साताका उत्कृष्ट झिल्काहरू- ८

  • ३ चैत्र २०८०, शनिबार २३:२९ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको आठौँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- ८ का लागि झिल्काकार त्रय वसन्त अनुभव, भावना थापा मुस्कान र सरला माझीका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू
    ~<•>~


    [१]
    १.
    चढ्छन् करोडौँको कार
    सर्वहाराका प्रतिनिधि उनी
    राम्रै छ बन्दव्यापार ।
    २.
    हुँदैन कसैको फिक्री
    हिराको मोदक हातमा
    परेपछि सुनको सिक्री ।
    ३.
    सम्झन्छ्न् मूर्ख हरपल
    जितेर भुल्छ्न् नेता
    रुवाउँछन् जनता पलपल ।
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ
    ~<•>~

    [२]
    १.
    लुट्यो जवानी मेरो
    लुटेराले सुनसान बस्तीमा
    जब थियो अँधेरो ।
    २.
    भएकी छु अचेल
    एकोहोरो पागल जस्तै
    आफैँदेखि म ओझेल ।
    ३.
    गिद्धको नजर लाग्यो
    न्याय माग्न जादा
    न्यायधीश नै भाग्यो ।
    ✍️
    भावना थापा मुस्कान
    ~<•>~

    [३]
    १.
    कसैलाई नगर्नू हेला
    आवश्यक पर्नसक्छ हेर
    उसैको जुनसुकै बेला ।
    २.
    राम्रो हुनु पहिले
    अभिमानी, अनुशासनहीन नहुनू
    आमा भन्नुहुन्छ ‌‌जहिले ।
    ३.
    घमण्डले सिध्याउँछ मानवता
    कलियुगमा हिँड्नुपर्छ सम्हालिएर
    मान्छेमा हुन्छ दानवता ।
    ✍️
    सरला माझी
    ~<•>~

    Leave a Reply