“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयएकऔमा हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८१/०७/०८गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार तथा बड़ादसैंको शुभकामना” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १०१[एकसयएकऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
सोमनाथ लुइटेल “रवि पाल्पाली
गुणनिधि घिमिरे
सुशीला पाैडेल
चित्र संकलन
सुशीला पाैडेल

संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे
जमुना आचार्य
पशपती राई
पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली”
तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]~~~~~
पञ्चाङ्ग:०१
स्पर्शमा भुलेकाे जिन्दगी।
मनमा डुलेकाे जिन्दगी
कति सुन्दर पाे देखियाे,
हावामा झुलेकाे जिन्दगी।
काँडाका फुलेकाे जिन्दगी।
-सुशीला पौडेल
पञ्चाङ्ग:०२
काँडामा पनि फुलेको फूल हेर
त्यहीँ फूलमा भमरा हुल हेर
एक अर्कोसँग सम्बन्ध हुन्छ नै
स्वच्छतामा पनि हुन्छ धुल हेर,
छिद्रता त हुन्छ नै त्यो झुल हेर।
-शोभा आचार्य गौतम
काठमाडौँ
पञ्चाङ्ग:०३
काँडा बिचमा सुन्दर फुल फुलेको छ राम्रो
घरको बगैचामा रङ्गिन झुलेको छ राम्रो ।
प्रत्यकले अनमोल सुन्दरता भरिएको
जसरी मान्छे पनि हरक्षण खुलेको राम्रो
सधैँ सुगन्ध छर्दै वरिपरि डुलेको राम्रो।
-दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग:०४
मुसुक्क हाँसी फूल फूलेकाे देखियाे
त्यही फूलकाे हाँगा झुलेकाे देखियाे
साैन्दर्यले झपक्क हुँदा सबैतिर
घर,आँगन अति खुलेको देखियाे
त्याे फूलमा भमरा डुलेकाे देखियाे
-उर्मिला के.शी.
धनकुटा
पञ्चाङ्ग:०५
काँडा बिच फूल्ने फूल कति राम्रो
ढङ्गाबाट फुट्ने मुल कति राम्रो
आफ्नो ठाउँमा सबैको महत्त्व छ,
पुतलीका घुम्ने हुल कति राम्रो
माकुराले बुन्ने झुल कति राम्रो ।।
-धनमाया चौधरी कैलाली
पञ्चाङ्ग:०६
काँडाकै बीचमा फुलेको हुन्छ जिन्दगी
लुकाएर दु:ख खुलेको हुन्छ जिन्दगी
अँध्यारोमा थोरै भए नि उज्यालो छर्न
तेलमा सलेदो घुलेको हुन्छ जिन्दगी
जल्दै आफू पिडा भुलेको हुन्छ जिन्दगी ।
-पशपती राई खोटाङ ।