
ताबुक (साउदी अरेबिया) गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिती ताबुकको समन्वयमा नेपाली महावाणिज्य राजदुतावास जेद्दा द्वारा साउदी अरवको ताबुक क्षेत्रमा ई-पासपोर्ट नबीकरण सेवा सञ्चालन गरिने भएको छ।
कार्यक्रम आउँदो डिसेम्बर ०८ शुक्रवारका दिन हुने भएकोले उक्त कार्यक्रममा संघका विभिन्न तह का पदाधिकारीहरू, पंजीकृत सदस्यहरू, विभिन्न क्रियाशील संघ संस्थाका पदाधिकारीहरू, तथा समाजसेवी पत्रकार लगायत ताबुक तथ आस पासका क्षेत्रमा कार्यरत नेपाली दाजुभाई तथा दिदीबहिनीहरू सबैलाई तल उल्लेखित स्थान र समयमा उपस्थित भई कार्यक्रमलाई सफल बनाउनु को साथै सेवा लिनु हुन हार्दिक अनुरोध गर्द्छौ ।
location:-
https://maps.google.com/?q=28.446615,36.610958
