
साताका उत्कृष्ट झिल्का कविताको सातौँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- ७ का लागि झिल्काकार त्रय त्रिलोचन भण्डारी, शशीश्री आचार्य र ललिताका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्काहरू
~<•>~
[१]
१.
बम् बम् भोले
शिव शिव भन्छन्
डाेली बाेक्ने डाेले ।
२.
हिमाली त्याे डाँडैमा
दर्शन देऊ शिवजी
राखाैँला सदा आँखैमा ।
३.
जट्टासरि त्याे केशमा
दर्शन मिलाेस् महादेव
जहाँ जाऊँ देशमा ।
✍️ त्रिलाेचन भण्डारी
मेचीनगर,झापा~<•>~
[२]
१.
दौरासुरुवाल र कोट
हेर ! कति सुहाएको
छैन मनमा खोट ।
२.
नेपाली हामी वीर
राष्ट्र हाम्रो मुटु
झुक्न दिदैनौँ शिर ।
३.
हिमाल पहाड तराई
सबै बराबर यहाँ
कोही छैनन् पराई ।
✍️ शशीश्री आचार्य
बौद्ध कुमारीगाल काठमाडौँ~<•>~
[३]
१.
नारी दिवस मनाउँदा
खोक्रो भाषण दिन्छन्
देशका ठुलाबडा भनाउँदा ।
२.
दिँदैनन् कसैले साध
खोक्रो आडम्बरीले मनाउने
नारी दिवस मुर्दावाद !
३.
न्याय नपाएको देशमा
मनाएको नारी दिवस
खुसी छैनन् त्यसमा ।
✍️ ललिता सिन्धुली~<•>~