
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १९८ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४३ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १९८ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
[१]
गुराँस
सम्बन्ध समास
मनमा अनुपम आभास !
- आर्त अकुलीन
[२]
लालीगुराँस
राष्ट्रिय फूल
धरातल मुस्कुराउने सुर ! - सविता के.सी.
[३]
गुराँस
राताम्य बन
छुटृै उमङ्गको आभास ! - सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल
[४]
गुराँस
मनमा फुल्यो
प्रेमको भयो आभास ! - देव स्याङ्देन, कालेबुङ
[५]
लालीगुराँस
फुल्यो वनपाखामा
हर्षोल्लास छायो मनमा ! - सरस्वती वली
[६]
गुराँस
गुराँस बनमा
उमङ्ग छायो मनमा ! - बिबा तामाङ, दार्जिलिङ
[७]
गुराँस
फूलको देशमा
नबन पन्छी उदास ! - विवश पारदर्शी, झापा
[८]
गुराँस
देशको सान
नेपालको मुख्य पहिचान ! - सरिता सेढाई, धादिङ
[९]
अनुभूति
रङ्गहरूकाे लाली
सुशोभित भिरपाखामा उमङ्ग ! - राेशन पराजुली, धरान
[१०]
लालीगुराँस
नेपालकाे आभास
आउँछ मिठो उच्छ्वास । - रामप्रसाद पुरी, बादेल, खाेटाङ
[११]
लालिगुराँस
देखियो मधुमाधव
वाशन्तिक छटाको सुवास ! - ऋजु दिल्पाली घिमिरे
ईटहरी-१, सुनसरी
[१२]
पाखा
गुराँसको लाली
स्वागत गर्दै वसन्तको ! - हिमाल अम्मै, घोडाघोडी, कैलाली
[१३]
गुराँस
मन भुलायाे
तिनै भिरपाखा डुल्दा ! - राज कुमार राजभण्डारी, खाेटाङ्गे
[१४]
लालीगुराँस
सौन्दर्यको आभास
हिमाली क्षेत्रतिरको खास ! - घनश्याम पौडेल, पोखरा
[१५]
गुराँस
राष्ट्रिय फूल
स्वाधिनतामा नगर्नु भुल ! - बुद्धिप्रसाद लामिछाने, कैलाली
[१६]
फूल
राष्ट्रिय हाम्रो
संरक्षण गर्नु राम्रो। - कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
[१७]
गुराँस
राष्ट्रिय फूल
उर्जाशील मार्गको प्रतीक ! - प्रेम थापा ‘मन’, बागलुङ
[१८]
गुराँस
राष्ट्रिय फूल
सम्बन्ध गाँस्ने मूल ! - केसर बाेहरा ‘सङ्घर्ष’
अछाम, हाल भारत
[१९]
गुराँस
राष्ट्रकाे गाैरव
गजब मन्त्रमुग्ध सुवास ! - खुनराज काेइराला
सिद्धलेक-३, धादिङ
[२०]
लालीगुराँस
पहाडको रानी
सुगन्ध कुना कन्दरामा ! - एवाइ प्रभात
खाल्स छेन्ताङ सहिदभूमि, धनकुटा
[२१]
फूल
लाली गुराँस
मनमा नहोस उराठ ! - पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
पनौती न.पा.-३, काभ्रे
[२२]
गुराँस
देश चिनाउने
सुन्दरताको एक प्रतीक ! - सरस्वती श्रेष्ठ, इटहरी
[२३]
गुराँस
प्राकृतिक सास
वसन्त ऋतुको सुवास ! - अच्युत घिमिरे, सर्पाङ, भुटान
[२४]
चिन्ह
राष्ट्रको गरिमा
राष्ट्रियताको दर्हो नमुना ! - कमला देवकोटा, पाल्पा
[२५]
गुराँस
राष्ट्रीय फूल
हाम्रो नेपालको गौरव ! - चूडामणि देवकोटा
पुरानो नैकाप, काठमाण्डौ
[२६]
लालीगुराँस
राष्ट्रिय फूल
चुँड्न नगर्नु भुल ! - रमा पन्त, न्युजिलैन्ड
[२७]
गुराँस
राष्ट्रिय फूल
कसैकाे नहाेस् भुल ! - बलराज गिरी, कैलाली
[२८]
लालीगुँरास
राष्ट्रिय फूल
विश्वमा हुन्छ अतुल ! - भगवती दवाडी, झापा
[२९]
गुराँस
नेपाली प्राण
सुन्दर देशको सान ! - नेत्रबहादुर श्रेष्ठ
ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३
[३०]
गुराँस
सौम्य पहाड
देख्दा मिठो आभास ! - कविता आचार्य, कैलाली
[३१]
गुराँस
राष्ट्रिय फूल
राख्छ पहाडको मान ! - सुस्मिता अधिकारी, काठमाडौँ
[३३]
गुराँस
रातो रङ्गको
नेपालको राष्ट्रिय फूल ! - संगमानंद पत्रकार
चूरु-राजस्थान, भारत
[३४]
गुराँस
राष्ट्रिय फूल
भयो वनै उज्यालो ! - धनमाया चौधरी, कैलाली
[३४]
राम्रो
रातो रङ्गको
गुराँसको फूल हाम्रो ! - विके माकजु, भक्तपुर
[३५]
नेपाल
राष्ट्रिय फूल
गुराँस सुन्दरताको मूल ! - राजेन्द्र भुसाल (डिल्ली), अर्घाखाँची
[३७]
नारी
सम्बन्ध सारी
चिटिक्क सजाउने घरबारी ! - भगवती दवाडी, झापा
[३८]
राताे
लाली गुराँस
हाम्राे राष्ट्रिय फूल ! - प्रद्युम्न चालिसे
भक्तपुर, कटुञ्जे
[३९]
लालीगुराँस
राष्ट्रको सान
नेपालीको छुट्टै पहिचान ! - दुर्गा भट्टराई, माेरङ
[४०]
गुराँस
राष्ट्रिय मान
जताततै देखिन्छ सम्मान ! - रवि पाैडेल
दक्षिण भारत, पाण्डेचरी
[४१]
गुराँस
ढकमक्क फुल्यो
बनपाखा मुसुक्क हाँस्यो ! - समुन्द्रा शर्मा, सुनसरी
[४२]
रातै
फुलेको लालीगुराँस
उमङ्गको भयो आभास ! - वेदु न्यौपाने
[४३]
गुराँस
राष्टिय फूल
नेपालकाे सान राख्ने ! - भाेलामान बर्देवा ‘बैरागी माईला’
धरान-८, सुनसरी