
साप्ताहिक झिल्का लेखन अभ्यासको ३१ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३१ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
…
१,
कानुन छ भन्दै
बदमासी दिमाग खियाउॅंछौ
भागको नाफा गन्दै ।
२,
उकालोतिर तानिरहेको हुन्छु
ओरालो बल गरिरहन्छौ
निराशाले हात धुन्छु ।
३,
इमान्दारिताको जित सम्झेर
केही कदम खोजिबसेँ
व्यक्तिभन्दा संस्था मानेर ।
- म्यामराज राई
…
१,
नाफा घाटा भन्दै
खुट्टा तान्न थाले
साँढे जस्तो बन्दै । - ताराप्रसाद चापागाईँ, धुनिबेसी
…
१,
हाँसी खुसी बाँचौँ
तिज आउन लाग्यो
संस्कारि गितमा नाचौँ ।
२,
भित्रियो नेपालीहरुको पर्व
छाडा संस्कृतिको बहिष्कार
सबैले गरौँ गर्व ।
३,
बाआमा दिदिबहिनी दाजुभाइ
जन्मस्थल स्वर्गभन्दा प्यारो
जन्मेको घर हाइहाइ । - चुडामणी देवकोटा, पुरानो नैकाप, काठमाडौँ
…
१,
सबै छ हातमा
तर पनि किन?
खुसी छैन माथमा।
२,
लिनुपर्छ जीवनमा खुसी
जिन्दगी चलाऔॅं यसरी
नत्र पर्छ ढुसी ।
३,
इमान्दार बन्ने मन
पुर्याउन सकिन्छ चाहॅंदा
नचाहॅंदा बेखुसी झनझन । - अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१
(हालः-क्यानडा,क्यालगरी)
…
१,
भयो साहित्यिक यात्रा
हुन सकिनॅं प्रभावशाली
बन्यो बेमौसमको जात्रा।
२,
यहाँ देशको हितमाभन्दा
आफ्नै माया प्रेम
देशभक्त छैनन् गन्दा।
३,
सबैका आफ्नै धुन
प्रतिभा निखार्ने कोले
लगाएर देशलाई गुन। - सुरेशकुमार पाण्डे, घोराही – १८, दाङ
…
१,
आफ्नो बाटो हिँड्नु
नबिराउनु, नडराउनु भन्छन्
आइलाग्यो भने भिड्नु ।
२,
भ्रष्टाचारको सिपालु पात्र
कहिले अघाउने होला ?
जनतालाई ठगेर मात्र ।
३,
झन् पलायो रहर
एकपछि अर्को सफलता
खुसीको भयो सगर । - पृथक प्रकृति, झापा
…
१,
मेरो नजरमा पर्यो
किन हो तिमीले
नचिने झै गर्यो ।
२,
चिन्ता म लिन्न
जोसुकैले जेसुकै भनून्
कसैलाई सराप दिन्न ।
३,
याद राख्छु खुनीको
के गर्छ हेरौँला !
केही हुँदै नहुनीको। - सतीश पण्डित ( सिकारु), भानु – ६, चुँदी, तनहूँ
(हाल चनपा ६ मातनतीर्थ)
…
१,
सुन्दर हाम्रो ठाउँ
शहरमा बस्ने माइलीले
बिर्सियो आफ्नो गाउँ ।
२,
साउन महिना गयो
भदौरे घाम लाग्दा
हिउँद सुरु भयो ।
३,
लाउँछन् रातो सारी
तिजको गीत गाउँदै
नाच्छन् हिन्दु नारी। - राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर
…
१,
राखेर उच्च नाम
मिलेर गरौँ सबैले
इमानदार बनी काम ।
२,
असत्यसँग सधैँ भिड्नु
जित अवश्य हुन्छ
दिल खोलेर हिँड्नु।
३,
सत्यको पाइला चाल्नु
अन्धकारलाई चिरी सधैँ
उज्यालोको दियो बाल्नु। - अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन न.पा. – ६, सङ्खुवासभा
…
१,
किन त्यस्तो भनेको ?
खुट्टा तानेको होइन
अनुयायी पो बनेको ।
२,
सोच्नु सधैँ राम्रो
जस्तो सोच्यो त्यस्तै
हुन्छ व्यवहार हाम्रो ।
३,
सम्पत्ति हो सोच
यसैले निम्त्याउॅंछ हामीमा
आपत्ति अनि बेचैन । - दीपा समभाव, दुबेकोल खोटाङ
…
१,
किन आयो रहर,
बाँझो खेत गाउँमा
रुखो रहेछ सहर।
२,
खोलामा बाढी आउँछ,
मायामा पहिरो गइगयो
यादहरूले धेरै सताउँछ। - होमप्रसाद नेउपाने, धरान, सुनसरी
…
१,
राम्रो चले कुरा
सबैको हुन्छ भलो,
इच्छा पनि पुरा ।
२,
सके मिलेरै जाऔॅं
धकेल्नु हुन्न कसैलाई,
फल्ने वृक्ष लाऔॅं ।
३,
आफ्नो बाटो हिँड्ने
के लिएर जाउला ?
अनि हामी भिड्ने । - पुष्पा राई, खोटाङ
…
१,
सुविधा हुनेले पाए
सुशासनको कुरै नगर,
जनताको पसिना खाए।
२,
आफैलाई अचम्म लाउने
कठघरामा निर्दोष हुन्छ,
उन्मुक्ति दोषीले पाउने। - शङ्कर कार्की, मकवानपुर
…
१,
मनमा शङ्का आयो
अवरोध भयो काममा
सोचमा निराशा छायो।
२,
काम गर्नै पर्ने
सहज जीवनको लागि
नत्र कसले भर्ने।
३,
खेलमा बदमासी गर्छन्
अनि हुन्छ झगडा
हानाहान गरेर मर्छन्। - नवराज भट्ट, कञ्चनपुर
…
१,
भदौ महिना लाग्यो
अब नेपाली नारीहरूमा
तिजको लहर जाग्यो ।
२,
मौलिक गीत गाउनुपर्छ
सबैले सभ्य तरीकाले
मिलेर तिज मनाउनुपर्छ ।
३,
क्वाटी खाउ साँधेर
भाद्र तीन जनैपूर्णिमा
मनाऔॅं रक्षाबन्धन बाँधेर । - अनिता भण्डारी, ताप्लेजुङ
…
१,
देशको चिन्ता भएन
विकासको गति मन्दले
समृद्धिको मार्गमा गएन ।
२,
नेताको भड्किलो रवाफ
कार्यकर्ताको दबाब धेरै
दिने व्यर्थको जबाफ ।
३,
बनाए जनतालाई कोइलो
आफू गर्छन् संसदमा
बसेर सधैँ रोइलो । - डिल्लीराज ‘राजेन्द्र’ भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची
…
१,
जीवन कर्मको खेल
आफ्नै पसिनामा रमाऊ
कहिल्यै नगर जालझेल ! - आर्त अकुलीन
…
१,
तीजको महिमा सरर
भदौको महिना महत्त्व
दरको बास्ना हरर ।
२,
झिल्का लेख्छौ मिलेर
सहर्ष स्वीकार गरेर
जान्छन् असङ्ख्य बिलेर ।
३,
जनै पूर्णिमा मनाऔॅं
चाडपर्व शुरुआत सॅंगसॅंगै
क्वाँटीको स्वाद जनाऔॅं । - अम्बिका अधिकारी, बिर्तामोड, झापा
…
१,
फ्याकिॅंदैछन् राज्यबाट राम्रा
कसरी आउँला समृद्धि ?
सत्तामा छन चाम्रा ।
२,
निरङ्कुश भो शासन
अब जिम्मेवारीविहीन छन्
झुटै झुट्का भाषण ।
३,
कार्यकर्ता नागरिक हैनन्
हेर्छन सधैँ टुलुटुलु
त्यसैले देशभक्त छैनन् । - ऋजु दिल्पाली, इटहरी -१, सुनसरी
…
१,
बुझेर पनि हाल
नचाहिने कुरा खोज्दै ,
गर्छन अनेक सवाल ।
२,
छाडा गीत गाएर
तिज मनाउँछन आजभोलि
आधा कपडा लाएर ।
३,
जोडेपछि हामीले घरबार
हेर्दै जानु तिमी ,
झुपडी बन्छ दरबार । - अमृत कोइराला, पोखरा
…
१,
भ्रम औधी छर्ने
भक्तिभाव देखाई झनै
बढी स्वाङ गर्ने ।
२,
गयो चलन तासाको
मोलमोलाइ गर्नुभन्दा त
एक वचन खासाको । - कृष्णकुमार वैद्य, बनेपा – ९, काभ्रे
…
१,
रङ्गीन या फिक्का
तिम्रो नामले अडियो
एकनासले चलेको हिक्का।
२,
छोरीलाई घुम्टो ओढायौ
त्यसै गरी तिमीले
छोरालाई सदाचार सिकायौ?
३,
कानुन एकतिर सारी
फाँसी देउ सरकार
जिउँदै छन् बलात्कारी । - दिवाकर चाम्लिङ्ग राई, खर्साङ्ग, दार्जिलिङ
…
१,
पैसा फल्दैन रुखमा
गरेपछि मेहनत हामीले
बित्छ जीवन सुखमा।
२,
स्वच्छ भए हावापानी
सधैँभरि हुनेछ हाम्रो
निरोगी फुर्तिलो जिन्दगानी ।
३,
गरून् दुनियाले डाहा
मान्नु हुँदैन हार
भन्नेछन् एकदिन आहा ! - खडक आर सि मिलन, छेडागाड नपा.- २, साल्मा, जाजरकोट
…
१,
रक्षा धागो बाधेर
सम्बन्ध प्रगाढ बनाउँछौँ ,
दाजु बैनीको हेर ।
२,
चिसोले धेरै गाल्छ
क्वाँटी खाए सबैले ,
भन्छन् चिसो फाल्छ ।
३,
मिसाई नौ थरी
क्वाँटी खाऔॅं सबैले ,
परिवारमा रमाइलो गरी । - सीमा कार्की समर्पण, मेलचोक, पर्सा
…
१,
मनमा प्रभुको बास
सर्वोत्तम मानिस चोला
बनौँ प्रभुको दास ।
२,
आस्था प्रभुकै साधना
सुख दुखमा सहर्ष
सहजै गरौँ सामना ।
३,
मनमा करुणा आभास
तारण पक्कै चिन्तनमा
प्रभु नाम अभ्यास । - कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
…
१,
श्रावण महिना गयो,
जगत हरियाली बनाउँदै
प्रकृति सुन्दर भयो ।
२,
हेर लिनमाभन्दा दिन
आनन्द हुन्छ मनलाई
विचार गरौँ छिन।
३,
प्रकृतिले के लिन्छिन्
खै त बदलामा ?
एकोहोरो यसै दिन्छिन् । - शोभा आचार्य गौतम, काठमाडौँ
…
१,
जीवन जिउन जाने
हुँदोरहेछ सब अच्छा
त्यसैले तिमिलाइ माने। - सुनगाभा पोखरेल, नेपालगन्ज
…
१ ,
श्रद्धाले झुकेको शिर
हारेर झुक्यायो नभन्नु
वचनमा हुन्छु धीर।
२ ,
आफै फलेर पाकिरहेछु
सकेन अरूले गलाउन
भलो सबैको भाकिरहेछु। - हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा – १४, साँगा बजार
…
१,
माथि सिरानमा हिमताल
फुटेर सबै बगायो
गाउँबस्ती बन्यो बेहाल ।
२,
जीवन ढुक्कको भएन
दुर्घटना बलात्कारको त्रास
विश्वासिलो कोही रहेन ।
३,
स्वात्त बगाई लग्यो
विपत्तिले उठिबास लगायो
नियतिले ठग्नु ठग्यो । - मोती योन्जन सुब्बा, दार्जिलिङ
…
१,
सपनीमा तिमीलाई देखेँ
ब्युझिएपछि फुरुङ्ग हुँदै
प्रेमिल पत्र लेखेँ ।
२,
यो प्रेमिल रातमा
मागेर हेर मुटु
झिकेर दिन्छु हातमा ।
३,
छमछम पाउजु बजाउँछु
राखेर मुटुमा तिमीलाई
जुनी जुनी सजाउँछु । - शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ
…
१,
धनको घमण्ड गर्छन्
स्वार्थी विवेकी मान्छे
अप्ठ्यारोमा पर सर्छन् ।
२,
अरू लड्दा मस्किन्छ
आज हेर मान्छे
आफू पर्दा झस्किन्छ।
३,
सङ्घर्ष गर्दै बिताइयो
आधा जीवन हेर्दाहेर्दै
थाहै नपाइ गुजारियो । - कला ढकाल, झापा
…
१,
मनको के हाल ?
कस्तो विडम्बना यहाँ
देशको यस्तै बेहाल।
२,
नेताहरू पनि कराउँछ
यो जीवन कस्तो
मान्छे फेरि हराउँछ।
३,
आमाको माया कस्तो
यो जीवन कता
हुँदैन नि जस्तो। - नीमा छिरिङ भोटिया, जलढका, कालेबुङ
…
१,
भदौ महिना कहोस्
प्रगति गर्दै जाँदा
जीवनमा अप्ठ्यारो नहोस्। - प्रेम थापा “मन”, बागलुङ
…
१,
जिवनको मूल्य छैन
छोटो यो इतिहासमा
नाम लेख्ने हैन ?
२,
इतिहास मेटेर मेटिन्न
साट्न खोज्छन् पानाहरू
राम्रो कहीँ भेटिन्न ?
३,
भिमसेन ,बलभद्र ,नालापानी
इतिहास मेटाउदै छन
गुमेको छ कालापानी ! - रवि पौडेल, दक्षिण भारत पाण्डेचरी
…
१,
धनको घमण्ड अति
स्वार्थले भरिएको मानिसहरू
पर्नेछन् अप्ठ्यारोमा कति । - दुर्गा भट्टराई, मोरङ
…
१,
संस्थाको भलो चिताएँ
भएन अझै बढुवा ,
सामान्य जीवन बिताएँ।
२,
इमानीहरू तर्के पाखामा
जोगाउलान् कसले देशलाई ,
लुट्ने राज्यको काखामा।
३,
नयाँ बिहानी खोज्दै
बित्यो नेपालीको जीवन ,
योग्य नेता रोज्दै। - सुस्मिता अधिकारी, काठमाडौँ
…
१,
जानी जानी जसको
पछि पछि लागिरहेँ
बनेर सत्रु उनको ।
२,
हाहाकार मच्चाएर हुन्छ
प्रगति कहीँ साथी
मन त्यसै रुन्छ ।
३,
ताकेर बन्चरो घुंडो
बसिरहेछ कुरेर दोबाटो
उत्तानो परिरह्यो मुढो। - ईश्वर साउद(भिक्षु), रामारोशन गापा.- ६, सुदुरपश्चिम अछाम
…
१,
अरूसँग मित्रता गाँसिन्छ
मुक्तिका गीतहरू गाउँदै
नमज्जाले बेस्सरी हाँसिन्छ।
२,
रगत पसिनाले रटाउँछ
हिसाब मिलान गरौँ
साँच्चै बहीखातामा अटाउँछ ?
३,
माटोमा पसिना निरन्तर
जिन्दगानी घायल भयो
अब बनिॅंदैन सुन्दर । - घनश्याम पन्त, हरिवन, सर्लाही
…
१,
रक्षावन्धन कृष्णाष्टमी तिज
भाद्र महिना सुरु
हिउॅंदको रोपियो बिज ।
२,
तडकभडक फालौँ टाढा
मजाले मनाऔॅं चाड
मन मिलाऔॅं गाढा।
३,
तिजमा खाऔॅं दर
दिदीबहिनी सबै मिलेर
वाहियात नगरौँ कर । - हिरालाल न्यौपाने, बानपा – ८, कोटमौला, सल्यान
…
१,
ज्ञानको ठाउँमा हिरा
रोजे बुद्धि बिगारी
अनि बने किरा !
२,
नयाँ उमङ्ग बोकी
सपना सजाएर हिॅंड
योजनाको मिति तोकी!
३,
जाऔॅं, कामाऔॅं नाउँ
घुमेर देश विदेशमा
छाप राख ठाउँठाउँ! - अच्युत घिमिरे, सर्पाङ, भुटान
…
१,
सचेत भएर बसौँ
छाडापन रोक्न पर्वमा
मिलेर कम्मर कसौँ। - अरुण कुमार भुजेल, गोरूबथान, कालेबुङ, भारत
…
१,
संस्कार, संस्कृतिको जात्रा
लगाए कोटि होम
बनाए धर्मको यात्रा ।
२,
धर्मप्रति आस्था गरेको
दान धर्म गराउँदै
पैसाले थैलो भरेको ।
३,
छलकपट यहाँ भयो
जनता धर्मको आस्थामा
भक्तको विश्वास गयो । - वेदु न्यौपाने
…
१,
सवारी साधनको ज्ञान
हामीमा भएन भने
अकालमै जान्छ ज्यान |
२,
किनेर साधारण चिज
रमाऔॅं है दिदीबहिनी
भड्किलो नबनाऔं तिज |
३,
साथीसङ्गीको कुरामा पर्दा
डुबिएला ऋणमा चुर्लुम्म
अरुको देखासिकी गर्दा | - सरिता सेढाई, धादिङ
…
१,
आयो ओल्के पर्व
आम नेपालीलाई भयो ,
सधै मनभरि गर्व ।
२,
पोथीबाट भयो चल्ला
गाउँ समाजमा नगर्नु ,
यति ठुलो हल्ला । - श्रीकृष्ण धामी, बझाङ
…
१,
जनधनको भयो क्षति
शान्ति सुरक्षामा अभाव,
सरकारको कमजोर मति ।
२,
बाढी, पैरोको मास
वर्षाले जताततै जलमग्न,
जनतालाई सरकारको आस।
३,
तिजको दिदीबैनिलाई हर्क
सभ्य मनाउनु पर्व,
नबनोस् खराब तर्क। - कृष्ण बजगाई, भक्तपुर
…
१,
जस्तो संस्कारमा हुर्कियो
उस्तै प्रस्तुत भइ
समाजमा त्यो फुर्कियो ।
२,
मानिस असन्तोषी जात
इर्ष्याको खेल खेल्दै
किन लम्काउँछ हात ? - कोपिला अधिकारी, गोरखा ,सिरानचोक
…
१,
देशको हालत देखेर
छक्क छन् जनता
बस्छन् सबै हेरेर ।
२,
खेल्छन् नेताले खेल
एकले अर्कोलाई लडाउने
कुर्सीमा सधैँ मेल । - बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’, कनकाई – ४, झापा
…
१,
अमिर बन्ने रहरमा
मानव बन्छन् दानव
बेच्छन् मान्छे सहरमा । - बिके मुखिया, दार्जिलिङ, भारत
…
१,
कृष्ण जन्माष्टमी आयो
रहर झुला झुलाउने
उल्लास मनमा छायो ।
२,
वध कंश दुर्योधन
महाभारत ज्ञान कथा
सुन्न आतुर मन ।
३,
श्रीकृष्णको जीवन भोगाइ
बाललीला राधिका प्रेम
राधाकृष्ण जोडी रोजाइ । - ममता पौडेल, बुढीगङ्गा – २, मोरङ
…
१,
मृत्यु अनिश्चित हुन्छ
तथापि निश्चित भएर
जब अनायस छुन्छ।
२,
यादहरू कतिपय भुलिन्छ
समयको मलमले लेपिएर
कतिपय झनझन चुलिन्छ।
३,
नियत बिग्रेपछि मानव
विवेकमा किरा पर्छ
अनि बनाउँछ दानव । - दिल ठकुरी, टिस्टाभेल्ली
…
१,
कहिले दुःखमा नपर्नु
जीवनमा अघि बढौं
खराब सङ्गत नगर्नु ।
२,
देश खण्डित पार्दैछ
एमसीसी एसपीपी लादेर
जनता अब मार्दैछ ।
३,
दुःखमा सधै पारेर
उन्मुक्ति हुन्न तिम्रो
गरीब जनता मारेर । - दीप गोले तामाङ, रौतहट
…
१,
मेघरानी धर्तीमा झरी
कर्मयोगी किसानको खेतमा
जताततै मनपरि गरी
२,
बिसै नङ्ग्रा खियाएर
काम गर्ने किसान
बसेका छन् चियाएर
३,
गरिबीको ढब्बा भिराएर
मारेको छ सरकार
उनैलाई आँसु पियाएर । - धनमाया चौधरी, कैलाली
…
१,
केलाई रिस गर्नु ?
अर्काको धन खोसी
किन ढुकुटी भर्नु ?
२,
हुन्छ ललाटमा लेखेको
नगर्नु रिस,डाहा
पाइॅंदैन सबै देखेको ।
३,
गर लक्ष्य तय
मिहिनेत ,परिश्रम गरे
जीवन हुन्छ जय। - रुना कर्माचार्य दाहाल, चितवन
…
१,
लेख्नु झिल्का छिटो
तीन हरफको कविता
पढ्न झनै मिठो। - अनमोल राई
…
१,
भाइरल हुने होडमा
सन्तानले छोड्दा संस्कार
अभिभावक पर्छन् तोडमा l
२,
सुन्न पनि सरम
नयाँ गीत तिजका
छाडा निस्के चरम l
३,
तमिज अनि समिज
उदाङ्गो पारेर दुवै
रोपियो विकृतिको बीज l - बाबुराम गौतम, गुल्मी
…
१,
महिना देखि देखिन्छ
संस्कृति कता हरायो
जस्तो देख्यो लेखिन्छ ।
२,
सबैले परम्परागत मनाउने
चाडपर्व नजिक आउदा
सभ्यताको रुचि जनाउने ।
३,
रहर सधैँ रमाइलो
एकताको प्रतीक परिवार
भित्र्याएको मनमा घमाइलो। - दुर्गा आचार्य, मोरङ
…
१,
मदिरा निषेधमा हकार्छन्
पवित्रता धारण गरेर,
सुनिन्छ, आजकल डकार्छन्।
२,
सत्य बोल्न डराउॅंछन्
रक्षासूत्र धारण गरेर,
तर विश्वास गुमाउॅंछन्। - लोकबहादुर क्षेत्री लामिछाने
…
१,
साहित्य संस्कृति जोगाऔॅं
हामी सबै मिलेर
भएका विकृति हटाऔॅं ।
२,
काम कर्तव्य हाम्रो
बुझेर अगाडि बढे
होला भविष्य राम्रो ।
३,
अग्रजहरूको पथ पहिल्याऔॅं
सुमार्गमा अडिग बनी
यश कीर्ति फैलाऔॅं । - जयनारायण नेपाल, इलाम, (हाल सूर्यविनायक – २, बालकोट ,भक्तपुर)
…
१,
भावनाको डुङ्गा चढेर
निस्किए युवाहरू यात्रामा
विदेशी भाषा पढेर ।
२,
नदेखाउ खराब बानी
धनाढ्य छु भनेर
घसौँला एकदिन खरानी ।
३,
नेताहरू सत्ता मोहमा
होसियार भएर बस
जनता उठ्लान् विद्रोहमा । - डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६ , दोलखा
…
१,
कर्मको फल मिल्छ
पोल्छ कुकर्मले सधैँ
करोडौँ बिच्छीले चिल्छ ।
२,
भ्रष्टाचारीले पाउदैनन् सुख
समाजका अगाडि तिनीहरूको
हुन्छ हाँडीझैँ मुख ।
३,
ढाँटेको कुरा मिल्दैन
व्यवहारले प्रष्ट हुन्छ
फूल नरोपी खिल्दैन । - प्रद्यम्न चालिसे
…
१,
भुटिन्छ देशभक्तकै थलो
सतीले सरापेको देश
इमानदारकै हुन्छ कुभलो !
२,
राखेर वरिपरि आफन्त
लुछ्छन् आमाको आन्द्राभुँडी
कार्यकर्ताको बनाई जन्त !
३,
मिलाई आपसमा पालो
बलात्कार गर्दैछन् स्वाँठहरू
च्यातेर राष्ट्रियताको टालो ! - वसन्त अनुभव, घोराही, दाङ
…
१,
चाडपर्वको लहर लाग्यो
बदलिँदो परिवेश सँगसँगै
आलस्यको जड भाग्यो।
२,
पर्वले गर्व बढाओस्
स्वच्छ सफा हृदयले
मन्दिरमा भेटी चढाओस्
३,
फजुल खर्च नगरौँ
हद नाघी धोकेर
दुर्गन्ध कतै नछरौँ । - त्रिलोचन भण्डारी, मेचीनगर, झापा
…
१,
माइती घरमा आउॅंला
तिजमा सबै दिदीबहिनी
आमा सॅंगसँगै रमाउॅंला ।
२,
रङ्गिन पोते चुरा
भोक तिर्खा मेट्न
गरौँला मिठा कुरा । - नन्दा धामी, नौगाड, दार्चुला
::::::::जय झिल्का साहित्य ! ::::::::::
Ny weekly For the reason that the admin of this site is working, no uncertainty very quickly it will be renowned, due to its quality contents.
Simplywall This is my first time pay a quick visit at here and i am really happy to read everthing at one place