
साताका उत्कृष्ट झिल्काहरू- १०
साताका उत्कृष्ट झिल्का कविताको १० औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- १० का लागि झिल्काकार त्रय मंगला उपाध्याय, बिके मुखिया र दिल ठकुरीका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्काहरू
~<•>~
[१]
१.
माया, ममताको स्वभाव
देखिदैन कसैमा अहिले
बन्दैछ दुनियाँ खराब !
२.
फेरि आउँदैछ नववर्ष
शुभकामना छ सबैलाई
सबैमा छाओस् हर्ष !
३.
स्वस्थ राख्न जीवन
बिहान बेलुकी प्रभातफेरि
चङ्गा बनाउने तन ।
✍️
मंगला उपाध्याय
[२]
१.
आरिसले सीप सिकिँदैन
मूल उद्देश्य देखासिकी
भाग्य कलमले लेखिँदैन ।
२.
रात उज्यालो पुर्णिामाले
औँसीको अन्धकार रात
सहारा पारूहाङ सुम्निमाले ।
३.
आस्था टुट्दा मनमा
जीवनको सङ्घर्ष सम्झेँ
उर्जा भरेँ तनमा ।
✍️
दिल ठकुरी (दार्जिलिङ )
[३]
१.
रुखमा पालुवा पलायो
गीत गाउँदै चरीले
हेर वनजङ्गलमा रमायो।
२.
चैते हुरी चल्दैछ
खडेरी लागेको वनमा
हुरुरु आगो बल्दैछ ।
३.
न्याउली रुन्छ वनमा
परदेशीको सम्झना झलझली
विरह जाग्यो मनमा ।
✍️