![](https://himalayandristi.com/wp-content/uploads/2024/06/IMG_20240629_171438-1024x800.jpg)
काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४० औँ शृङ्खला सम्पन्न भएको छ ।
अभ्यासमा नेपाल लगायत विश्वका ४१ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४० औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
प्रतिनिधि टुक्का- १४०
फुर्सदै छैन कुरा नै गर्ने लागिसक्यो असार
दुहुनो गाई त दुहुनै पर्यो लगाई पघार ।~<•>~
![](https://himalayandristi.com/wp-content/uploads/2024/06/IMG_20240629_171523-1024x1013.jpg)
सहभागी टुक्काकारहरूका टुक्काहरू-
~<•>~
[१]
दुहुनु पर्छ पाएको बेला नगुमाई मौका
भोलि त के हुन्छ, कसो हुन्छ ? हान्नुपर्छ चौका ।
✍️
वसन्त अनुभव
घोराही, दाङ~<•>~
[२]
एकचोटी त पाउने हो मान्छेको जिन्दगी
त्यही नि कहिले झर्छ लाग्दैछ जगजगी ।
✍️
दीप गोले तामाङ, चन्द्रपुर, रौतहट~<•>~
[३]
नेताहरू मालिक यहाँ जनता बनाए गाई
माैका छाेपेर दुहुँदैछन् गरिब जनतालाई ।
✍️
ताराप्रसाद चापागाईँ, धुनिबेसी ।~<•>~
[४]
लैनु गाईलाई पघारी कति खान्छौ खानु खायौ
दुध आउन छोडेपछि विदेशी भजन गायौ ।
✍️
बेदु न्यौपाने~<•>~
[५]
जोगाउनेले ढाका टोपी लाउँछ्न्
जनै उतार्ने सुरातिर धाउँछन् ।
✍️
हन्नाह छेत्री, दार्जिलिङ~<•>~
[६]
पघार जसरी पनि दुहुनो गाईलाई
थुनबाट आइन्जेल खादै बस रमाई।
✍️
अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१
हालः-अमेरिका,बोस्टन।~<•>~
[७]
जनतालाई बनाउँछौ कहिलेसम्म बनाउ दुहुनु गाई
मौका आउँछ पर्खिदैन खानुपर्छ जनता फकाई फकाई ।
✍️
राज कुमार राजभण्डारी खाेटाङ्गे, मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।~<•>~
[८]
गाईको बाच्छो मरे पुर्पुरोमा हात
भैँसीको त्यो पाडो मर्यो दुध र भात ।
✍️
चुडामणी देबकोटा, पुरानो नैकाप काठमाण्डौ~<•>~
[९]
घरमा भैँसी दुहुनो पर्यो एक हातको
लाग्यो असार सुरु भयो मेला र पातको ।
✍️
भुपेन्द्र राना मगर, धादिङ~<•>~
[१०]
फुर्सद हुन्न नेता हुँ म जहिल्यै मलाई असार
एयरपोर्ट र भन्सारमा गर्छु ओसारपसार ।
✍
नवशिला, नवदेव मार्ग, लालभित्ती,मोरङ।~<•>~
[११]
बनाएर जनतालाई यहाँ दुहुने गाई
भएको छ मन्त्री फेर्न व्यस्त सरकारलाई ।
✍️
अनिता भण्डारी, ताप्लेजुङ~<•>~
[१२]
भ्रष्टाचारीलाई छ सधैँभरि असारै असार
जनता भए दुहुनो गाई सकेसम्म पगार ।
✍️
विवश पारदर्शी, झापा~<•>~
[१३]
ठान्छन् नेताले जनतालाई जहिलेसुकै दुहुनो गाई
श्रम बेचेर पठाएको रेमिट्यान्स झ्वाँम पार्छन् रमाइ ।
✍️
बाबुराम गौतम, गुल्मी~<•>~
[१४]
असारमा पानी पर्यो, बाढी पहिरो ज्यादा भयो
खाउँ लाउँ उमेरमा, धेरै मान्छेको ज्यान गयो ।
✍️
एवाइ प्रभात, सहिदभुमि धनकुटा~<•>~
[१५]
आशा गरेर कति बस्छौ गाईबाट गोरु बनाइसके
अब असार लाग्दैछ हेर ढिकुटी सबै खन्याइसके ।
✍️
अम्बिका अधिकारी, झापा बिर्तामोड~<•>~
[१६]
असारको गफै मात्रै, न छ बीऊ न त मल
भाषण रूपी आश्वासनले कति गर्छौ छल ।
✍️
राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ~<•>~
[१७]
आजभोलि व्यस्त हुन्छु असारको बेला
आफ्नो स्वार्थ पूरा गर्छु नगर है हेला ।
✍️
डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा. पा. -६, दोलखा ।~<•>~
[१८]
आलश्य त्यागौँ सबैले, आज नै उठाउँ हलो र कोदालो
स्वदेशमै सुन फल्छ, पर्दैन विदेशमा बन्नु गोठालो ।
✍️
बिके मुखिया, दार्जीलिङ, भारत ।~<•>~
[१९]
पाएको मौका छोड्नुहुन्न दुहुनु पर्छ गाई
जनतामा राज गरौँ, कुर्सीको हात समाई ।
✍️
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा~<•>~
[२०]
पाल्न परिवार खेतीपातीमा किसान ती यता रमाउँछन्
विकासे बजेट सक्दै पहुँचवालाहरू उता कमाउँछन् ।
✍️
रामप्रसाद पुरी, बादेल, खाेटाङ ।~<•>~
[२१]
असार लागेर खेल्दैछु हिलोमा रमाई
असारे गित सुन्दै हातमा बीउ समाई ।
✍️
कला ढकाल, झापा~<•>~
[२२]
व्यङ्ग्य वाण किन पर्यो हान्नु
गैँडालाई गुलेली के तान्नु ?
✍️
शम्भु गजुरेल~<•>~
[२३]
लैना गाई भैँसी अब दूध छैन थाक्नेछन् त के गर्छौ ?
असारमा गोडमेल छैन अब खाडीकै पछि पर्छौ ।
✍️
कमला देवकोटा, पाल्पा~<•>~
[२४]
ए ! असार लाग्यो, पानी सिमसिम गीत गाउँदैछु
दही चिउरा बोकेर, दिनहुँ वेशीतिर धाउँदैछु ।
✍️
मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा।~<•>~
[२५]
असार मास किसानलाई रोप्न चटारो
यो मेहनतमा वर्षाले नहानोस् झटारो ।
✍️
शोभा आचार्य गौतम, काठमाडौँ~<•>~
[२६]
रोपाइँको चटारो जताततै लागिसके असार
हरियो सबै हुँदैन धान केलाएर फाल्नु झार ।
✍️
कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे~<•>~
[२७]
खुरुक्क धान रोप्न छाडी केको फुर्ती हो, लाग्यो त असार
केको मान्छे थप्नु पर्यो भन्दै बनाउन थालेको कसार ?
✍️
नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर
हाल- एनेलकुटी, सिरहा ।~<•>~
[२८]
खेतालालाई खाजा पकाई खिर
पटुकी बाँधी म हिँडे खेततिर ।
✍️
पुष्पा सुवेदी, नेपालगन्ज,बॅाके।~<•>~
[२९]
पाउँदा सुनौलो मौका
ठोक्दै गर्नु पर्छ चौका ।
✍️
अरुण कुमार भुजेल, गोरूबथान,कालेबुङ,भारत।~<•>~
[३०]
मल बीउ छैन, कृषक भन्छन् लागिसक्यो असार
ल्याइदिन्छौ हामी, पर्खेर बस, भन्दैछ सरकार ।
✍️
होमप्रसाद नेउपाने, धरान,सुनसरी ।~<•>~
[३१]
आफूमात्रै भुँडी भर्ने चलेको छ यहाँ रुढी
खुट्टा बाँधेर दाम्लोले दुहुन्छन् धेनु नै बुढी ।
✍️
रामशरण न्यौपाने, भक्तपुर~<•>~
[३२]
जनता सारा तिम्रै गाई दुहुने काम नेताको मात्रै
घाँस पराल दिदैनन् केवल गर्छन् नि अनौठो जात्रै।
✍️
सुस्मिता अधिकारी ,काठमाडौँ~<•>~
[३३]
दुहुनो गाई बनायौ, देश भयो चाम्रो
क्षमता जति सबै लुटेर खायौ हाम्रो ।
✍️
लक्ष्मी रिजाल,
कञ्चनरूप १२, रूपनगर, सप्तरी ।~<•>~
[३४]
किसानीको दःख पीर सबै भाग्यो
खडेरी सकिएर असार लाग्यो ।
✍️
प्रतिज्ञा प्रतिज्ञा
मेहेलकुना सुर्खेत~<•>~
[३५]
सुनौलो मौका नेताज्यूलाई असारको महिना
लुट्नसम्म त लुट्छन् जनताको रगतपसिना ।
✍️
रुना कर्माचार्य दाहाल ,चितवन~<•>~
[३६]
हुनुपर्छ सधैँ मान्छेमा प्रभाव गुणको
तरकारीमा पनि हुन्छ अभाव नुनको।
✍️
राजनारायण राई, राजदल बस्ती सोनादह~<•>~
[३७]
असार महिना मानो रोपी फलाउने मुरी
मनसुनी यो हावा चल्दा उडाउँछ कि धुरी।
✍️
पद्मा काश्यप पाण्डे, मोरङ~<•>~
[३८]
किसानलाई कामको चटारो असार मास
देशका चापीवालालाई राजनीति हतास ।
✍️
प्रेम थापा “मन”, बागलुङ~<•>~
[३९]
जनतालाई असार लाग्छ नेतालाई चौका,
चाँजोपाँजो मिलाइहाल्छन् के पर्खिन्थे नि माैका ?
✍️
त्रिलाेचन भण्डारी, मेचीनगर,झापा~<•>~
[४०]
भ्रष्टले गर्छ विकासका बजेटको दोहन
किसानको उत्पादन बिक्री भएन ओलन ।
✍️
भगवती दवाडी~<•>~
[४१]
असारे भाषामा रमेर गराैँला श्रम आज
फलाउँ फाँटहरूमा अमृतसरि अनाज ।
✍️
हरिगाेपाल न्हुच्छेप्रधान, काभ्रे, बनेपा १४ साँगाबजार।~<•>~