
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १९० औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४८ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १९० मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
[१]
भेडा
अधीर दुरदुहाई
सत्तामा स्यालको रजाइँ !
- वसन्त अनुभव
[२]
भेडा
भेँडाहरूकाे बथान
स्याल दिँदैछ ज्ञान ! - केसर बाेहरा ‘सङ्घर्ष’
अछाम, हाल- भारत
[३]
भेडा
भेडाहरू सुन्दै
स्यालले कुर्सीको भाषण ! - वेदु न्यौपाने
[४]
महामुर्ख
भेँडाहरूको झुण्ड
अर्काकै देखासिकी मुण्ड ! - कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
[५]
कुर्सी
स्यालले पाउँछ
भेडा गीत गाउँछ ! - ताराप्रसाद चापागाईँ, धुनिबेसी
[६]
सभा
भेडाको बथान
दिँदै स्यालले ज्ञान ! - धनमाया चौधरी, कैलाली
[७]
मान्छे
भेँडाको अवतार
हैन अव खवरदार ! - ध्रुव श्रेष्ठ, खोटाङ
[८]
आज
कुर्सीको खेला
यसैमा भयो मेला ! - सुरेशकुमार पाण्डे
दाङ, घोराही-१८
[९]
भाषण
स्यालकाे चतुर्याइँ
सभामा भेडा जनता ! - नवराज भट्ट, कञ्चनपुर
[१०]
देश
बाघको छाला
लुछ्ने स्यालको चाला ! - भुपेन्द्र राना मगर, धादिङ
[११]
मञ्च
अचम्म देखियो
कुर्सीमा जनावर भेटियो ! - कला ढकाल, झापा
[१२]
शासन
स्यालकाे नेतृत्व
जनता भेडा समान ! - सुधा बाँस्कोटा ढकाल
[१३]
भेडा
मख्ख परेका
दिन्छु भनेपछि पेडा ! - दुर्गा अधिकारी भमरकोटे
हाल कपन
[१४]
सभाहल
जनताहरु भेडा
एउटै खाडलमा जाकिए ! - चूडामणि देवकोटा, पुरानो नैकाप, काठमाण्डौ
[१५]
नेता
स्याल कस्तो
जनता भेडा जस्तो !
-:संगीता खरेल, काठमाडौँ
[१६]
भेडा
गर्दैन आराम
यस्तो नहोस् उपनाम ! - अन्मोल मुस्कान, दार्जिलिङ
[१७]
भेडाहरू
सुन्दैछन भाषण
कुर्सीमा स्यालको आसन ! - सरस्वती वली
[१८]
चुसिरहेका
सबैतिर हालीमुहाली
राखेनन् राष्ट्र सम्हाली ! - घनश्याम पन्त, हरिवन, सर्लाही
[१९]
पशु
पशुकै नेता
यता न उता ! - होमप्रसाद नेउपाने
धरान, सुनसरी
[२०]
कुलक्षण
पशुको भाषण
पशुकै लागि राशन ! - ऋजु दिल्पाली
ईटहरी-१, हलगडा, सुनसरी
[२१]
भेडा
सुन्दै वक्तृता
आखिर स्यालको आहान ! - आर्त अकुलीन
[२२]
गफ
सुनिदै यसरी
उही स्वार्थीबाट सधैं ! - प्रेम थापा “मन”, बागलुङ
[२३]
जनता
अधिकांश कार्यकर्ता
नेताको रजाईँ सामान्य ! - सुस्मिता अधिकारी, काठमाण्डौ
[२४]
कुर्ची
स्यालको रजाईँ
भेँडाको लालसी बढाईँ ! - कमला देवकोटा, पाल्पा
[२५]
चित्र
पुरानो देखियो
नयाँ सोचको भित्र ! - दीप्पा गुरुङ समभाव
दुबेकोल, खोटाङ
[२६]
भाषण
बाघको सट्टा
स्यालको कुर्सीमा आसन ! - पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
पनौती न.पा.-३,काभ्रे
[२७]
स्याल
राजा हुन्छ
जनता भेँडा भए ! - बि के विरही
[२८]
भेडाहरू
दरबारमा बास
ब्वाँसालाई कुर्चीकाे आश ! - खुनराज काेईराला
सिद्धलेक गापा-३, धादिङ
[२९]
स्याल
भेडाको ख्याल
खानलाई चुहाउँदै र्याल ! - रामप्रसाद पुरी, बादेल, खाेटङ
[३०]
भेडा
पढाए पनि
नपढाए पनि उस्तै ! - घनश्याम पौडेल, पोखरा
[३१]
व्यवस्था
भेडाको सच्चाई
स्यालले गर्दै रजाइँ ! - टीकाराम पुन टिपु, सल्यान
[३३]
भेडा
हल्लाको भरमा
खाउँला भन्छन् पेडा ! - शारदा ‘दीप्ता’
[३४]
स्याल
दिँदै भाषण
भेडा लिँदै ज्ञान ! - सुरेश न्यौपाने
[३४]
रजाइँ
सत्तामा स्यालको
भेडाहरूमा ब्वाँसोरूको चढाइँ ! - विवश पारदर्शी, झापा
[३५]
स्याल
गर्दैछ बठ्याइँ
भेँडा हरुलाई फकाइ ! - सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल
[३७]
भेडा
घोसे मुन्टो
नायक आफ्नै बाटो ! - कविता आचार्य, कैलाली
[३८]
भेडापन
त्यागेर तिमी
बन धूर्त स्याल ! - संगमानंद पत्रकार
चूरु-राजस्थान, भारत
[३९]
भाषण
मात्रै ठुला
काम सधैँ अधुरा ! - अनिता भण्डारी, ताप्लेजुङ
[४०]
विद्वानको
सभामा कसको
कस्तो भूमिका हुने ? - लक्ष्मी रिजाल
कञ्चनरूप-१२, प्रगतिटोल, रूपनगर, सप्तरी
[४१]
पशु
बुझ्दैन ज्ञान
बरु गर्छ ध्यान ! - दुर्गा भट्टराई, मोरङ
[४२]
जनावर
थाले बोल्न
मनका कुरा ओकल्न ! - जमुना आचार्य, सिन्धुपाल्चोक
[४३]
नेता
भाषण दिने
जनता भेडा सरह ! - ललित पौड्याल
लम्कीचुहा-२, कैलाली
[४४]
लवज
पुरानै कचकच
गर्छन् ठुला अग्रज ! - अच्युत घिमिरे, सर्पाङ, भुटान
[४५]
आह्वान
छट्टु स्यालकाे
सुन्दै भेडा बथान ! - प्रद्युम्न चालिसे
भक्तपुर, कटुञ्जे
[४६]
शासन
स्यालले चलाउँदै
सुन्छन् भेडा भाषण ! - राज कुमार राजभण्डारी खाेटाङ्गे
ऐसेलुखर्क-३, खाेटाङ, हाल- भक्तपुर
[४७]
भोट
भेडाको भुल
स्यालले घोच्दछ शूल ! - मोती योन्जन सुब्बा, दार्जिलिङ
[४८]
नियति
जनता भेडा
छट्टु स्याल नेता ! - कण्ठ राज गिरी, टीकापुर, कैलाली