• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

१२ दिने दोस्रो इच्छाकामना महोत्सव २०८० सम्पन्न, एक करोड भन्दा बढीको आर्थिक  कारोबार

  • १० आश्विन २०८०, बुधबार ००:१५ मा प्रकाशित
  • मुग्लिन ! चितवन जिल्लाको एक मात्रै गाउँपालिका इच्छाकामना गाउँपलिकाको  कुरिनटारमा भाद्र २७ गतेदेखि असोज ७ गतेसम्म  चलेको १२ दिने दोस्रो इच्छाकामना महोत्सव २०८०  आइतबार समापन भएको छ ।


    हामी सबैको चाहाना समृद्ध इच्छाकामना’ भन्ने नारालाई  आत्मसात गर्दै इच्छाकामना उद्योग बाणिज्य संघ मुग्लिन र  इच्छाकामना गाउँपालिका वडा नं. ४ को वडा कार्यालयको संयुक्त आयोजना तथा इच्छाकामना एफ एमको सह–आयोजनामा भएको उक्त महोत्सवको समापन समारोह इच्छाकामना गाउँपालिकाको अध्यक्ष दान बहादुर गुरुङ्गको प्रमुख आथित्यमा सम्पन्न भएको हो ।
    समापन समारोहमा बोल्दै अध्यक्ष गुरुङ्गले महोत्सवले इच्छाकामना गाउँपालिकाको पहिचानमा थप टेवा पुर्‍याएको बताउनुहुँदै आर्थिक चलायमान बनाउन पनि निरन्तर रुपमा यस्तो किसिमको मेला महोत्सव आवश्यक रहेको बताउनुभयो । महोत्सवले कृषिजन्य बस्तुहरुको बजारीकरण, धार्मिक एवम् पर्यटकीय स्थलहरुको प्रबर्दन आदिको प्रचार प्रसार एवम् प्रबर्दन हुने भएकोले यस्तो किसिमको मेला महोत्सवलाई निरन्तरता दिनुपर्ने बताएका थिए ।


    भाद्र २७ देखि असोज ७ गते सम्म लागेको महोत्सवको मुख्य–प्रायोजन मनकामना दर्शन प्रा.लि, प्रायोजकमा यति वेभ्रेज प्रा.लि. र सह–प्रायोजक रिभर साइड स्प्रिङ्ग रिसोर्ट तथा महेन्द्र सो रुम कुरिनटार रहेको उक्त महोत्सवमा एक करोड बढीको आर्थिक  कारोबार भएको इच्छाकामना गाउँपालिका वडा नं. ४ का अध्यक्ष एवम् मुल समारोह समितिका संयोजक रुद्र प्रसाद उप्रेतीले बताए । उनका अनुसार महोत्सव आधालाख भन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । महोत्सवमा कृषिजन्य सामाग्री, स्थानिय स्तरमा उत्पादित विभिन्न समाग्रीहरु, लत्ताकपडा, संगै अटो मोवाइल समेत राखिएको थियो । महोत्सवले आर्थिक क्षेत्रलाई चलायमान बनाउन थोरै भए पनि टेवा पुगेको संयोजक उप्रेतीले बताए । विषम परिस्थितिमा महोत्सव गरेका थियौं, मुलुकको आर्थिक अवस्था नाजुक थियो । उद्योगी–व्यवसायी बैंकको ब्याज बृद्धि र खस्किएको अर्थतन्त्रका कारण थप धरासायी थियौं । यस्तो बेला महोत्सवले केही राहत मिलेको आयोजक्ले अनुभूति गरेको  छ । महोत्सव सफल भएको छ, उप्रेतीले भने ।


    त्यस्तै कार्यक्रमका संयोजक एवम् इच्छाकामना उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण गुभाजुले यस क्षेत्रको आर्थिक, कृषि, औद्योगिक विकासका लागि महोत्सव आयोजना गरिएको बताए । महोत्सवले इच्छाकामनाको उद्योग पर्यटन विकास पहिचान एवम् प्रबर्द्धनमा टेवा पुगेको बताए । यस अघि इच्छाकामना उद्योग वाणिज्य संघले इच्छाकामना एफ एम संगको सहकार्यमा ०७५ सालमा पहिलो पटक प्रथम इच्छाकामना महोत्सव आयोजना गरेको थियो ।
    महोत्सवमा विभिन्न स्थानीय उत्पादित बस्तु सेवा एव व्यवसायिक कृषि उपज राखिएका थिए ।  पाँच बर्षपछि इच्छाकामनामा बृहत रुपमा महोत्सव हुन थालेपछि स्थानीयलाई मेला अवलोकन किनमेल एवम् मनोरन्जन पुगेको दावी गरिएको छ । महोत्सवमा स्थानीय कला संस्कृतिका विभिन्न परिकारका साथै विविध सेवा राखिएको र महोत्सवबाट सन्तोषजनक कारोबार भएको दावी गरिएको छ । महोत्सव भव्य एवम् सभ्य रुपमा सम्पन्न भएको आयोजकले जनाएको छ । महोत्सव समापन कार्यक्रममा स्थानीय समाजसेवी बुद्धिजीवी उद्योगी व्यावसायी विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि लगायत दर्शकहरुको उल्लेखनीय सहभागीता रहेको थियोे ।
    कार्यक्रममा महोत्सवलाई प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहयोग गर्ने विभिन्न संघ संस्था एवम् सहयोगी हातहरुलाई मायाको चिनो प्रदान गरिनुका साथै सम्मान पत्र प्रदान गरिएको महोत्सव मूल समारोह समितिका सह–संयोजक दान बहादुर गुरुङ्गले बताए । कार्यक्रमको सञ्चालन इच्छाकामना उद्योग बाणिज्य संघका उपाध्यक्ष कुमार श्रेष्ठ र रिता नेपालले गरेका थिए ।

    यस्तो बृहत महोत्सव सफल रुपमा गराउन साथ सहयोग गर्नुहुने मुल समिती तथा उप समितीका साथै सम्पुर्ण स्वयंसेवकहरुलाइ आयोजकले धन्यवाद दिदै  यस महोत्सव को बिशेष समिक्षा गर्दै आगामी बर्षहरुमा अझै सुधार गर्दै महोत्सव आयोजना गर्ने आयोजकले जनायो । 

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on १२ दिने दोस्रो इच्छाकामना महोत्सव २०८० सम्पन्न, एक करोड भन्दा बढीको आर्थिक  कारोबार

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १२२

  • ८ आश्विन २०८०, सोमबार २०:४२ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १२२ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ७१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– १२२ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    जनसागर
    जनताको माग
    चुनौती एवम् दबाब !

    • वसन्त अनुभव
      [२]
      भिडभाड
      भयानक मानिसहरू
      देश कुल्चेर अगाडि !
    • डुकछिरिङ लेपचा
      मिरिक डुपटिन, भारत
      [३]
      आन्दोलन
      शिक्षक शिक्षिका
      अलपत्र विद्यार्थीको भविष्य!
    • बालकृष्ण खनाल
      [४]
      शिक्षाविधि
      आ-आफ्नै जिद्दी
      माग गर्नु बुद्धिजीवी !
    • जमुना कायस्थ, पोखरा
      [५]
      दबाब
      नदिए नहुने
      माग पूराको आधार !
    • बुद्धिप्रसाद लामिछाने, कैलाली
      [६]
      जुटेर
      अधिकार पाउन
      सबैतिर मिलेर धाउन !
    • गङ्गा खड्का
      बूढानीलकण्ठ, काठमाडौँ
      [७]
      गुरु
      समानता खाेज्दै
      झाेला च्यापेर आन्दाेलित !
    • राेशन पराजुली, धरान
      [८]
      उत्रिए
      शिक्षक बाटोमा
      अधिकारको लागि उर्लिए !
    • शोभा आचार्य गौतम, काठमाडौँ
      [९]
      शिक्षकहरू
      सम्पूर्णको आन्दोलन
      मागहरू तत्कालै दिलाउन !
    • भगवती दवाडी, दमक, झापा
      [१०]
      कुरा
      अधिकार सम्मानका
      धोखा आफ्नै नाइकेबाट !
    • तेजप्रसाद खनाल, दाङ
      [११]
      शिक्षकहरू
      आन्दोलन गर्दै
      अधिकार प्राप्तिको लागि !
    • उर्मिला केसी, धनकुटा
      [१२]
      आन्दोलन
      विशाल जनसागर
      शिक्षकको हकमा सिमित !
    • राजाराम रत्गैंया, अमौरा, कैलाली
      [१३]
      शिक्षक
      बन्द शिक्षालय
      कसरी हुन्छ उदय ?
    • नागेन्द्रप्रसाद यादव, दाङ
      [१४]
      शिक्षण
      गुरुवर्ग सडकमा
      दिँदै व्यवहारिक शिक्षा !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [१५]
      मुद्दा
      देखियो अनेक
      कारक शिक्षा विधेयक !
    • केशवप्रसाद ढकाल ‘प्रीतबीज’
      गाेरखा
      [१६]
      मैन
      बलेर दिप्ती
      आफू जलेर सकिने !
    • आर्त अकुलीन, कैलाली
      [१७]
      आन्दोलन
      सामुहिक सौदाबाजी
      समानता भए राजी !
    • ऋजु दिल्पाली
      ईटहरी-१, सुनसरी
      [१८]
      आन्दाेलन
      मागकाे नीति
      नियम कानुनमा बेथिति !
    • केसर बाेहरा ‘सङ्घर्ष’
      सुदूरपश्चिम, अछाम
      [१९]
      शिक्षक
      आशाको किरण
      अलमलिएको भविष्य खोज्दै !
    • दुर्गा आचार्य, मोरङ
      [२०]
      शिक्षक
      आन्दोलनमा होमिएका
      कोही नसामै झुमिएका !
    • चक्र शाही, लम्की, कैलाली
      [२१]
      बेरोजगार
      उत्पन्न स्थिति
      काम नभएका मान्छेहरू !
    • गुणनिधि घिमिरे, अमेरिका
      [२२]
      शिक्षक
      अधिकारको माग
      आन्दोलनमा होमिए खास !
    • सम्झना थापा मगर, स्याङ्जा
      [२३]
      शिक्षक
      माग बराबरी
      बस्छ सरकार हेरी ?
    • बेदु न्यौपाने, काठमाडौँ
      [२४]
      शिक्षक
      उता गोलमोल
      विद्यार्थीको पढाइ डामाडोल !
    • सरिता सेढाइ, धादिङ
      [२५]
      गुरु
      आन्दोलन शुरू
      विद्यार्थीको भविष्य धुरुधुरु !
    • पशपति राई, खोटाङ
      [२६]
      सरकार
      जनसागर हेर
      पल्टिन लाग्दैन बेर !
    • सुरेशकुमार पाण्डे, दाङ, घोराही-१८
      [२७]
      नेता
      बनाए खेलाैना
      सुनेनन् शिक्षकका बिलाैना !
    • निरज कोइराला
      [२८]
      आन्दोलन
      भव्य सागर
      लागेन कुनै टुङ्गो !
    • तोयानाथ चापागाईं
      दमक, झापा
      [२९]
      सङ्घर्ष
      परिवर्तनकाे खुड्किला
      गुरु समाजकाे गहना !
    • भवानी घिमिरे, सर्लाही
      [३०]
      आन्दोलन
      कथित वार्ता
      हात्ती आयो फुस्सा !
    • घनश्याम पौडेल, पोखरा
      [३१]
      गुरु
      आन्दोलन होइन
      विद्यार्थी पढाउ खुरुखुरु !
    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा. पा.-६, दोलखा
      [३२]
      समाचार
      शिक्षक आन्दोलन
      बराबर बनाउ अधिकार !
    • पृथक प्रकृति, झापा
      [३३]
      गुरु
      ओर्लेर सडकमा
      थर्काउने भए ब्रह्माण्ड !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [३४]
      गुरूहरू
      सडकमा कुर्ले
      जनताभन्दा माथि कोही !
    • मधुसुदन शर्मा
      [३५]
      आन्दोलन
      एकतामा सबै
      अधिकारको खोजिनिती गर्दै ।
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा -६, संखुवासभा
      [३६]
      आफ्नो
      सुविधाको लागि
      विद्यार्थीको भविष्य त्यागी !
    • जित सेरेङ मादेन
      पाँचखपन न.पा.१, संखुवासभा
      हाल: बहराइन
      [३७]
      उपेक्षित
      अधिकारको सङ्घर्ष
      झोले खोले मोले !
    • कण्ठराज गिरी
      [३८]
      गुरु
      विद्याश्रम छाडेर
      माईतीघरमा मेला भर्दै !
    • ध्रुव श्रेष्ठ
      खोटाङ बजार, हाल: काठमाडौँ
      [३९]
      सरकार
      देखाउँने दाँत
      शिक्षा स्वास्थ्य अस्तव्यस्त !
    • त्रिलोक रामदम
      [४०]
      आन्दोलन
      सडकको जलन
      न्याय माग्ने चलन !
    • सरस्वती वली
      बर्दिया, नेपाल
      [४१]
      सदाशय
      हक अधिकार
      खोसेर लिनुस् महोदय !
    • पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
      पनौती न.पा.-३, काभ्रे
      [४२]
      सरकार
      तँलाई धिक्कार
      कलम कि तरबार ?
    • दुर्गा अधिकारी भमरकोटे
      [४३]
      हरे !
      राज बेथितिकाे
      प्रताडित आम सर्वसाधारण !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [४४]
      शिक्षक
      हुन् पथप्रदर्शक
      समाज रुपान्तरण कर्ता !
    • तिला लेकाली
      [४५]
      आन्दोलन
      उर्लियो जनसागर
      निष्कर्ष बन्यो उपलब्धिविहिन !
    • धनमाया चौधरी, कैलाली
      [४६]
      जनसागर
      उर्लियो सडकमा
      आफ्नो अधिकार माग्न ।
    • बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’
      कनकाई-४, झापा
      [४७]
      आन्दोलन
      समयको माग
      आवश्यकता आमूल परिवर्तन ।
    • तोया घिमिरे
      शङ्खमुल, काठमाडौँ
      [४८]
      ज्यादती
      झोले प्रतिनिधि
      व्यर्थ हैरान बेइज्जती !
    • विवश पारदर्शी, झापा
      [४९]
      शिक्षक
      नेताका गुरु
      देखिने अनेक चटक !
    • घनश्याम पौडेल
      गौरीगङ्गा-९, कैलाली
      [५०]
      आन्दोलन
      सरकारी मास्टर
      विद्यार्थीको भविष्य चौपट !
    • रघु थापा
      [५१]
      चाहाना
      आत्मसम्मान स्वाभिमान्
      देशका सबै शिक्षक !
    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
      [५२]
      आन्दोलन
      उर्लियो सागर
      तर निष्कर्ष धोका !
    • दुर्गा भट्टराई, मोरङ
      [५३]
      शिक्षक
      पैसा कमाउने
      व्यवहार अति गनाउने !
    • सविता के.सी.
      दक्षिणकाली-९, काठमाडौँ
      [५४]
      उफ्
      कस्तो शासन
      जेसुकै प्राप्तिमा आन्दोलन !
    • केन्द्रप्रकाश बराल, इलाम
      [५५]
      आन्दोलन
      भयो बेतुकको
      मारमा विद्यार्थी शिक्षक !
    • रमेश प्रभात, चितवन
      [५६]
      शिक्षक
      नगर्नु भक्षक
      बनिरहनु सदा सजग !
    • सरस्वती श्रेष्ठ, इटहरी
      [५७]
      सुनेन
      सरकारले मर्का
      त्यसैले जनसागर उर्लेको !
    • मङ्गला उपाध्याय, बारा
      [५८]
      न्याय
      पाउनको लागि
      सडकमा उर्लेको जनसागर !
    • धर्मी शाक्य, बुटवल, रुपन्देही
      [५९]
      आन्दोलन
      भविष्य बिगार्ने
      आफ्नै गोजी तिखार्ने !
    • अम्विका अधिकारी
      झापा, विर्तामोड
      [६०]
      न्याय
      खोज्दै जनसागर
      कुरा बुझिदेऊ सरकार !
    • मिलन के. सी.(थापा), पोखरा
      [६१]
      मैन
      जल्दै तप्तप
      जीवन्त जीवन हप्हप!
    • कमला देवकोटा, पाल्पा
      [६२]
      विद्यार्थी
      आज खस्केलान्
      शिक्षक कहिल्यै नउठ्लान् !
    • नन्दलाल आचार्य अक्षान्त
      सिद्धार्थटोल, उदयपुर
      [६३]
      निलो
      छाता ओढेर
      पुगेकी ऊ पनि !
    • युगल त्रिन
      [६४]
      आन्दोलन
      शिक्षकको राजनिती
      बिग्रँदै शिक्षाको आकृति !
    • सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल
      [६५]
      आन्दोलन
      अधिकार खोजीको
      सम्मान होस् गुरुको !
    • समुन्द्रा शर्मा, सुनसरी
      [६६]
      गुरु
      पढाउनु खुरुखुरु
      व्यर्थको आन्दोलन छोड्नु !
    • सरिता काफ्ले, कोहलपुर-८, बाँके
      [६७]
      शिक्षक
      तिम्रो जीवन
      खेप्नलाई दोष केवल !
    • प्रेम थापा “मन”, बागलुङ
      [६८]
      शिक्षक
      अगाडि बढ्नु
      अधिकारको लागि लड्नु !
    • जमुना आचार्य, सिन्धुपाल्चोक
      [६९]
      आन्दोलन
      मगन्तेहरूकाे लस्कर
      लस्करमा शैक्षिक तस्कर !
    • पागल भिक्षुक, कैलाली
      [७०]
      शिक्षक
      मर्यादाक्रम नहुने
      माथि हुन्छ ऊ !
    • नरेन्द्रबहादुर क्षेत्री
      बुटवल, रुपन्देही
      [७१]
      शिक्षक
      जीवन निर्माता
      सृष्टिकै जिवित विधाता !
    • कविता आचार्य, कैलाली
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १२२

    महक’ र ‘लाहुरेको रेलिमाई’को प्रवास विमोचन सम्पन्न

  • ८ आश्विन २०८०, सोमबार १९:२० मा प्रकाशित
  • असोज ७ गते ।
    महक टुक्का कवितासङ्ग्रह र लाहुरेको रेलिमाई उपन्यासको आइतबार प्रवास विमोचन कार्यक्रम सम्पन्न भएको छ । विश्व नेपाली साहित्य महासंघ जापान शाखाको आयोजनामा जापानको टोकियो स्थित काठमाडौँ लञ्च एण्ड बारको सभाहलमामा आयोजित कार्यक्रममा जापानका लागि महामहिम नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदीले उक्त पुस्तकहरूको एकसाथ विमोचन गर्नुभएको थियो ।

    विमोचन तथा रचना वाचन कार्यक्रम बोल्दै प्रमुख अतिथि सुवेदीले आफूमा पनि साहित्यिक रस भएकोले यसरी साहित्याकाशमा नवविधाहरू जन्मिॅंदा असाध्यै खुसी लागेको बताउनुभयो । साथै उहाँले नवविधामा कलम चलाएर कृतिको रूप दिने कृतिकार म्यामराज राईको प्रशंसा पनि गर्नुभयो ।

    विमोचित उपन्यास लाहुरेको रेलिमाई बारे बोल्नु हुँदै प्रमुख अतिथि सुवेदीले उपन्यासकार विजय हितानसँग आफ्नो पुरानो चिनजान रहेको उल्लेख गर्दै लाहुरेको रेलिमाई उपन्यास प्रकाशन गरि पाठक सामु ल्याउनुभएकोमा खुसी व्यक्त गर्नुभयो । साथै उहाँको उक्त उपन्यास नेपाली लाहुरेको वीरगाथा समेटिएको ऎतिहासिक पुस्तक भएको बताउनुभयो ।

    भर्चुअल माध्यमबाट अतिथिको रूपमा कार्यक्रममा जोडिनुभएका टुक्का साहित्य समाज, नेपालका उपाध्यक्ष एवम् समीक्षक वसन्त अनुभवले महक एक अनमोल काव्य कृति बन्न सफल भएको उल्लेख गर्दै उक्त पुस्तकको समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।

    भर्चुअल माध्यमबाटै जोडिनुभएका विशिष्ट अतिथि तथा लाहुरेको रेलिमाई उपन्यासका उपन्यासकार विजय हितानले लाहुरेको रेलिमाई लेखनको सिलसिलामा भोगेका आफ्ना तितामिठा अनुभवहरू सुनाउॅंदै प्रवास विमोचनको अवसरको लागि आयोजक प्रति धन्यवाद प्रकट गर्नुभयो ।

    महक टुक्का कवितासङ्ग्रहका सर्जक म्यामराज राईले टुक्का कविताको अर्थ, महत्त्व, फाइदा सॅंगसॅंगै सङ्ग्रहको प्रकाशनसम्म आइपुग्दा आफूले भोगेका अनुभवहरू सुनाउनुभयो । साथै प्रवास विमोचनको तारतम्य मिलाई विमोचन सफल गरिदिएकोमा आयोजक प्रति हार्दिक आभार एवम् धन्यवाद व्यक्त गर्नुभयो।

    कार्यक्रममा विभिन्न सङ्घसंस्थाहरूबाट प्रतिनिधित्व गरी अतिथिको रूपमा पाल्नुभएका प्रमिला राई, अमरदेव बास्तोला, रविन शर्मा, गिरिजा गैह्रे, अरुण पौडेल, गृष्मा पौडेल, सजिना मोक्तान, युको ओकामोतो, सिद्धार्थ श्रेष्ठ, सोनाम शेर्पा, विशाल डल्लाकोटी, फुर्वा शेर्पा, शान्त पहारी, कर्साङ् लामा लगायतले शुभकामना अर्पण गर्नुभएको थियो ।

    कार्यक्रममा भौतिक रूपमा उपस्थित भई रविन्द्र दिखुक्पा, गंगा गगन, सयपत्री थुलुङ्, शिवराज साङ्पाङ्, विजय स्याङ्बो, दिलिप राई, अमरदेव बास्तोला, रविन शर्मा, गिरिजा गैह्रे, अरुण पौडेल, शारदा पाण्डे, गृष्मा पौडेल, सजिना मोक्तान, युको ओकामोतो र राजन घलेले आआफ्ना रचना वाचन गर्नुभएको थियोे ।

    त्यस्तै भर्चुअल माध्यमबाट जोडिनुभएकी विशिष्ट अतिथि सुनिता राई कन्दङ्वाले शुभकामनासहित आफ्नो सिर्जना सुनाउनुभएको थियो ।

    विजय स्याङ्बोको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको अध्यक्षता विश्व नेपाली साहित्य महासङ्घ जापान शाखाका अध्यक्ष देवीबहादुर इङ्नामले गर्नुभएको थियोे । उद्घोषक त्रय रविन्द्र दिखुक्पा, सयपत्री थुलुङ् र शिवराज साङ्पाङ्ले सञ्चालन गर्नुभएको उक्त कार्यक्रम करिब करिब चार घण्टासम्म चलेको थियो । उक्त कार्यक्रमको फेसबुक मार्फत प्रत्यक्ष प्रशारण विश्व नेपाली साहित्य महासंघ, केन्द्रिय समितिले गरेको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on महक’ र ‘लाहुरेको रेलिमाई’को प्रवास विमोचन सम्पन्न

    पत्रकार सतिश चापागाईको शब्दमा “परदेशी २” को नयाँ गीत सार्वजनिक

  • ८ आश्विन २०८०, सोमबार १०:४२ मा प्रकाशित
  • अमेरिका निवासी पत्रकार सतीश चापागाईको शब्दमा नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ को नयाँ गीत सार्वजनिक गरिएको छ।

    सतीश चापागाईंको शब्द रहेको भिडियो बुधबार म्युजिक नेपाल युट्युब च्यानलमार्फत फिल्ममा समावेश ‘हिजो काम आज काम, काम विदेशमा’ बोलको गीत सार्वजनिक गरिएको हो। भिडिओमा फिल्मका कलाकार प्रकाश सपूत, दीलिप रायमाझी, रमा थपलियालगायतलाई प्रस्तुत गरिएको छ।

    प्रशान्त तामाङको स्वर रहेको गीतमा र विवी अनुरागीको संगीत तथा संगीत संयोजन रहेको छ।

    राजेश वंशल र नारायण रायमाझीको संयुक्त निर्माण रहेको फिल्ममा प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, सविन बास्तोता, देवेन्द्र बब्लुलगायत कलाकारको अभिनय छ। फिल्मको कथा रमेश विजीले लेखेका हुन्।

    गीतकार चापागाई १५ बर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका छन् । ३० बर्षदेखि पत्रकारितामा सक्रिय चापागाई कविता तथा गीतकारका रूपमा पनी चर्चित छन्। चापागाई नेप्लिज डायस्पोराका प्राधान सम्पादक र संचालक समेत हुन् ।

    Posted in कला /जीवनशैली, मुख्य खबरLeave a Comment on पत्रकार सतिश चापागाईको शब्दमा “परदेशी २” को नयाँ गीत सार्वजनिक

    नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा साउदी आउदै।

  • ७ आश्विन २०८०, आईतवार २३:०० मा प्रकाशित
  • नेपाली काँग्रेसका केन्द्रिय महामन्त्री तथा प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री एवम् संविधानसभा सदस्य भिष्मराज आङ्दम्बे साउदी अरबको ३ दिने भ्रमणमा आउने भएका छन्।

    ३० सेप्टेम्बर देखि २ अक्टोबर सम्म हुने उक्त भ्रमण रियादमा मात्रै सिमित हुने वा साउदी अरबका अन्य सहरमा पनि हुने भन्ने हाम्रो जिग्यासामा जनसम्पर्क समिति साउदी अरेबियाका महामन्त्री सुरेश राज त्रिपाठीले भ्रमण साउदी अरबको राजधानी रियाद तथा पुर्बि क्षेत्र दमाम पनि हुने बताए।

    नेपाली राजदूतावास रियाद द्वारा आगामी ३० सेप्टेम्बर सनिबारका दिन आयोजित “श्रमिक समस्या र समाधान” विषयक कार्यक्रममा सरिक हुने उद्देश्यका साथ साउदी अरब आउनलागेका महामन्त्री तथा सहमहामन्त्री दय् त्यसको अर्को दिन अर्थात् आईतबार एक अक्टोबर रियादमा स्थित जनसम्पर्क समिति साउदी अरबको आन्तरिक छलफलमा सरिक हुँदै सोमबार पुर्बि क्षेत्र दमाममा भेटघाट कार्यक्रममा सहभागी हुने त्रिपाठीले बताए।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा साउदी आउदै।

    अल कासिममा संचालित दुई दिने राहदानी नविकरण घुम्ती सेवाबाट ५४४ जनाले लिए सेवा

  • ७ आश्विन २०८०, आईतवार २०:३२ मा प्रकाशित
  • समर्पण रम्जान

    साउदी अरब ! नेपाली राजदूतावास रियाद र गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती अलकासिमको सहकार्यमा गत  २०२३ सेप्टेम्वर २२ गते शुक्रवार र २३ गते शनिवार साउदी अरबको अलकासिम शहरमा आयोजित दुई दिने
    राहदानी नवीकरण घुम्ती सेवा बाट ५४४ जनाले सेवा लिएका छन् । राहदानी नवीकरण सेवा सेप्टेम्वर २२ गते शुक्रवार बिहान ७:०० बजे देखी बेलुकी ६ः०० बजेसम्म र २३ गते शनिवार बिहान ७ बजे देखी दिउँसो  १२ बजे दिएको थियो ।

    उक्त राहदानी नविकरणको घुम्ती सेवा प्रदान गर्नका लागि नेपाली  दूतावास रियादका द्धितिय सचिव भुपेन्द्र प्रसाद घिमीरेको नेतृत्वमा,  द्धितिय सचिव कमल कुंवर, स्थानिय कर्मचारीहरु डेबिड महर्जन, अजय दंगाल, हेमन्त आचार्य, पवन न्यौपाने, अब्दुल्ला राई आएका थिए भने यसलाई ब्यबस्थित तवरले सम्पन्न गराउन गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य बिशाल कुमार श्रेष्ठ, गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाका उपाध्यक्ष मनिष कोइराला, सचिव धु्र्ब कटुवाल, सदस्य धर्मेन्द्र कार्की, आरसीसी अलकासिम प्रमुख सल्लाहकार राज कुमार श्रेष्ठ, गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिती अल कासिमका अध्यक्ष कृष्ण अधिकारी, बरिष्ठ-उपाध्यक्ष काजीमान कन्दवा, उपाध्यक्ष बिनोद खड्का लगायत सम्पूर्ण आरसीसी टिमद्वारा सहयोग गरिएको आरसिसी कासिमका सचिब सिद्दिलाल श्रेष्ठले जानकारी गराए  !

    घुम्ती सेवा कार्यक्रममा सेवा लिनका लागी अलकासिम लगयात आसपासका क्षेत्रहरू अनैजा, हायल, जुल्फी, आसपास रहेका बिभिन्न कम्पनिमा कार्यरत नेपाली श्रमिकहरुको बाक्लो उपस्थिति रहेको श्रेष्ठले जनाए ।
    राहदानी नविकरणको लागी आवश्यक चाहिने Pre-enrollment अनलाइन फाराम सेवाग्राही आफैले भरेर उपस्थित हुनु पर्ने भएकोले  एनआरएनएका पदाधिकारीहरुले करिब ४५० जना श्रमिकहरुको Pre enrollment अनलाइन फाराम निःशुल्क रुपमा भरी सहयोग गरेका थिए ।


    राहदानी नविकरण गर्न रियाद राजदूतावास धाउनु पर्ने बाध्यता र खर्चिलो यात्रा गर्नु नपरी आफ्नै सहरमा राहदानी नवीकरण गर्न पाएकोमा सेवाग्राहिहरु खुशी हुँदै  नेपाली राजदूतावास रियाद र  आरएनएकर्मी अल कासिमको साथीहरुको आत्मिय र निस्वार्थ सेवा भावबाट निकै प्रभवित भएको जनाउदै धन्यवाद दिएका थिए ।


        सेवा भावले  अलकासिम आएर अहोरात्र रुपमा  नेपाली श्रमिकलाई सेवा प्रदान गरिदिनु हुने नेपाली राजदूतावास रियादका सम्पुर्ण टिम तथा अलकासिममा रहनु हुने सम्पुर्ण एनआरएन कर्मीहरुलाई एनआरएनए अल कासिमले धन्यवाद तथा आभार प्रकट गरेको छ ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on अल कासिममा संचालित दुई दिने राहदानी नविकरण घुम्ती सेवाबाट ५४४ जनाले लिए सेवा

    कारबाहीको मांग गर्दै बिरगंज बजार बन्द,प्रहरी र प्रदर्शनकारीबिच झडप

  • ६ आश्विन २०८०, शनिबार २२:५५ मा प्रकाशित
  • बिरगंज- वीरगंजका हिन्दु समाजका युवाहरुले शनिवार विरोध प्रदर्शन गर्दै बजार बन्द गराएका छन ।

    सर्लाही जिल्ला मलंगवामा भएको घटनाको विरोधमा वीरगंज बजार बन्द सहित प्रदर्शन गरिएको छ ।

    हिन्दु समाजले शनिवार मलंगवा घटनाका दोषी माथि कडा कारबाहीको माग गर्दै वीरगंज बजार बन्द सहित गरेका हुन् ।


    वीरगंजका हिन्दु समाजका युवाहरुले शनिवार विरोध प्रदर्शन गर्दै बजार बन्द गराएका छन ।
    बन्दका क्रममा युवाहरुले साइकल/मोटरसाइकल बाहेकका सवारीसाधन ठप्प पारेका थिए भने दिनभरी विरोध प्रदर्शन गर्दै प्रदर्शनकारीहरुले घण्टाघर चोकमा टायर बालेर प्रदर्शन गर्ने क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको थियो ।


    यस अघि ठाकुरराम बहुमुखी क्याम्पसबाट निकालिएको शान्तिपूर्ण जुलुस नगर परिक्रममा गर्दै प्रदर्शनकारीहरुले वीरगंज बजारका पसलहरु समेत बन्द गराएका थिए ।
    बिहीबार साँझ सर्लाही जिल्ला सदरमुकाम मलंगवामा गणेशको मूर्ति सेलाउन जाने क्रममा मुस्लिम समुदायका केही उछृंखल व्यक्तिहरुले अवरोध गर्दा हिन्दु र मुस्लिम समुदाय बीच झडप भएको थियो । झडपका क्रममा स्थानीय रुपेश यादवमाथि छुरा प्रहार भएको छ ।


    छुरा प्रहारबाट गम्भिर घाइते यादवको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

    Posted in मुख्य खबरLeave a Comment on कारबाहीको मांग गर्दै बिरगंज बजार बन्द,प्रहरी र प्रदर्शनकारीबिच झडप

    साताका तीन लघुकथा- ३८

  • ६ आश्विन २०८०, शनिबार ०७:३६ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (३८औँ) शृङ्खलाका लागि लघुकथाकार डा.विदुर चालिसेको लघुकथा ‘मूल्याङ्कन’, लघुकथाकार खगेन्द्र बस्यालको लघुकथा ‘कारण’ र लघुकथाकार मनीषकुमार शर्मा ‘समित’को लघुकथा ‘कात्रोको खल्ती’ उत्कृष्ट तीनभित्र परेका छन् ।

    १)
    लघुकथा : मूल्याङ्कन

    इ

    डा. विदुर चालिसे
    “रिस खा आफू, काम खा अरू ।”
    त्यतिबेला म मुखिया थिएँ । बानी साह्रै राम्राे पनि थियाे । मुख चलाउनु मेराे कर्तव्य र मुख्खिनु मेराे परम कर्तव्य थियाे । यसै अधिकार पनि बिस्तारै सबैले मलाई दिएर सम्मान गर्थेँ । हात जाेडेर थर्थर काम्थे । जी, हजुरी गर्थे । मेराे बारूले कम्मर र प्याण्टे भुँडीकाे ताण्डवी नृत्य दर्शकका लागि चर्चाकाे विषय थियाे । अगाडि उभिने काेही थिएनन् । दम्भ छाेडेर बर्बराउँन पुग्थेँ ।
    “मलाई रिस गर्ने ?”


    मन एकाएक सपनाकाे परि झैँ उड्याे । हातमा रहेकाे गीताकाे पुस्तकलाई भुइँमा बजारेँ । रिसले कराएँ । पुतलीकाे पखेटा कत्ल्याए झैँ कत्ल्याएँ र कराएँ ।
    “अब मेराे सामुन्ने यहाँ कुनै भागवत गीताकाे आवश्यकता छैन । याे सब कृष्णकाे झुट र बकबास ज्ञान हाे ।”


    मेराे रिसकाे पाराे चढ्दै गयाे । मुखियाकाे सर्वशक्तिमान पगरी धारण गरेकाे मेराे चेतना, चैतन्य र चिन्ता उर्लिन थाल्याे । मैले हातमा लिएकाे मुखियानी कलम भाँचकुच पारिदिएँ । तैपनि रिस मरेन । दुनियाँलाई दम्भले आदेश दिन थालेँ ।
    “वाइयातहरू ! यहाँ अर्काे कुनै भगवान छैन ।”


    मेराे डरलाग्दाे भगवानकाे प्रतिरूप देखेर गाउँलेहरू डराएर सबै कराउन थाले । उनीहरू काम्दै मेराे प्रशंसा धामी कामे झैँ कामेर गर्न लागे । गाउले सबै मेराे रिसबाट मात्तिएर बर्बराउन थाले । हुँदा-हुँदा सबैकाे स्वर एक राक्षसी गृहमा फैलिएकाे कङ्कला स्वरमा परिणत भयाे । तनावकाे बीचमा मुखियानी मेराे मुखबाट एकाएक आदेश निस्क्याे ।
    “यिनकाे सफाया कर दाे ।”


    जब मेराे मुखियानी शिथिल भएर रिस थचक्क बस्याे । तब वरिपरि ज्ञानका मन्त्रहरू च्यातिएकाे देखेर भागवत गीता टिप्न थालेँ, मुसारेँ, पढेँ। ज्ञान आर्जन गरेर बचेकाहरूलाई भन्न थालेँ ।
    “अचेल ज्ञानी बनेकाे छु ।”
    कसैले टाढैबाट बाेलाउँदै मेराे नजिक आएर हर्षले गदगद हुँदै भन्याे-
    “ऋषि बन्नुभएछ, खुसी लाग्याे ।”

    २)
    लघुकथा : कारण

    खगेन्द्र बस्याल
    दैलातुङ्ग फाँटतर्फ गइरहेको जीपमा मोहनले मदनलाई भन्यो-
    “हेर्दा राम्रै देखिन्छु, बैँसकै छु, पैसाको पनि कमी छैन तैपनि मेरोपछि कोही लाग्दैनन् किन होला ?”

    मदनको भनाइ आयो- “प्रायः मेरो खल्ती भोकाएकै हुन्छ । जतिसुकै राम्रो हुन खोजेपनि जस्ताको तस्तै देखिन्छु । न रुपको बरदान नै पाएको छु, तैपनि युवतीहरू मेरो नजिक आउँन चाहन्छन् । म आफैँ यसको कारण बुझ्न सकेको छैन ।”

    यी दुई जनाको कुराले जीपमा सवार सबैको ध्यान उनीहरू तर्फ आकर्षित भयो । त्यो सुनिरहेका यात्रु उज्ज्वलले भने- “म तपाईँहरू दुवैलाई राम्रोसँग चिन्दछु। त्यसको कारण मलाई राम्रोसँग थाहा छ ।”

    दुवैले एकैसाथ सोधे- “त्यो के हुन सक्छ ?”

    उसले भन्यो- “बोलीमा मह भएपछि अरू कुरामा वास्ता नहुँदोरहेछ नि ! बोलीमा मह नपाउँदा प्रायः मानिसहरू पानी विनाको माछा जस्तै भएका छैनन् त ?”
    तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही ।
    ०८० असोज ३

    ३)
    लघुकथा : कात्रोको खल्ती

    मनीषकुमार शर्मा ‘समित’
    “ए पर जा ! कता लास छुन आएको ? कहाँ कहाँबाट आउँछन् भिखारीहरू !”
    मृत देहको नजिक पुग्न खोज्दै गरेका एक झुम्रे झुत्रे बुढा बा कर्कस आवाजले हच्किए र केही पछाडी सरे ।

    फेरि मलामीसँगै उनी पनि सुस्तरी अघि बढे र नजिकै पुग्न खोजे । यो पटक एक मलामी उनलाई ठेलेर पर पुर्‍यायो । उनी ढलमलिँदै म नजिकै आइपुगे । उनलाई सम्हाल्दै सोधेँ-
    “किन बा ! घरिघरि लासको छेउ पुग्नुहुन्छ ? तपाईँको कोही आफन्त हो ?”

    उनले एकोहोरो लासलाई हेरिरहे । केहीबेरको मौनतापछि बिस्तारै भने- “छोरा….।”
    मृतक, टोलको निकै धनीमानी, पारिवारीक नातामा श्रीमती र सन्तान बाहेक कोही नभएको सबैलाई जानकारी थियो । अब यी बा कसरी निस्किए ? प्रश्नको ओइरो लाग्यो दिमागमा ।

    “एक्लो सन्तान, आमाविहीन थियो, उसको खुशीको लागि के गरिनँ र ? जब मेरी श्रीमती उसलाई मेरो काखमा छोडेर खटमा पल्टिरहेकी थिइन्, त्यसबेला रुनुको सट्टा चुलोको छेउमा बसेर उसको भोक मार्न दुध तताउँदै थिएँ । हुर्क्यो, बढ्यो, सहर छिरेर ठुलो मान्छे भयो । पढेबढेको गाउँ बिरानो भयो ।”

    “अनि कहिल्यै गाउँ फर्केन त ?”

    “फर्केको थियो, एक पटक अंश माग्न ।” मरेपछि सबै तेरै त हो नि ! के भनेको थिएँ, कलह मच्चियो ।”

    “यत्रो सम्पत्ति सोहरेर बसेका छौ । मरेपछि साथ लादैनौ त होला नि ?” उसका तीता शब्दले मेरो मनमुटु घोच्यो र सबै उसको नाम गरिदिँए ।“

    “हैन ! कति साह्रो मतलबी र निर्दयी भएका अहिलेका सन्तान ?” लामो श्वास फेर्दै भने ।

    उनले रुन्चे हाँसोमा भने- “ऊ मात्र हैन, म पनि निर्दयी छुँ। तिमीलाई के लाग्छ, म उसको मलामी आएको हो र ? म त उसको कात्रोको खल्ती छाम्न आएको ।”
    मध्यपुर ठिमी, भक्तपुर

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साताका तीन लघुकथा- ३८

    उत्कृष्ट दस शाब्दिक कविता

  • ५ आश्विन २०८०, शुक्रबार २२:५२ मा प्रकाशित
  • 🌺 उत्कृष्ट दस शाब्दिक कविता 🌺
    १
    मन छिनायो
    स्वार्थमा बिके
    धन कमायो।
    ✍️ जमुना कायस्थ,पोखरा

    २
    शिर झुक्यो
    कर्म चुक्यो
    कता लुक्यो।
    ✍️ सुस्मिता अधिकारी, काठमाडौँ

    ३
    गहिरो हुन्छ
    वचनको चोट
    तरबार भन्दा ।
    ✍️ समुन्द्रा शर्मा, सुनसरी
    ४
    कस्तो मन
    राम्रो देख्दा
    हुन्छ जलन।
    ✍️शंकर कार्की, मकवानपुर

    ५
    सुन्दर मनको
    भाव मिलेपछि
    परमानन्द अनुभूति
    ✍️ गुणनिधि घिमिरे, अमेरिका

    ६
    दु:खमा छु
    आफन्त आउ
    नुनचुक लगाउ !
    ✍️ सपना खनाल, रुपन्देही

    ७
    कर्कला पात
    सपनाकाे महल
    ढुलुमुलु गर्दै !
    ✍️ राेशन पराजुली,धरान।

    ८
    जाली नजर
    लाली अधर
    झुम्ने रहर ।
    ✍️गोविन्द खनाल स्याङ्जा

    ९
    गरिबीको भारी
    पासपोर्टमा बोकेर
    खाडी प्रस्थान ।
    ✍️राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ
    हाल- काँडाघारी, काठमाण्डौ

    १०
    शोषक आफन्तजन
    विचलित मन
    धर्मराउँछ झन ।
    ✍️ शिव खनाल जीवम, स्याङ्जा

    हाल रुपन्देही

    शाब्दिक कविता
    निश्चित शब्द सङ्ख्या लेखिने कविता नै शाब्दिक कविता हो।
    नेपाली साहित्यमा बिम्ब कविता, उदक, झर आदि नाममा शाब्दिक कविताका उपविधाको प्रवर्तन भएको सन्दर्भमा शाब्दिक कविताले प्रवेश पाएको छ। यो छुट्टै विधा नभई कविता लेखनको एक शैली हो । खासगरि मात्रिक र वार्णिक छन्दका कविताहरु अन्य भाषामा अनुवाद गर्न कठिन हुने सन्दर्भमा नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण गर्नको लागि शाब्दिक कविता एक विकल्प हुन सक्छ। सुक्ष्म बनोट, विभिन्न संरचना प्रयोगवाद, जीवन दर्शन, सकारात्मकता यसका विशेषता हुन् ।
    दर्जनौं स्रष्टाहरुले विभिन्न संरचनामा शाब्दिक कविता लेख्दै आउनु भएको छ। कविता लेखनको यो शैलीले नेपाली साहित्यको श्रीवृद्धिमा मद्धत पुग्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ।
    माथि प्रस्तुत शाब्दिक कविताहरु तीन पङ्तीमा २- २- २ सूत्रमा सृजना गरिएका छन् । शिव खनाल जीवमको कृति साहित्य यात्रामा यसबारे लेख प्रकाशित छ। सक्रियताका साथ शाब्दिक कविता लेख्नुहुने स्रष्टाहरु शिव खनाल, अम्बिका अधिकारी, शंकर कार्की, जमुना कायस्थ, समुन्द्रा शर्मा, सुरेन्द्र शाही गुलाब कान्छो, गोविन्द खनाल, इन्दिरा देवकोटा, बिके मुखिया, जीवन सिटौला, सविता केसी, रोशन पराजुली सुनसरी, ध्रुव श्रेष्ठ, मंगला उपाध्याय बारा, राजेशराज गड्तौला, नवराज पोखरेल नवशिला, सुस्मिता अधिकारी, कृष्ण कुमार वैद्य, मधुसूदन प्रसाद घिमिरे, गुणनिधी घिमिरे, अगष्टिन राई आदि हुनुहुन्छ।

    • शिव खनाल जीवम, स्याङ्जा
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उत्कृष्ट दस शाब्दिक कविता

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ४६

  • ५ आश्विन २०८०, शुक्रबार २१:३० मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- छ्यालिसौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८०/०६/०४गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:४६[ छ्यालिसौँ] चित्रपटमा छौं।

         यहाँहरुलाई हार्दिक स्वागत गर्दै

    यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि बेलुका ९:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन

    सुशीला पाैडेल

    शुद्धीकरण

    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    चित्रमा पञ्चाङ्ग
    ~~~~~~
    पञ्चाङ्ग:०१
    रुखमा फल रातै लागेका छन्।
    मानिस त्यतै तिर भागेका छन्।
    हरियो रुखमा रातै देखियो,
    यही हेर्न कति त जागेका छन्।
    रमणिय प्रकृति मागेका छन्।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    यो के फलेको हेर।
    झण्डै गलेको हेर ।
    फल धेरै भएर,
    रुखै ढलेको हेर।
    हावा चलेको हेर।
    गुणनिधि घिमिरे

    पञ्चाङ्ग:०३
    जब रुखले उचित मल जल पाउँछ।
    आफू विकसित हुन राम्रो थल पाउँछ।
    ढुङ्गामा पनि पिपल उम्रिने देश हो यो,
    मालीले लटरम्म फलेका फल पाउँछ।
    मिठामिठा फल खाएपछि बल पाउँछ।

    श्रीकृष्ण शर्मा पोखरा

    पन्चाङ्ग:०४
    मल बीउ उन्नत पाए के फल्दैन र नेपालमा।
    धरा यो कोरौं बाटौं गरे के गल्दैन र नेपालमा।
    काम भन्दा कुरा धेरै गर्ने जन्ताको फुर्तीले पो त,
    आपसी एकता भए चुल्हो बल्दैन र नेपालमा।
    दर्हो गणतन्त्र भएमा के चल्दैन र नेपालमा!

    कमला देवकोटा , पाल्पा

    पञ्चाङ्ग:०५

    फल फल्याे रुखमा लट्टाे खाने कसले हाेला?
    किसान आज दुःखी छ नाफामा पसले हाेला ।
    फलेको हाँगो झुकेको हुन्थ्याे ठाडै किन भयाे
    प्रविधि भित्रियो कृषिमा यसैको जसले हाेला ।
    झुप्पाे दाना राताे पहेँलो पक्कै रसले हाेला ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०६

    ज्ञानीले झुक्ने हैन डट्नु पर्छ अब।
    सत्कर्मी लुक्ने हैन खट्नु पर्छ अब।
    नेपाली हात खँदिलो फलले भर्न ,
    अन्याय फुक्ने हैन हट्नु पर्छ अब ।
    विवेक ढुक्ने हैन रट्नु पर्छ अब।

    सुस्मिता अधिकारी ,काठमाडौँ

    पञ्चाङ्ग:०७

    अर्काकाे हित गर्न मात्र जहिल्यै जानेर आयाै तिमी।
    जे भन्छन् जसले भने जति कुरा मानेर आयाै तिमी।
    पहिला फूल फूलाउँदै नि त्यहीँ राख्छाै बढाइ फल,
    आफैँ वृद्धि हुँदै मीठाे पनि हुने ठानेर आयाै तिमी।
    पाक्दा खान भनेर ती फल टिपे तानेर आयाै तिमी।

    ताेयानाथ सुवेदी
    काँडाघारी

    पञ्चाङ्ग:०८

    मेहनत गरेमा अवस्य हुन्छ फल प्राप्त।
    बिरुवाले नि दिन्छ फल, भएमा जल प्राप्त।
    मेहनत गरेमा हामी के पाईदैन यहाँ,
    फल दिन बिरुवाकाे, हुनुपर्छ मल प्राप्त।
    फलकाे सेवनबाट धेरै मिल्छ बल प्राप्त।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०९
    मीठो फल फलेको देखेर हेर्न आयौँ भान पार्दै।
    हेर्न लाई रातो सुन्दर रहेछ धायौँ भान पार्दै।
    प्रकृतिले मानव सन्तुष्ट लागि वृक्ष फल दिए।
    भोकको बेला फलहरूदेखेर खायौँ भान पार्दै।
    हरियो रुखको ती स्वादिलोफल पायौँ भान पार्दै।
    बेदु न्यौपाने
    काठमाडौँ ❤️

    पञ्चाङ्ग:१०

    श्रम गरेपछि घरमा बल मिल्छ।
    मिहिनेतले हामीलाई फल मिल्छ।
    कर्म नगरि फलको आस नगर्नु,
    झुटो असत्य भए त्यहा छल मिल्छ।
    सोचेर काम गरेमा नै हल मिल्छ ।

    सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।

    पञ्चाङ्ग:११

    के को रुख हो त फलेको त्यस्तो।
    घरहरू पनि छलेको त्यस्तो।
    बोटले नथाम्ने लटरम्म छ,
    कसले होला नी मलेको त्यस्तो।
    कि चित्रमा रङ दलेको त्यस्तो ॥

           गुणनिधि घिमिरे अमेरिका

    पञ्चाङ्ग:१२

    रातो राम्रो मात्र होला,जानेर खाने हो।
    खान योग्य छकि छैन,छानेर खाने हो।
    राता फल सबै मीठा हुन्छन् भन्ने छैन,
    मीठा रहेछन् भने त,तानेर खाने हो।
    जस्तै भएपनि मीठो, मानेर खाने हो।

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी।

    पञ्चाङ्ग:१३
    रुखमा फल फलेको छ।
    मान्छेको मन ढलेको छ।
    रातो फल देखियो राम्रो,
    पाकेको फल गलेको छ।
    कतिको आँखा छलेको छ।
    ह्यारिस

    पञ्चाङ्ग:१४
    मिहिनेत गरेपछि फल पनि लाग्दाे रहेछ।
    केही लाभ हुन्छ कि भन्ने पाे आशा जाग्दाे रहेछ।
    परिश्रमले नै गर्छ सफल हुन सहयोग,
    हातमुख जाेड्न जाेहाे हुँदा दुख भाग्दाे रहेछ।
    दुई छाक खाने,लाउने समस्या टार्दाे रहेछ।

    उर्मिला के.शी.
    धनकुटा

    पञ्चाङ्ग:१५

    रुखमा फल फल्यो खाने कसले हो अब।
    बजारमा नि बेच्न लाने कसले हो अब।
    फलेको हाँगो नझुकेको कहाँ छ र यहाँ ,
    भारी बोकी बजार जाने कसले हो अब।
    रक्सी बनाए चार पाने कसले हो अब ।

    दुर्गा भट्टराई
    मोरङ

    पञ्चाङ्ग

    फलको साथमा खुशीको पल हुन्छ ।
    कर्मको माथमा साहसी बल हुन्छ ।
    कर्तव्यले आत्मबोध बढाउनेछ ,
    सेवाभाव खुलाऊँ प्राप्त फल हुन्छ ।
    लिने म दिने तिमी कहाँ छल हुन्छ ।

    जमुना आचार्य सिन्धुपाल्चोक

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ४६

    Posts navigation

    Older posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2022 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P