहाँ
    परिस्थितिले नि  जाँच्दछ यहाँ ।

    ✍️शाेभा आचार्य गाैतम, काठमाडौँ ।
    ……………………………………………

    पञ्चाङ्ग   [०२]

    दिन  रात  ध्यान  खानामा हुँदा
    पैसा  खर्च  नयाँ   नानामा हुँदा
    अभावले    डेरा   जमाएकै  छ
    बुझेको  दर्शन      पानामा हुँदा
    झस्किन्छु दिलको थानामा हुँदा ।

    ✍️प्रभा पोखरेल, हाल अमेरिकाबाट ।
    …………………………………………

    पञ्चाङ्ग   [०३]
    [०१]
    भ्रष्टाचार  गर्नेको  मन कुटुकुटु खान  सक्दैन
    जनता सापेक्षका काम सुटुसुटु जान सक्दैन
    जरो गडेको छ अब त बेथितिलाई अन्त गरौँ
    उदाएका  नक्षेत्रलाई  गुटुमुटु   लान  सक्दैन
    जनताको खुन पिउँदै   घुटुघुटु धान: सक्दैन ।
    [०२]
    आँखामा पानी हुँदासम्म माया गर्छु देशलाई
    हृदयले नै       धुँदासम्म माया गर्छु देशलाई
    देशलाई माया गर्ने युवाहरू खाडी मुलुकमा
    पीडै पीडाले रुँदासम्म    माया गर्छु देशलाई
    खुट्टाले माटो छुँदासम्म माया   गर्छु देशलाई ।

    ✍️सोमनाथ लुइटेल  “रवि पाल्पाली” पाल्पा।
    हाल बर्दिया ।
    ………………………………………………………

    पञ्चाङ्ग   [०४]
    [०१]
    बिना गल्तीनै  दोषी  बनायौ तिमीले
    मलाई   नै  पराई   जनायौ   तिमीले
    शब्द  भएको  भए  भन्थे  मैले   हेर
    गयौ आगोमा  घिउ  खनायौ तिमीले
    दुखमाँ  खुसीयाली  मनायौ तिमीले।
    [०२]
    मेरो  मन  मन्दिर  ढलायौ  ठिकै  छ
    बिना आगो कसरी जलायौ ठिकै छ
    धेरै  समय   कुरेकै   हो   मैले   पनि
    हिँडदा  हिँड्दै छुरा  चलायौ  ठिकै छ
    बेमौसमको  मुना   पलायौ  ठिकै छ।

    ✍️सञ्जना शर्मा, दाङ,लमही लुम्बिनी प्रदेश, नेपाल।
    ………………………………………………………………

    पञ्चाङ्ग   [०५]

    घाडोतन्त्र फालेमा शान्ती पाईन्छ हामीले
    सारा जात-जाति मिलेरै खाईन्छ हामीले
    चार जात छत्तीस वर्णको फुलबारी हो
    सबै मात्रृभाषामा गीत गाईन्छ हामीले
    विकृति खत्म भए पौधा लाईन्छ हामीले।

    ✍️शिव कुमार रेग्मी, पोखराथोक,पाल्पा ।
    ………………………………………………

    पञ्चाङ्ग   [०६]]

    आज र भाेली भन्दै टार्ने धेरै छन्
    यताकाे कुरा उता   सार्ने धेरै छन्
    अपमानित         गरेर समाजमा
    आँखाबाट नै तल  झार्ने धेरै छन्
    मुखले मात्र ठिक्क पार्ने धेरै छन्।

    ✍️सुशीला पौडेल ।
    …………………………………………

    पञ्चाङ्ग    [०७]
    [०१]
    बिहानीले निम्तो दियो खुट बाबु भन्दै
    चराहरू   बिउझिए    जुट बाबु भन्दै
    प्रकृति  हाे  हर्ने   भर्ने  मानव निमित्त
    सारा राज्य उही  गर्छ  झुट बाबु भन्दै
    सत्य कर्म गर   नहाेस् लुट बाबु भन्दै ।
    [०२]
    बिहानीकाे पहिलो प्रहर स्नान गरी वरी यहाँ ।
    नित्य कर्म पूजापाठ सफेद त्यो वस्त्र धरी यहाँ ।
    आफ्नो धर्म छाेडेका छैनन् यहाँ घाम अनि जूनले ,
    हिँडेका देखिन्छन् नित्य दिन सारा ज्याेति छरी यहाँ ।
    सेवा गर्न तल्लीन उस्तै शीत रातमा झरी यहाँ ।

    ✍️भवानी घिमिरे, सर्लाही ।
    ……………………………………………………

    पञ्चाङ्ग   [०८]
    [०१]
    आन्दोलन  गरेर  हुन्न  सिधै  फाँसी देउ
    फाँसी  दिएको  दिन हेरी सबै हाँसी देउ
    भ्रष्टचारी  बढार्नु  पर्छ  अब   सबै मिली
    घाटमा लान यिनलाइ हरियो  बांसी देउ
    केही नलागे भित्तामा किलाले टाँसी देउ ।
    [०२]
    देशमा शान्ति ल्याउन यहाँ  आन्दोलन गर्नु परेको छ
    नेपाल  आमाका  सन्तान  लडाँई  गर्दै मर्नु परेको छ
    दुबोसरी  मौलाउँदै  छ   यहाँ      भ्रष्टाचारको जालो
    पाटीपाटी सदनमै  खिचातानी  गर्छन्  पर्नु परेको छ
    भ्रष्टाचारी उम्कने बाटो खोज्दै सिमाना तर्नु परेको छ ।
    [०३]
    विकासको मुल फुटाऔं अब
    देशवासी सबै जुटाऔं अब
    के हेर्नु देश कङ्गाल बनाको
    देश लुट्नबाट छुटाऔं अब
    लुटेरा हाँडीमा भुटाऔं अब ।

    ✍️सरिता सेढाइ, धादिङ ।
    ……………………………………………

    पञ्चाङ्ग   [०९]

    अब पापीहरूको  नाश हुनु  नै छ
    सही त्यो सत्यताको खास हुनु नै छ
    यो अत्याचार छोड ए ! मनुष्यहरू
    यिनै  पापीहरूको  लाश हुनु  नै  छ
    यहाँ  अब  धर्मको   बास  हुनु  नै छ।

    ✍️बेदु न्यौपाने, काठमाडौ 🙏।
    ……………………………………………………

    पञ्चाङ्ग    [१०]

    भ्रष्टाचार  विरुद्धमा   उठ  सर्जक अब
    बहिराेलाई   सुनाउन   जुट सर्जक अब
    धमिराेले  बढाउँदै   छ हामी    पुर्ने  देवल
    लाठी अनि मुङ्ग्राे लिई कुट सर्जक अब
    देश  खाने   कीरालाई भुट  सर्जक अब ।

    ✍️चन्द्रावती अधिकारी, लमजुङ दुराडाँडा २,
    हाल कोहलपुर बाँके ।
    ………………………………………………………………

    पञ्चाङ्ग   [११]

    सुन काण्ड गर्ने मानव    भेटिए संसदमै रहेछन्
    उजागर   गर्छु  भन्दैमा मेटिए  संसदमै  रहेछन्
    यहाँ कुनवेला देशलाई बिक्री गर्नेछन्  दलालले
    बचाउनेलाई  बाटोमा  रेटिए  संसदमै    रहेछन्
    साधु र चोर पनि यहाँ फेटिए   संसदमै  रहेछन्।

    ✍️सुरेशकुमार पाण्डे, दाङ घोराही १८ ।
    …………………………………………………………

    पञ्चाङ्ग   [१२]

    यति धेरै मिहिनेत राम्रो काममा लगाएको भए
    मतिभ्रष्ट बुद्धि दिमागबाट टाढै भगाएको भए
    तिमीलाई तीन करोड जनताले सलाम गर्नेथ्यो
    देश निर्माण गर्नलाई  युवा शक्ति जगाएको भए
    आफैं नै अघिअघि सरेर पसिना बगाएको भए।

    ✍️पशपती राई, खोटाङ ।
    ………………………………………………………

    पञ्चाङ्ग   [१३]

    जिन्दगी एक खेल रहेछ
    कसैको लागि झेल रहेछ
    बाँचुन्जेल रमाएर बसौं
    भन्न खोज्दा त भेल रहेछ
    दुःखीको लागि नेल रहेछ।

    ✍️ह्यारिस, काठमाडौं ।
    ……………………………………

    पञ्चाङ्ग   [१४]

    जिउमा  रगत  हुँदासम्म  काम  गर्छु   देशमा
    अप्ठ्यारो कामले छुदासम्म काम गर्छु देशमा
    समस्या भएपछि बिदेश नै जान्छन् युवाहरू
    पीडै -पिडाले   रुदासम्म   काम   गर्छु देशमा
    झरेको आँसुले  धुदासम्म   काम गर्छु देशमा

    ✍️इन्दिरा अधिकारी, बाँके खजुरा ।
    ………………………………………………

    पञ्चाङ्ग   [१५]

    मनमा उनकै मीठा बात परेपछि
    दिनमा भन्दा झन् गाह्रो रात परेपछि
    कतिन्जेल दुई किनारा हुनुपर्ला खै
    खुसी हुँला दोभानको मात परेपछि
    तिम्रो स्युँदोमाथि मेरो हात परेपछि ।

    ✍️श्रीकृष्ण शर्मा पोखरा, हाल घान्द्रुक ।
    …………………………………………………

    पञ्चाङ्ग   [१६]

    लाग्ने त विष,खाएकै होला नि
    देखिने राम्रो ,लाएकै होला नि
    आरोप भए, सत्य  सत्य  बोल
    असल कर्म,धाएकै होला नि
    मानव बन्न,चाहेकै होला नि।

    ✍️होम प्रसाद नेउपाने, धरान,सुनसरी ।
    ………………………………………………

    पञ्चाङ्ग   [१७]

    बर्षा यामको च्याउझै उम्रेकाछन् दल नेपालमा
    भएको राजतन्त्र फाल्दा के आयो  फल नेपालमा
    यहाँ काम बन्नलाई कसैको झण्डा  बोक्नु पर्ने रे
    त्यसैले नेताकै चल्ती शक्ति अनि बल नेपालमा
    देख्नु पर्छ यहीँ जात्रा बाधेकाछन् हल नेपालमा ।

    ✍️दुर्गा रिजाल आचार्य , मोरङ ।
    ………………………………………………………

    पञ्चाङ्ग    [१८]

    फूलमा विष फलेको छ
    भित्र बाहिर जलेको छ
    भोगेर पीडा जिन्दगी यो
    खै कसरी हो चलेको छ
    भएको आस्था ढलेको छ ।

    ✍️आर्त अकुलीन, कैलाली ।
    ……………………………………………………

    पञ्चाङ्ग   [१९]

    रहर सारा बनाई बिटो जलाई दियौ नि
    हेरेको हेर्यै यो देह मेरो गलाई दियौ नि
    सोचेको पनि थिइन मैले यो होला भनेर
    भनेर यौटा गराई अर्कै छलाई दियौ नि
    चुसेर रस बॅचेको छोक्रा मलाइ दियौ नि।

    ✍️घनश्याम पौडेल, पोखरा ।
    ………………………………………………

    पञ्चाङ्ग  [२०]

    यि भुइँ आँशुले लिप्दैछ जिन्दगी
    बन्द कोठरीमा बित्दैछ जिन्दगी
    ऐन चैन  चिनेर  लाग्दोरहेछ
    यि आँखाले फोटो खिच्दैछ जिन्दगी
    मनमा  रहर  खिल्दैछ  जिन्दगी।

    ✍️धनमाया चौधरी, कैलाली ।
    ………………………………………

    पञ्चाङ्ग   [२१]

    मेरा तीन पञ्चाङ्गहरू
    छन्द: वृत्त (७।२४ पिङ्गल)ग्लिति वृत्तम् ।
    गण:         र      ज       र        ज      र     ज    गु  गु
    सङ्केत :ऽ।ऽ    ।ऽ।    ऽ।ऽ     ।ऽ।    ऽ।ऽ  ।ऽ।   ऽ   ऽ
    वर्ण:२०, यति:८ अक्षरमा ।
    [०१]
    ध्वान्त रात खुल्छ आज, बिम्ब हेर सूर्यको समान  साथ
    क्लान्त हात गल्छ आज, लम्ब धर्छ भूमिमा जमान साथ
    घोर  पाप गिर्छ  एक, साथ  जन्म भूमिमा गरी    अलाप
    हुन्न राज  चेत साथ, मर्छ   श्रापमा   परी    अमान साथ
    सार्थ हुन्न  फर्क   आज, कर्म   क्षेत्रमा धरी  रमान साथ ।
    [०२]
    एक जिन्दगी छ जन्म, देश काल राख ख्याल मित्र आज
    मर्नु पर्छ  हेर  एक, मात्र लानु   के छ  पुण्य  चित्र  आज
    ज्ञान, दान  ध्यान, शील, मात्र भाव पूर्ण त्यो हियार भित्र
    जिन्दगी सदैव  हुन्छ, दुःख सारको  हियो  पवित्र आज
    मित्रता अनेक हुन्छ, मित्र  भावना  सदैव   भित्र   आज ।
    [०३]
    दुःखको घडी छ आज, साथ लाग्नु छैन दैव ! मित्र कोही
    जिन्दगी  छ दुःख  आज,माथ साथ छैन है विचित्र कोही
    मात्र लाग्छ  धेर दुःख, साथसाथ  हेर  आज  शत्रु  खोज्दै
    स्वार्थ  मात्र पूर्ण गर्छ, आफ्नु जात भाइ बन्धु भित्र कोही
    छैन हेर  पात्र  भित्र,आफ्नु   साथ  मित्रता  पवित्र कोही ।

    ✍️राजेन्द्रकुमार बज्राचार्य , ललितपुर ।
    …………………………………………………………………

    पञ्चाङ्ग   [२२]

    जनता छल्न सतीले श्रापेको देश भनेर लुट्छन्
    पाइलो पाइलो अप्ठेरो पर्ने खाल्टो खनेर लुट्छन्
    भ्रष्टाचारी  दलाल  ठगहरूको  कमि छैन  कतै
    नजानिदो पाराले खुसामदी गर्दै कनेर लुट्छन्
    घुस  मागदै  गोप्य  बनेर  रुपैयाँ गनेर  लुट्छन् ।

    ✍️बिबस पारदर्शी , झापा ।
    …………………………………………………………

    पञ्चाङ्ग   [२३]

    देशमा भ्रष्टाचारले सिमा चाँगेको छ यहाँ
    पक्राउ  देखेर भ्रष्टाचारी भागेको छ यहीँ
    ईज्जत् इमान भन्ने नै नभए पछि नेतामा
    अत्यचार गर्नमा  नै मन  जागेको छ यहाँ
    बिदेशीसँग पैसाको  भिख मागेको छ यहाँ ।

    ✍️दुर्गा भट्टराई , मोरङ ।
    …………………………………………………

    पञ्चाङ्ग   [२४]

    मनभित्र तिमीलाई नै सजाएको थिएँ
    हराएपछि खोज्न पनि लगाएको थिएँ
    कतै पनि तिम्रो टुङ्गो नभएपछि मैले
    सधैँ मन पिरै-पिरमा जलाएको थिएँ
    जिन्दगी नै पागलको झैँ गलाएको थिएँ।

    ✍️दस्ता कौशिक, पाँचथर ।
    ……………………………………………

    पञ्चाङ्ग    [२५]

    पुर्खाको धनले सराप्नेछ
    उनैको मनले सराप्नेछ
    फर्की आऊ खन अब पाखा
    पारीको बनले सराप्नेछ
    तिम्रै धड्कनले सराप्नेछ ।

    ✍️सुमित्रा पोखरेल, काठमाडौं ।
    …………………………………………

    पञ्चाङ्ग   [२६]

    आँखाको नानी हुन् हाम्री आमा
    मायाकी खानी हुन् हाम्रीआमा
    सन्तानको लागि सधैँ सधैँ
    मनको रानी हुन् हाम्री आमा
    मूलको पानी हुन् हाम्री आमा।

    ✍️सरस्वती श्रेष्ठ, इटहरी ।
    ………………………………………

    पञ्चाङ्ग    [२७]

    भित्री कालो  कर्तुत  बोकी  जलायौ  मलाई
    साथ   दिन्छु   भनेर  आज  छलायौ मलाई
    यता मख्ख उता ठिक्क दुइ जिब्रो जस्तै भो
    अचम्मको  माया  तिमीले     लगायौ मलाई
    तिम्रो   मायाले   आज पनि  गलायौ मलाई ।

    ✍️कला ढकाल , झापा दमक ।
    ……………………………………………………

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग- ४५

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १०६

  • २१ जेष्ठ २०८०, आईतवार १९:३३ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १०६ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– १०६ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    मान्छे
    प्रविधिको दास
    ज्यानै जोखिमको त्रास !

    • वसन्त अनुभव, दाङ

    [२]
    अज्ञानता
    प्रविधिमा पहुँच
    प्रयाेगमा ज्यान जाेखिम !

    • प्रद्युम्न चालिसे, भक्तपुर, कटुञ्जे

    [३]
    जीवन
    प्रविधिको फन्दा
    ज्यानै जोखिमको धन्दा !

    • बेदु न्यौपाने, काठमाडौ

    [४]
    प्रविधि
    सबैको हातमा
    हरेक दिन जोखिम !

    • जित सेरेङ मादेन
      पाँचखपन न पा-१, संखुवासभा

    [५]
    प्रविधि
    उपयोगमा चुक
    ज्यान जोखिम भएको !

    • सुरेशकुमार पाण्डै, घोराही-१८, दाङ

    [६]
    प्रविधि
    बुझे श्रीखण्ड
    नबुझे खुर्पाको बिँड !

    • आर्त अकुलीन, कैलाली

    [७]
    मोबाइल
    चलाउँदा ध्यान
    जानेछ बच्चाको ज्यान !

    • सरिता सेढाई, धादिङ

    [८]
    मान्छे
    साधन बनाउँछ
    कमाराे बनेर पछ्याउँछ !

    • निरज कोइराला

    [९]
    जमाना
    प्रविधिको खास
    सदुपयोग गलत सत्यानास !

    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा

    [१०]
    प्रविधि
    सामयिक सञ्जाल
    दुरुपयोगमा होला जन्जाल !

    • म्यामराज राई, भोजपुर

    [११]
    मोबाइल
    हरेकको दिनचर्या
    जोखिमपूर्ण प्राविधिक प्रयोग !

    • वेदप्रसाद रिजाल
      मंगलबारे, इलाम

    [१२]
    प्रविधि
    हरायो बुद्धि
    नभेटिने खोजेर गिदी !

    • पशपती राई, खोटाङ

    [१३]
    माेबाइल
    मान्छेकाे हालत
    बच्चा खसेर आहत !

    • नवराज भट्ट, कञ्चनपुर

    [१४]
    प्रविधि
    अनेकौँ ज्ञान
    गलत प्रयोगमा बिनास !

    • राज कुमार राजभण्डारी “‘खाेटाङ्गे’
      मध्यपुर ठिमी-५, सङ्गम काेलाेनी, भक्तपुर

    [१५]
    प्रविधि
    उपयोग अति
    गराउँछ नराम्रो खति !

    • सविता के.सी., दक्षिणकाली-९, काठमाडौँ

    [१६]
    ध्यान
    भयो एकातिर
    ज्यान गयो अर्कैतिर !

    • घनश्याम पौडेल, पोखरा

    [१७]
    प्रविधि
    उडायो सुद्धि
    बनायो आलस्य कुवुद्धि !
    विवश पारदर्शी, झापा

    [१८]
    आमा
    मोबाइलमा ध्यान
    कर्तव्यबोधमा क्षीण ज्ञान !

    • प्रेम थापा”मन”, बागलुङ

    [१९]
    प्रविधि
    सदुपयोग देव
    दुरूपयोगले बनायो वियोग !

    • इन्दिरा देवकोटा, कपिलवस्तु

    [२०]
    प्रविधि
    लतमा परिणत
    अन्ततः खराब परिणाम !

    • कविता आचार्य, कैलाली

    [२१]
    बेवास्ता
    प्रविधिले निम्त्याएको
    दिमाग गोजीमा थन्क्याएको !

    • अम्विका अधिकारी
      झापा, विर्तामोड

    [२२]
    प्रविधि
    खोटो अवधि
    आखिर सन्तानकै समाधि !

    • जमुना कायस्थ, पोखरा

    [२३]
    फेसबुक
    नचलाऔँ धेरै
    समालौँ आफ्नो बच्चालाई !

    • प्रदिप नेपाली, पर्वत

    [२४]
    जमाना
    प्रविधि राम्रो
    दुरुपयोगले बनायो नराम्रो !
    -:दुर्गा भट्टराई

    [२५]
    छोरो
    गर्ल्याम्म झर्‍यो
    दुरुपयोगले गर्नुसम्म गर्‍यो !

    • तोया घिमिरे
      शंखमुल, काठमाडौँ

    [२६]
    प्रविधि
    बिगार्दै गयो
    सन्तानप्रति आमाको नीति !

    • सरस्वती श्रेष्ठ, रुपन्देही

    [२६]
    प्रविधि
    भौतिक उपलब्धि
    विनाशका साथै विकास !

    • कण्ठराज गिरी, टीकापुर

    [२८]
    प्रविधि
    आमाको जिम्मेवारी
    पराकाष्टा गैह्र जिम्मेवारीपनको !

    • गृष्मा पौड्याल, टोक्यो, जापान

    [२९]
    आमा
    मोबाइलमा व्यस्त
    बच्चा लडेर ध्वस्त !

    • सरस्वती श्रेष्ठ, इटहरी

    [३०]
    मानव
    प्रविधिको दुरुपयोग
    सन्ततिलाई बनायो वियोग !

    • सरस्वती वली, बर्दिया

    [३१]
    फेसबुक
    सामाजिक सञ्जाल
    नबनाेस् कसैको काल !

    • केशवप्रसाद ढकाल ‘प्रीतबीज’
      सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    [३२]
    विद्युतीय
    ज्ञान आवश्यक
    ज्यानमारा बनायो प्रविधिले !

    • सोमनाथ लुइटेल “रवि पाल्पाली”, पाल्पा
      हाल: बर्दिया

    [३३]
    मोबाइल
    लत लाग्दा
    आफ्नै सन्तानको वेवास्ता !

    • रामबहादुर चौधरी, गोरखा

    [३४]
    मोबाइल
    बिगार्छ मति
    सुधार आफ्नो गति !

    • समुन्द्रा शर्मा, सुनसरी

    [३५]
    मानव
    प्रविधिमा रम्दा
    हुन जान्छ दानव !

    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा.पा.-६, दोलखा

    [३६]
    प्रविधि
    सदुपयोग नगर्दा
    अनेक घटना घट्ने !

    • उर्मिला के.शी., धनकुटा

    [३७]
    कलियुग
    उन्नत प्रविधि
    सन्ततीकाे भविष्य अन्याैल !

    • गौतम भद्र ध्वज

    [३८]
    आधुनिकता
    प्रविधिको दुरुपयोग
    अमानवीय कार्यले क्षति !

    • श्रद्धा आचार्य, पोखरा

    [३९]
    पुत्र
    पछारियो तल
    प्रविधिको दुरुपयोग हेर !

    • तोयानाथ अधिकारी

    [४०]
    प्रविधि
    प्रयोग गर्दा
    फाइदा घाटा दुबै !

    • चक्र शाही, कैलाली

    [४१]
    सही
    सदुपयाेगले आहा
    नजान्दा जीवन स्वाहा !

    • रिजिन श्रेष्ठ, खोटाङ

    [४२]
    कुलत
    मोबाइलमा आमा
    बच्चा खस्यो भुइँमा !

    • सरिता सेढाई

    [४३]
    मोबाइल
    उचित प्रयोग
    नभए‌ बर्बादै बर्बाद !

    • धर्मी शाक्य, बुटवल

    [४४]
    मानिस
    मानवता बिर्सिस्
    ज्ञान प्रविधिलाई सुम्पिस् !

    • केन्द्रप्रसाद बराल, इलाम

    [४५]
    खेलौना
    मोबाइल मान्छेको
    मानव सभ्यता मोबाइलको !

    • पागल भिक्षुक, कैलाली

    [४६]
    बेहोस
    जँड्याहको जस्तै
    देख्छन्‌ मात्र रक्सी !

    • वैद्घनाथ श्रमजीवी, वीरगञ्ज

    [४७]
    प्रविधि
    दुरुपयोग गरेमा
    ज्यान जाने सम्भावना !

    • धनमाया चौधरी, कैलाली

    [४८]
    प्रविधि
    मान्छेको दिनचर्या
    यसैमा अलमलियो गिदी !

    • दुर्गा आचार्य, मोरङ

    [४९]
    प्रविधि
    जाने उपयोगी
    नजाने जीवनको बर्बादी !

    • नारायणप्रसाद उपाध्याय, कैलाली

    [५०]
    बच्चा
    चाहिएन भाइ
    भए पुग्यो मोबाइल !
    मानन्धर रमेश

    [५१]
    प्रविधि
    बनाई दास
    ममता खोस्दैछ खास !

    • लक्ष्मी रिजाल
      रुपनगर, कञ्चनरुप १२, सप्तरी

    [५२]
    फेसबुक
    बुझे श्रीखण्ड
    नबुझे खुर्पाको बिँड !

    • अमृत सुवेदी, कास्की

    [५३]
    प्रविधि
    दुरुपयोग धेर
    फैलियो विकृति हेर !

    • सावित्री अधिकारी

    [५४]
    प्रविधि
    जाने विशाल
    आखिर नजानेपछि काल !

    • बालकृष्ण खनाल, कैलाली

    [५५]
    प्रविधि
    वसुधैव कुटुम्बकम्
    सदुपयोग त्यसको प्रतिफल !

    • त्रिलोक रामदाम, रुपन्देही

    [५६]
    मोबाइल
    कस्तो नसा
    हरेक बच्चाको दसा !

    • मङ्गला उपाध्याय, बारा

    [५७]
    प्रविधि
    दुरुपयोग गर्नाले
    मान्छेको ज्यान जोखिम !

    • योगेन्द्र भट्टराई, खोटाङ्ग

    [५८]
    प्रविधि
    बनाउँदै अन्धा
    छोड्नै नसक्ने धन्दा !

    • शोभा आचार्य गौतम, काठमाडौँ

    [५९]
    मानव
    प्रविधिको दास
    दुरुपयोगमा जोखिमको त्रास !

    • दुर्गा भट्टराई, मोरङ

    [६०]
    गोपनीयता
    मेरो अधिकार
    बच्चाले अहिले बुझ्दैन !

    • अच्युत घिमिरे, भुटान

    [६१]
    संयोग
    युगको माग
    मोबाइलको हुँदैछ दुरुपयोग !

    • कमला देवकोटा, पाल्पा

    [६२]
    मोबाइल
    उतिबेला भए
    विवाह गर्ने थिइन् !

    • देवी पन्थी
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १०६

    टुक्का कविता वाचन कार्यक्रम सम्पन्न

  • १९ जेष्ठ २०८०, शुक्रबार २२:२७ मा प्रकाशित
  • टुक्का साहित्य समाज, नेपालको आयोजनामा टुक्का कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । वाचन कार्यक्रम शुक्रबार अपरान्ह ६ बजेदेखि भर्चुअल रूपमा सञ्चालन भएको थियोे ।

    वरिष्ठ टुक्काकार एवम् छन्द प्रशिक्षक रामशरण न्यौपानेको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको अध्यक्षता भने समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले गर्नुभएको थियोे ।

    कार्यक्रमको समापन मन्तव्य दिदै कार्यक्रमका अध्यक्ष एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले वाचन कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । साथै प्रत्येक महिनाको तेश्रो शुक्रबार हुने भर्चुअल रचना कार्यक्रममा जोडिनका लागि सम्पूर्ण टुक्काकारहरूलाई आग्रह गर्नुभयो ।

    कार्यक्रममा रामशरण न्यौपाने, वसन्त अनुभव, चूडा निर्भीक, सुरेशकुमार पान्डे, होमप्रसाद नेउपाने, बेदु न्यौपाने, शोभा गौतम, जमुना आचार्य, रामप्रसाद पुरी लगायतले आ-आफ्ना टुक्का कविता वाचन गर्नुभएको थियो । कार्यक्रमको सन्चालन टुक्का साहित्य समाजका महासचिव चूडा नीर्भिकले गर्नुभएको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on टुक्का कविता वाचन कार्यक्रम सम्पन्न

    ‘मेरो धरती, गणतन्त्र र हुटिट्याउँले थामेको आकाश’ – कविता

  • १६ जेष्ठ २०८०, मंगलवार २२:०९ मा प्रकाशित
  • मेरो धरती, गणतन्त्र र हुटिट्याउँले थामेको आकाश’ – कविता

    मेरो निलो
    आकाशमाथिको
    कालो बादललाई चिरेर
    मेरो धरतीको माझ
    खुसीले उदाएको हो
    गणतन्त्र!
    र ल्याएको हो
    मेचीदेखि
    महाकालीसम्म
    अनेक थान खुसीहरू !

    कतै
    अस्तव्यस्त छ
    कतै
    कसैलाई गजब मस्त छ
    बारीमा छेपारोहरू
    रङ्ग फेर्छन्
    र आफ्नो काम गर्छन्
    राज चलिरहन्छ
    गणतन्त्रको आवरणमा
    रमाउँछन् उनीहरू !

    कोही
    डुबुल्की मार्छन्
    कोही
    तीरमा बसेर
    रमिता हेर्छन्
    यो गणतन्त्रको तलाउमा
    भ्यगुताहरू!
    निर्दोष माछाहरू खान्छन्
    तिनै भ्यागुताहरू!
    काला सर्पद्वारा समातिन्छन्
    मारिन्छन्
    र खाइन्छन्
    अनि लाग्छ
    कुनै उत्सव मनाउँदै छ !

    यो मेरो हाँडी गाउँ हो
    जहाँ
    एक पृथक जात्रा लाग्दछ
    र त भनिन्छ
    हाँडी गाउँको जात्रा
    हो
    त्यहाँ पनि आएको छ
    गणतन्त्रको नाउँमा
    महाकुम्भ मेला !

    एकातिर
    मौसम फेरिएको छ
    हुरी चलेको छ
    आँधी आएको छ
    अर्कोतिर
    गणतन्त्रको नाउँमा
    काला भोटे कुकुरहरू!
    खैरा स्यालहरू!
    बिरालाहरू!
    क्रमशः
    -याल निकालिरहेका छन्
    मासुभात खाने
    हाडहरू चुस्ने बाहानामा
    बगैँचामा
    वरिपरि घुमिरहेका छन्
    लाग्छ
    हुटिट्याउँले
    आकाश थामिरहेको छ !

    कुर्सीको वरिपरि
    सिंहहरू!
    क्रमशः घुमिरहेका छन्
    गणतन्त्रको गन्ध
    चारैतिर फैलिएको छ
    प्रदुषित
    यो वातावरणमा
    सुगन्ध खोज्दै
    वनचरीहरू उडिरहेका छन्
    आफ्नो गन्तव्यमा
    क्षितिज हेर्दै
    सगरमाथा उक्लिरहेका छन् !!

    • आर्त अकुलीन, कैलाली
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘मेरो धरती, गणतन्त्र र हुटिट्याउँले थामेको आकाश’ – कविता

    उदक यात्री टेकनारायण रिमाल ‘कौशिक’का सुन्दर उदकहरू

  • १६ जेष्ठ २०८०, मंगलवार २१:५५ मा प्रकाशित
  • उदक यात्री टेकनारायण रिमाल ‘कौशिक’का सुन्दर उदकहरू

    १
    हिमाल
    बिहानी पख
    स्वर्गिक स्वर्ण मन्दिर !

    २
    बर्खा
    हरियो धरती
    हृष्टपुष्ट अनेक जिन्दगी !

    ३
    घर
    महल दरबार
    टाउको छोप्ने आधार !

    ४
    भोक
    साग सिस्नो
    दाल भात तिहुन !

    ५
    कतै
    रुखो काँक्रो
    कतै मेवा मिष्टान्न !

    ६
    तीर्खा
    शुष्क घाँटी
    खोला नाला टाढा !

    ७
    परीक्षा
    घाम पानी
    दुःख सुख तपस्या !

    ८
    प्रतीक्षा
    विकास सोपान
    स्वादिलो रसिलो फल !

    ९
    प्रतिज्ञा
    संयम सुरक्षा
    गलत बाटो बन्द !

    १०
    घुस
    सुरा सुन्दरी
    दल नेता पर्याय !

    ११
    कुर्सी
    सत्ता सम्पत्ति
    मुख पेट फरक

    १२
    छल
    तीतो प्रतिफल
    स्वार्थी नेताको भाषण !

    • टेकनारायण रिमाल ‘कौसिक’
      याङ्गून म्यान्मा (बर्मा)
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री टेकनारायण रिमाल ‘कौशिक’का सुन्दर उदकहरू

    उदक यात्री रिता खरालका उत्कृष्ट उदकहरू

  • १६ जेष्ठ २०८०, मंगलवार २१:५३ मा प्रकाशित
  • उदक यात्री रिता खरालका उत्कृष्ट उदकहरू –

    १
    यात्रा
    रमाइलो पल
    संसार देखियो झलमल !

    २
    सुन्दरता
    दृश्य देखिएको
    नयाँ उमङ्ग थपिएको !

    ३
    बुझाइ
    फरक रहेको
    समाजमा के भएको !

    ४
    असल
    कर्म गर्नु
    कसैको भर नपर्नु !

    ५
    स्वच्छ
    मन भएमा
    जीवनमा खुसी छाउने !

    ६
    रिस
    नपाल्नु कहिल्यै
    उत्साह रहोस् जहिल्यै !

    • रिता खराल, रुपन्देही
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री रिता खरालका उत्कृष्ट उदकहरू

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १०५

  • १४ जेष्ठ २०८०, आईतवार १९:५९ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १०५ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४९ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– १०५ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    पर्याप्त
    स्रोतसामग्रीहरू तर
    प्रायोगिक ज्ञानको कमी !

    • वसन्त अनुभव, दाङ

    [२]
    अँधेरो
    वरिपरि भर्‍याङ्ग
    उक्लन क्षमता नभएको !

    • जमुना कायस्थ, पोखरा

    [३]
    आकाङ्क्षा
    क्षमताको कमी
    प्रयाप्त स्रोतको उपलब्धता !

    • नारायणप्रसाद उपाध्याय, कैलाली

    [४]
    मान्छे
    लगाएर दिमाग
    गरौँ नयाँ काम !

    • प्रदिप नेपाली, पर्वत

    [५]
    पर्याप्त
    स्रोत सामग्रीहरू
    तर साक्षारताको कमी !

    • बेदु न्यौपाने, काठमाडौँ

    [६]
    पर्याप्त
    लोभको भाँडोले
    बनाएर छाडे अपर्याप्त !

    • टीकाराम पुन मगर, सल्यान

    [७]
    दृष्टिकोण
    परिष्कृत विचार
    जिन्दगीको व्यवहारिक पाटो !

    • केशवप्रसाद ढकाल, गोरखा

    [८]
    सम्पन्न
    पुर्खाको स्रोत
    व्यवहारिक ज्ञान विज्ञान !

    • प्रद्युम्न चालिसे, भक्तपुर

    [९]
    साथी
    माल पायौ
    तर चाल पाएनौ !

    • गुणनिधि घिमिरे, अमेरिका

    [१०]
    भर्याङ्ग
    वरिपरि थियो
    उसले बाटो देखेन !

    • सरिता सेढाई, धादिङ

    [११]
    इच्छा
    बुद्धि बिच्छा
    आमा भनेर चिच्या !

    • पशपति राई, खोटाङ

    [१२]
    ज्ञान
    बिनाको साधन
    झन धेरै उल्झन

    • सुरेशकुमार पाण्डे

    [१३]
    सुझ
    प्रयाप्त भएन
    भए हुन्थ्यो चयन !

    • तेजप्रसाद खनाल, लमही, दाङ

    [१४]
    साधन
    दिमागी सामान
    आफू आफै व्यवधान !

    • म्यामराज राई, जापान

    [१५]
    मूर्ख
    शून्य विचार
    सङ्घर्ष गर्दै विचरा !

    • अच्युत घिमिरे, भुटान

    [१६]
    साधन
    प्रयाप्त उपलब्ध
    भएन सहि सदुपयोग !

    • राज कुमार राजभण्डारी ‘खाेटाङ्गे’
      मध्यपुर ठिमी-५, सङ्गम काेलाेनी, भक्तपुर

    [१७]
    अज्ञान
    उपाय हैन
    अन्तै छ ध्यान !

    • घनश्याम पौडेल, पोखरा

    [१८]
    घमण्ड
    ज्ञानको अभाव
    गधाको जस्तो स्वभाव !

    • पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
      पनौती न.पा.-३, काभ्रे

    [१९]
    इच्छा
    पर्खाल पारको
    उमेर उत्ताउलो बालापन !

    • चक्र शाही, कैलाली

    [२०]
    मगज
    नअपनाउँदा तादम्यता
    आफैँलाई अति आपत !

    • प्रेम थापा ‘मन’, बागलुङ

    [२१]
    सामाग्री
    प्रयाप्त मात्रामा
    साेच कुम्ल्याउने जात्रामा !

    • सुरेश चन्द्र घिमिरे, काठमाडौँ

    [२२]
    सामग्री
    नफालौँ असरल्ल
    निर्माण गरौँ व्यवस्थित !

    • वासुदेव ज्ञवाली
      तानसेन नपा- १०, ध्रुवघाट, पाल्पा

    [२३]
    म
    दृष्टि परदेशको
    मोजमस्ती सम्पन्न स्वदेशको !

    • पागल भिक्षुक, कैलाली

    [२४]
    आसन
    मीठो भाषण
    स्वार्थीकाे हातमा शासन !

    • रामप्रसाद पुरी, बादेल, खाेटाङ

    [२५]
    अभाव
    आवश्यकताको लहर
    नदेख्नु नबुझ्नु समस्या !

    • सविता के.सी.
      दक्षिणकाली-९, काठमाडौँ

    [२६]
    मन
    शून्य मगज
    गन्तव्य परको क्षितिज !

    • आर्त अकुलीन, कैलाली

    [२७]
    साधन
    भएर नहुने
    ज्ञान पनि चाहिने !

    • मङ्गला उपाध्याय, बारा

    [२८]
    प्रयास
    सिँढीहरूमा चढेर
    उक्लन खोज्दैछ माथि !

    • धर्मी शाक्य, बुटवल, रुपन्देही

    [२९]
    सोचाइ
    चन्द्रमा छुने
    प्रयोगमा बुद्धिको कमी !

    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा

    [३०]
    पर्याप्त
    स्राेत सामाग्री
    भएको ज्ञानको कमी !

    • शाेभा आचार्य गाैतम, काठमाडौँ

    [३१]
    आएन
    सोच दृष्टिले
    छाएन मन दिमाग !

    • सुमित्रा पोखरेल, काठमाडौँ

    [३२]
    अल्छी
    उठाउँदिन सिन्को
    तर सबै चाहियो !

    • मानन्धर रमेश

    [३३]
    पर्याप्त
    प्राकृतिक स्रोत
    तर भौँतारिएका मृगमरीचिका !

    • गोपालप्रसाद पौड्याल, विराटनगर

    [३४]
    स्रोत
    प्रशस्त विद्यमान
    भ्रष्टाचारले सीमा नाघेको !

    • त्रिलोक रामदाम
      सि.न.न.पा.-८, भैरहवा

    [३५]
    मुढता
    बुर्जुवा शिक्षा
    प्राविधिक ज्ञानको अभाव !

    • विवश पारदर्शी, झापा

    [३६]
    प्रयास
    देख्न खोज्ने
    साधनको अर्थ नबुझ्ने !

    • सरस्वती श्रेष्ठ, रूपन्देही, बुटवल

    [३७]
    प्रसस्त
    साधन स्रोत
    अभाव सीपमुलकको ज्ञान !

    • सोमनाथ लुइटेल ‘रवि पाल्पाली’
      हाल: बुटवल

    [३८]
    सीप
    साथमा नहुँदा
    जीवन व्यर्थ देखिन्छ !

    • समुन्द्रा शर्मा, सुनसरी

    [३९]
    उपलब्धी
    सङ्घर्षमा हैरान
    सफलताको शिखरको मैदान !

    • अम्बिका अधिकारी
      झापा, विर्तामोड

    [४०]
    सिँढीहरू
    जिर्ण प्रतिबिम्ब
    सत्ता प्राप्तिको मार्ग !

    • कण्ठराज गिरी, टीकापुर

    [४१]
    दृश्य
    प्रयाप्त स्रोतसाधन
    चेतनाको अभाव देखिएको !

    • रिता खराल, रुपन्देही

    [४२]
    मगज
    भित्री विवेक
    बाहिर कालो बादल

    • कविता आचार्य, कैलाली

    [४३]
    श्रोत
    सामान प्रसस्त
    तर चेतनाको कमी !

    • सरस्वती श्रेष्ठ, इटहरी

    [४४]
    माल
    नपाउँदा चाल
    बन्दै जिन्दगी बेहाल !

    • हिमाल अम्मै, घोडाघोडी, कैलाली

    [४५]
    वस्तु
    बनाए सामग्री
    नत्र फोहरको डङ्गुर !

    • बुद्धिप्रसाद लामिछाने, कैलाली

    [४६]
    साधन
    प्रयाप्त मात्रामा
    सही सदुपयोगकाे कमी !

    • श्रद्धा आचार्य, पोखरा

    [४७]
    सामाग्री
    चेतना सुन्य
    विवेकशील मानिस अध्यारोमा !

    • घनश्याम पौडेल
      गौरीगङ्गा नगरपालिका-९, कैलाली

    [४८]
    मूर्ख
    लिस्नो ठड्याऊँ
    सजिलोसँग माथी जाऊँ !

    • गुणनिधि घिमिरे, अमेरिका

    [४९]
    आफूसँग
    भएका सामग्रीको
    गरौँ सही सदुपयोग !

    • केन्द्रप्रकाश बराल, इलाम
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १०५

    विश्व नेपाली साहित्य प्रतिष्ठान दाङद्वारा भव्य साहित्यिक कार्यक्रम सम्पन्न

  • १३ जेष्ठ २०८०, शनिबार २२:१३ मा प्रकाशित
  • लुम्बिनी प्रदेशकै सुन्दर नगरी दाङको घोराहीमा आज एक भव्य साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । विश्व नेपाली साहित्य प्रतिष्ठान दाङले आयोजना गरेको कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका दाङ जिल्ला अध्यक्ष डा. कृष्णराज डि.सी.ले गर्नुभएको थियोे भने लुम्बिनी प्रदेश अध्यक्ष भावना खनाल प्रमुख आतिथ्यता रहेको थियोे । त्यस्तै विशिष्ट अतिथिमा वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्मा र विनेसाप्र लुम्बिनी प्रदेशका महासचिव तेजप्रसाद खनाल रहनुभएको थियो।

    वसन्तराज अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा उच्च प्राज्ञिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। भावना खनाल, उत्तमकृष्ण मजगैया, तेजप्रसाद खनाल, डा.कृष्णराज डि.सी., वसन्त अनुभव, स्वर्ण शिखा, नारायण नेपाल, लोकराज पराजुली , यागेश्वर बस्नेत , डिल्लीराज श्रीधर, टिकाराम उदासी, पिताम्बर रिजाल, खगराज न्यौपाने, रमा पन्त , पुरुषोत्तम खनाल, शारदा शर्मा, गणेश विषम, सन्ध्या रेग्मी, वीना रोका, हुमबहादुर डिसी, नारायण जिज्ञासु, सन्जना शर्मा, सुरेश कुमार पान्डे लगायतले रचना वाचन तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा नरेशजंग राणाद्वारा लिखित ‘स्मृतिका पानाहरू’ गजल सङ्ग्रहको लोकार्पणका साथै कविशिरोमणि लेखनाथ पौड्यालको व्यक्तित्व र कृतित्वको बारे समालोचना गर्दै स्मृती गरिएको थियो । प्राध्यापक हरेकृष्ण ज्ञवालीले कविशिरोमणि पौड्यालको व्यक्तित्व र कृतित्वको बारेमा बोल्नुभएको थियोे ।

    कार्यक्रममा शुभकामना मन्तव्य दिँदै प्रमुख अतिथि भावना खनालले साहित्यिक कार्यक्रममा नयाँ पिँढीहरूलाई समेटनुपर्ने बताउनु भयो ।
    विमोचित कृतिको समीक्षा कार्यक्रमका अध्यक्ष डा.कृष्णराज डि.सी.ले गर्नुभएको थियोे ।

    उक्त अवसरमा विश्व नेपाली साहित्य प्रतिष्ठानमा दुईवटा अक्षय कोष खडा गरिएको थियोे । नरेशजंग राणाले आफ्नी स्वर्गीय श्रीमती मञ्जुराणाको स्मृतिमा मञ्जुराणा स्मृति साहित्य प्रज्ञा पुरस्कार र चन्द्रप्रकाश देवकोटाले आफ्नी स्वर्गीय श्रीमतीको स्मृतिमा गोमाकला साहित्य स्मृति प्रज्ञा पुरस्कार खडा गर्नु भएको थियोे । करिब ८० जना साहित्यकारहरुको सहभागीता रहेको यस कार्यक्रमको सहजीकरण संस्थाका जिल्ला सचिव निमबहादुर थापाले गर्नुभएको थियो।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on विश्व नेपाली साहित्य प्रतिष्ठान दाङद्वारा भव्य साहित्यिक कार्यक्रम सम्पन्न

    आठौँ  क्षेत्रिय समन्वय समिति दम्मामको आठौँ अधिवेशनसम्पन्नः  

  • १३ जेष्ठ २०८०, शनिबार ०२:०१ मा प्रकाशित
  • गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरबका मातहतमा रहेको पूर्वी क्षेत्रदम्मामको क्षेत्रिय समन्वय समितिको २०२३–२०२५ कार्यातालका लागी अध्यक्षमा विष्णुभण्डारीलाई चयन गर्दै आठौँ अधिवेशन २६ मेई २०२३ का दिन सम्पन्न भएको छ।

    संघका वरिष्ठ उपाध्यक्ष रविना अर्यालको संयोजकत्वमा रहेको तिन सदस्यीय क्षेत्रिय समन्वयसमिति अधिवेशन समितिले सर्वसम्मतिमा १५ सदस्ययी कार्यसमितिको चयन गरेको हो। उक्तअधिवेशन बाट वरिष्ठ उपाध्यक्षमा काशिन्द्र पासमान, उपाध्यक्षमा धनकुमार तामाङ चयन गरिएकोछ  भने सचिवमा पूर्ण सुनार, सहसचिवमा तोयानाथ अधिकारी चयन गरिएको छ ।

    त्यसै गरी उक्त आठौँ अधिवेशन बाट कोषाध्यक्षमा संजिता महर्जन, सहकोषाध्यक्षमा दिपक खाँड, युवा संयोजकमा मोती राज चेम्जोङ चयन भएका छन्।

    विष्णु भण्डारीको नेतृत्व रहेको उक्त कार्यसमितिको सदस्यहरूमा मित्रलाल बगाले, सुजेन्द्र जित, घनेन्द्र ईजम, रूद्र बहादुर थापा, राम ललित यादव, ललित मण्डल र निरज कुमार राय चयन भएकाछन्।

    अधिवेशन कार्यक्रममा एनआरएनए आरसीसी पूर्वी क्षेत्र दम्मामका अध्यक्ष विष्णु भण्डारी द्वारासांगठनिक तथा कार्य प्रगति विबरण प्रस्तुत गरिएको थियो भने आर्थिक प्रतिवेदन समितिकाकोषाध्यक्ष संजिता महर्जन द्वारा प्रस्तुत गरिएको थियो ।

    Posted in ताजा अपडेटLeave a Comment on आठौँ  क्षेत्रिय समन्वय समिति दम्मामको आठौँ अधिवेशनसम्पन्नः  

    उदक यात्री कमला देवकोटाका उत्कृष्ट उदकहरू

  • ९ जेष्ठ २०८०, मंगलवार २१:०० मा प्रकाशित
  • उदक यात्री कमला देवकोटाका उत्कृष्ट उदकहरू-

    १
    दम्भ
    नाक कान
    मुख बन्द बिलखबन्द !

    २.
    दोहन
    मृदुल क्रन्दन
    देशद्रोहीको अनेक रोदन !

    ३.
    मन
    वचनको दुरुपयोग
    धन्सार भित्रका मुसाहरू !

    ४.
    मिच्याइँ
    जनता किचाइ
    कहालीलाग्दो द्रव्य घिँचाई !

    ५.
    त्रिकोण
    गन्जागोल ठेलमठेल
    उम्काउने गणितीय खेल !

    • कमला देवकोटा, पाल्पा
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री कमला देवकोटाका उत्कृष्ट उदकहरू

    Posts navigation

    Older posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2022 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P