‘लघुकथा वन्दना’को लोकार्पण कार्यक्रम सम्पन्न

  • ९ असार २०८०, शनिबार २०:१२ मा प्रकाशित
  • डा.विदुर चालिसेद्वारा रचित एवम् नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रस्तुत ‘लघुकथा वन्दना’को शनिबार लोकार्पण भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चले आफ्नो पाँचौँ जन्मदिवसको अवसर पारेर शनिबार अपरान्ह भर्चुअल रुपमा कार्यक्रम आयोजना गरी लघुकथा वन्दनाको लोकार्पण गरेको हो ।

    नआलमका संस्थापक अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को प्रस्तुति, लघुकथा वन्दनामा वरिष्ठ लघुकथाकार डा. विदुर चालिसेको शब्द रचना, मुरलीधरको सङ्गीत र आनन्द कार्कीको सुमधुर स्वरमा रहेको छ ।

    नमस्ते आधुनिक लघुकथा मञ्चका सचिव वसन्त अनुभवको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रममा प्रमुख अतिथि एवम् वरिष्ठ गीतकार, कवि प्रा.डा.कृष्णहरि बरालले बन्दनाको लिरिकल भिडियो बजाएर विमोचन गर्नुभएको थियोे ।

    कार्यक्रममा शुभकामना मन्तव्य दिनुहुँदै प्रमुख अतिथि प्रा.डा.कृष्णहरि बरालले वन्दना नेपाली र संस्कृत शब्दको समिश्रणबाट बनेको र अत्यन्त सुमधुर रहेकोे बताउनुभयो । वन्दनाको रचना, सङ्गीत र गायन कठिन हुँदाहुँदै पनि अत्यन्त सहज ढङ्गले यति मिठो सृजना पस्केकोमा सबैको प्रशंसा गर्नुभयो ।

    लोकार्पित लघुकथा वन्दनाको समालोचना समालोचकद्वय डा.लेखप्रसाद निरौला र डा.बासुदेव काफ्लेले गर्नुभएको थियोे ।
    कार्यक्रममा डा. विदुर चालिसे, डा.हिमलाल पन्थी, राजेन्द्र कुँवर, प्रमोद प्याकुरेल, गंगा कर्माचार्य, अच्युत घिमिरे, अनुग्रह राना मगर लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।

    कार्यक्रममा प्रा. डा.कृष्णहरि बराल, डा.लेखप्रसाद निरौला, डा.बासुदेव काफ्ले, डा.हिमलाल श्रेष्ठ, अनन्तराज उपाध्याय, त्रिलोचन ढकाल, कृष्ण बजगाई, आनन्द कार्की, गंगा कर्माचार्य, रामकुमार पण्डित, प्रमोद प्याकुरेल, डा. शेखर कुमार श्रेष्ठ, शेखर अर्याल, वसन्त अनुभव, अनुग्रह राना मगर, सि.एन बन्जाडे, जयदेश श्रेष्ठ, कर्ण दयाल, कृष्ण सुवेदी, लता के.सी., मित्र उराठी गौतम, मुरारी सिग्देल, राजेन्द्र कुँवर, उमेश कुमार, यमुना प्रधानाङ्ग मुना, गणेश नेपाली, अच्युत घिमिरे, सुधा बास्कोटा ढकाल, राजन घले, म्यामराज राई, शिवहरि अधिकारी, प्रभादेवी पौडेल, रचना शर्मा, मीठू कुमारी पाठक, कमल पौडेल, प्रकृती बराल, निर्मला, प्रतीक्षा पौडेल, आयुष बडाल लगायत थुप्रै लघुकथाकार, साहित्यकार, समीक्षक, पाठक, सञ्चारकर्मी एवम् शुभेच्छुकहरूको उपस्थिति रहेकोे थियोे ।

    नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चालकद्वय प्रतीक्षा पौडेल र आयुष बडालले गर्नुभएको थियोे ।

    Leave a Reply