नेपाली राजदूतावास तथा एनआरएनए क्षेत्रीय समन्वय समिती अलकासिमको सहकार्यमा श्रमिक समस्या समाधान सम्बन्धि अन्तरक्रिया कार्यक्रम” सम्पन्न। 

  • ८ आश्विन २०८०, सोमबार ०४:०६ मा प्रकाशित
  • साउदी अरब

    नेपाली राजदुतावास रियादले आयोजना गरेको “नेपाली राजदुतावास र नेपाली समुदायिक संघ सस्थाको भूमिका”बिषयक अन्तक्रिया कार्यक्रम”” गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अल कासिमको सहयोगमा, अल कासिम स्थित अल सलाम होटेलमा २३ सेप्टेम्बर २०२३ सनिवारका दिन सम्पन्न भएको छ ।

    उक्त कार्यक्रमको अध्यक्षतामा गैर आवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिती अल कासिमका अध्यक्ष श्री कृष्ण अधिकारी ज्युले गर्नु भएको थियो भने। प्रमुख अतिथिको रूपमा साउदी अरबका लागी महामहिम राजदूत आदरणीय श्री नवराज सुवेदी ज्युले प्रमुख आतिथ्यता ग्रहण गर्नु भएको थियो, त्यसै गरि बिशिस्ट अतिथिमा क्रमशः श्रम काउन्सुलर आदरणीय श्री देबेन्द्र कार्की ज्यु र द्वितीय सचिब आदरणीय श्री टिकाराम उपाध्याय ज्युले आतिथ्यता ग्रहण गर्नु भएको थियो भने अतिथिमा तृतीय सचिब आदरणीय श्री राम पुनित यादव ज्युले आतिथ्यता ग्रहण गर्नु भएको थियो ।

    बेलुका ५:३० बजे बाट सुरु गरिएको उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिती अल कासिमका कार्यसमिति पदाधिकारी ज्युहरु, राष्ट्रिय समन्वय समितीका बर्तमान र निबर्तमान पदाधिकारी ज्युहरु, आइसिसी सदस्य ज्यु, जिएमआइसी ग्रुपका विभिन्न पदाधिकारी ज्युहरु ईस्लामिक धर्म गुरुहरु लगाएत विभिन्न कम्पनीबाट उपस्थित हुनु भएका अगुवा समाज सेवीहरुको करिब ५१ – ५६ जनाको उपस्थित रहेको थियो ।

    उक्त कार्यक्रममा श्रम काउन्सलर श्री देवेन्द्र कार्की ज्यु र द्वितीय सचिव श्री टिकाराम उपाध्याय ज्युले नेपाली राजदुतावास रियाद द्वारा संचालित श्रमिकलाई उपयोगी अनलाइन लिंक, ब्लड मनी सम्बन्धी व्यवस्था, कम्पनीहरुबाट जरिवाना तोकिएका श्रमिकहरूको विवरण, साउदी अरबमा रहेका आप्रवासी नेपालीहरूको जम्मा तथ्यांक साथै (क्रमशः पुरुष, महिला र भिजिट भिसामा रहेका हरुको अलग अलग्गै), गैरकानूनी हैसियतका श्रमिकको घर फिर्ती प्रक्रिया, जेलमा रहेका नेपालीको तथ्याङ्क, नेपाली श्रमिकहरुलाइ तोकीएको जरिवाना र त्यसबाट बच्ने उपाय, सामाजिक सुरक्षा कोषको उपयोगिता, साउदी अरबमा बिभिन्न कारणले ज्यान गुमाएका व्यक्तीहरुको शव नेपाल पठाउने प्रक्रिया र लाग्ने समय, GOSI दावी गर्ने प्रक्रिया, साथै कम्पनीहरुले पिडीत बनाएका श्रमिकहरुले कानुनी उपचार लिने प्रक्रिया र कानुनी उपचार पछि आफ्नो हक लिएर स्वदेश फर्किएका नेपाली दाजुभाईको सफलताको कथा समेत कार्यक्रमा पस्तुत गरिएको थियो । उक्त पस्तुतीमा साउदी अरबमा रहेका बिदेशी श्रमिकहरुका लागी साउदी सरकारबाट सुनिश्चित गरिएको हक अधिकार बारेमा श्रमिकलाई चेतना जगाउने र परेको खण्डमा कानुनी लडाई बाटो देखाउने जिम्मेवारी हामी सबैको दायित्व भएको कुरामा श्रम काउन्सलर श्री देवेन्द्र कार्की ज्युले जोड दिनु भएको थियो भने द्वितीय सचिव श्री टिकाराम उपाध्यायले श्रमिक समस्यमा अगुवाहरुको भुमिका श्रमिकलाई आवश्यक परामर्श दिएर समस्यको समाधान श्रमिक आफैले पहिल्याउन उत्पेरित गराउनु पर्नेमा जोड दिनु भएको थियो । अतिथीहरुले गरेका श्रमिक हकहित बारेका गुनासाहरुको सम्बोधन महामहिम राजदूत श्री नवराज सुवेदी ज्युले गर्नु भएको थियो र भावी कार्य योजनाका बारेमा जानकारी गराउनुका साथै समस्यामा परेका नेपाली श्रमिकहरुको उद्धारका लागी राजदूतावास र क्रियाशील संघ संगठनहरूले सचेतनात्मक तथा सकारात्मक सन्देश प्रवाह गरेर समस्यालाई न्यूनीकरण गर्न सकिने कुराका लागि महामहिम राजदूत श्री नवराज सुबेदी ज्युले जोड दिनु भएको थियो ।

    Leave a Reply