साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १२७

  • १९ श्रावण २०८२, आईतवार २२:०० मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयसत्ताइसौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८२/०३/१९

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १२७[एकसयसत्ताइसीऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    अच्युत घिमिरे

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    पशपती राई

    संरचना

    अनुप्रास :- आफूखुसी
    स्थायी :- आफूखुसी
    अक्षर :- बराबरी

    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    दुश्मन लागे पनि डराउनु हुँदैन
    त्यस्तासँग मुखले कराउनु हुँदैन
    रीस डाहले मार्न खोज्ने धेरै छन् यहाँ,
    मार्नेलाई तल झराउनु हुँदैन
    काला कर्तुत मन् पराउनु हुँदैन।
    -सुशीला पौडेल

    👉पञ्चाङ्ग:०२
    काल केवल आफ्नो सर्त मानेर लान्छ
    सिध्याउन खोज्ने समेत छानेर लान्छ
    कस्को परिणाम कति थाहा नै नहुँदा,
    एकपछि अर्को, क्रमशः तानेर लान्छ
    कर्म चक्रको तिखो बाण हानेर लान्छ ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग:०३
    सन्तान जन्माउनु जीवन प्रक्रिया भनिन्छ
    आपसमा कुरा गर्नु अन्तरक्रिया भनिन्छ
    जन्म र मृत्यु भगवानको हातमा नै हुन्छ ,
    छोराछोरी सतमार्ग हिड्नु शुक्रिया भनिन्छ
    सन्तान कर्मकाण्ड गर्नु काजक्रिया भनिन्छ ।
    -धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०४
    एकले अर्को तान्दा खसिन्छ सबै
    बिचार गर्यौ होला फसिन्छ सबै
    रीसले अरू खान्छ बुद्धिले आफू,
    होलमा काम गर्दा बसिन्छ सबै
    आपसी माया प्रीति कसिन्छ सबै।
    -घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०५
    संकट पर्याे भनेर नडराऊ
    आकाश झर्‍यो भनेर नडराऊ
    निकास खाेज विचार पुर्याइ ,
    अरुले गर्याे भनेर नडराऊ
    त्यो सुख टर्याे भनेर नडराऊ ।

    -भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०६
    बझ्नु पर्छ सबैले अन्यायमा पर्नु हुदैन
    आपत पर्यो भन्दै पछिपछि सर्नु हुदैन
    कसैको ज्यानमाथि कहीँ नगर्नु खेलवाड ,
    फड्के कति भर पर्दो छ नत्र तर्नु हुदैन
    त्यसरी आतिएर अप्ठेरोमा झर्नु हुदैन।

    -दुर्गा आचार्य
    मोरङ