
वैदशिक रोजगारीका क्रममा साउदी अरबमा रहनुभएका श्री सुजन घिमिरेले चितवनको भरतपुरस्थित आदर्श गृह नेपालका अनाथ बालबालिकालाई आर्थिक सहयोग गर्नुभएको छ ।
जन्म घर पाँचथर भई हाल झापा निवासी नेपाली नृत्य समूहका अध्यक्ष, झापाली सेवा समाज साउदी अरबका सहकोषाध्यक्ष तथा एनआरएनए आरसिसि रियाद साउदी अरबका सदस्य परोपकारी मनका धनी, सामाजिक व्यक्तित्व घिमिरेले आफ्नो जन्मदिनको अवसरमा ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेको बताउनुभयो । बाबु,आमा, अभिभावक नभएका तथा जीवनयापनका लागि कठिनाई भोगिरहेका विपन्न अनाथ बालबालिकाको भोजनका लागि मानवताको नाताले सो रकम प्रदान गरेको उहाले बताउनु भयो !!!

जन्म दिनमा हुने फजुल खर्चलाई आफुले सानो भएपनि सामाजिक क्षेत्रमा सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले जन्म दिनको खर्च कटौती गरेर फरक तरिकाले मनाउने गरेको उहाले बताउनु भयो । मुख्यत जन्म दिनमा फजुल खर्चलाई सहि ठाउँमा व्यवस्थापन गर्नुपर्छ भन्ने मान्यता आफुमा रहेको घिमिरेले बताए ।