दुर्गा बहादुर सुनार नेपाल फिर्ता

  • २ कार्तिक २०८०, बिहीबार १३:४९ मा प्रकाशित
  • साउदी अरब -वैदेशिक रोजगारीका क्रममा साउदी अरेबियामा पुगेर अलपत्र परेका दुर्गाबहादुर सुनार ७ वर्षपछि स्वदेश फिर्ता भएका छन्।

    बैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबियामा पुगेर सवारी दुर्घटनामा परी ६५ हजार जरिवाना परी अलपत्र परेका दुर्गा बहादुर सुनार स्वदेश फर्कन सफल भएका छन् ।उनलाई नेपाली महावाणिज्य दूतावास जेद्वाको नेतृत्वमा साउदीमा सक्रिय संघसंगठन र तिनको पदाधिकारी ,नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुबाट आर्थिक सहयोग संकलन गरि अल जजिरा एयर मार्फत स्वदेश पठाएको महावाणिज्य दूतावासले जनाएको छ।

    सुनारलाई महावाणिज्यदूतावास जेद्दाका श्रम सहचारी ताम्राराज काफ्ले, कर्मचारी अतौल्ला, सुदुरपश्चिमेली नेपाली समाज साउदी अरबका महासचिव केशव बहादुर सिंह ,सचिव केशब सिंह धामी र केन्द्रिय सदस्य बाबुराम रिजालले जेद्वा विमानस्थलमा बिदाई गरेका थिए।

    सुनारले चालक अनुमतिपत्र बिना सवारी साधन चलाएको र सवारी साधनको इन्स्योरेन्स (बिमा) नरहेकोले आफ्नै इच्छाले रोजगारदाताको अनुमतिबिना सवारी साधन चलाएको ट्राफिकको दाबी छ । यस्तो भएकाले रोजगारदातालाई कानुनी रूपमा जरिवाना तिर्नका लागि हकदार बनाउन नमिल्ने फैसलामा उल्लेख गरिएको छ ।पीडितले फैसला अनुसारको रकम आफूले तिर्न नसक्ने जानकारी गराउँदै नेपाली वाणिज्य दूतावास जेद्दालाई सहयोग गरिदिन आग्रह गरेका थिए। लगत्तै महावाणिज्यदूतावासले रोजगारदातालाई समन्वय गर्दा सो रकम रोजगारदाता कम्पनीले नतिर्ने जनाएको थियो भने महावाणिज्यदूतावासले दोस्रो पक्षसँग जरिवाना मिनाहाका लागि अनुरोध गरेकोमा दोस्रो पक्षले ४५ हजार साउदी रियल जरिवाना तिरे बाँकी २० हजार रियाल मिनाहा गराउन महावाणिज्यदूतावास सफल भएका थिए ।

    Leave a Reply