पञ्चाङ्ग चित्रपट भाग- ३३

  • ९ असार २०८०, शनिबार २२:०८ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट भाग :- ३३
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:-  २०८०/०३/ ७  गते साँझ ८ बजे ।

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार  ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको ३३ [तेत्तिसौँ]  चित्रपटमा छौं।

             यहाँहरुलाई हार्दिक स्वागत गर्दै
    यस्  शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम, ठेगाना र फोटो सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :
    ————
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन
    —————–
    सोमनाथ लुइटेल

    शुद्धीकरण
    ————–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना
    ———
    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :-  बराबरी

    समायोजक
    ————-

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
                      तथा
    पञ्चाङ्ग साहित्य समाज नेपाल
    ————————

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~~~~~~~~~~~~~~~~~
         चित्रमा पञ्चाङ्ग
    ~~~~~~~~~~~~~~
    पञ्चाङ्ग- चित्रपट
    ०१
    अक्षर-२३

    सुनाऊँ कस्लाई चित्कार मैले सुन्नेले मुख माेडेर हिडेपछि।
    दुर्भाग्य दूधे शिशु आमाले पेटी किनारमा छाेडेर हिडेपछि ।
    कलियूग लागेछ भन्थे कहालीलाग्दो दृश्य देखिन्छ साेचेकै थिइन ,
    हरेकसंग मायाको नाटक गर्दै संबन्ध गोडेर हिडेपछि।
    हेर धनकाे चक्करमा सिन्दुरकाे सम्बन्ध ताेडेर हिडेपछि।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०२
    लालाबाला यिनैलाई सम्हालेर बसेको छु।
    मुटु चिरा परे पनि डोरी लाई  कसेको छु।
    आमालाई प्रकृतिकी खानी जस्तै भने पनि,
    हेर्दाहेर्दै आफू त्यही खानीभित्र खसेको छु।
    सङ्गीनी नै बैरी हुॅदा जंजालमा फॅसेको छु।
    घनश्याम पौडेल, पोखरा

    चित्रपट पञ्चाङ्ग:०३

    सन्तानको पिरले  सताएर  बसेको छु ।
    साहुको  ऋणलाई लताएर बसेको छु ।
    समाल्न पनि गाहारो भयो पिरैपिरमा ,
    जिन्दगी तनाव हो  बताएर बसेको छु ।
    बालकलाई   पुगे   मताएर बसेको छु ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”

    पञ्चाङ्ग:०४

    गरीब दुखीको कुरा कसले सुन्ने यहाँ।
    यी लालबालालाई कसरी तुन्ने यहाँ।
    बाल्यकालमै यी आमा विहिन हुन पुगे,
    अब  यिनले  भबिस्य कसरी चुन्ने यहाँ।
    यस्तो अवस्थामा कुरा कसले गुन्ने यहाँ।
    सरस्वती श्रेष्ठ इटहरी

    पञ्चाङ्ग:०५

    घर छैन थर छैन मायाको पाेकाे  छ ।
    खाली गाेडा नाङ्गो शरीर पेट भाेकाे छ ।
    आमा कता गइन् चटक्कै छाेडी बचेरा ,
    आधुनिकताले नराम्ररी नै छाेकाे छ ।
    छाेराछाेरी टुहुरा भए बाउ  राेकाे छ ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०६

    यी लालाबाला   टुहुरा   भए,  जन्म   दिई छोडी जाँदा।
    दुधमुखे   बालक  रुन्छ, उसले  नाता  तोडी  जाँदा।
    सडकपेटी  छेउमा  यी, निदाएका बुबाको काख,
    जिन्दगानी  अन्धकार भो, उनले बाटो मोडी जाँदा।
    अन्योलमा नै  बित्ने  भयो,  बालापनमा  गोडी जाँदा।
    सरिता काफ्ले कोहलपुर ८ पिपरी बाँके

    पञ्चाङ्ग-०७
    सिमाहरु  त  मिचिदै  गए थोरै थोरै  किला  सराउदै  जाँदा।
    अन्त्यमा  सिमाना  नै तोडिए  नियम खुकुलो गराउदै जाँदा।
    रीतिथिति नमान्नाले आज नै यस्तो छ भोलि के होला समाज,
    बालबच्चाको  बेहाल  भो  जथाभावी  सिन्दुर  भराउँदै जाँदा।
    खै  कहाँ रह्यो  सिन्दुर  यसको  मूल्य  मान्यता हराउदै जाँदा।
    पशुपती राई खोटाङ ।

    पञ्चाङ्ग:०८

    दुखित मान्छेको कुरा कस्ले सुन्छ यहाँ।
    बालबच्चा हेरचाह कस्तो हुन्छ यहाँ।
    सडक पेटीमा बाबुको हालत यस्तो,
    बालक अधिकार खोजेर रुन्छ यहाँ।
    आमा बिनाका टुहुरा यसै बन्छ यहाँ।
    भगवती दवाडी,झापा

    पञ्चाङ्ग:०९
    यी  मुहारहरु    रुवाएर   बसुँ  कसरी।
    आफ्नै नजरबाट  झरेर  खसुँ  कसरी।
    एक्लै एक्लै  सडकमा अलपत्र छाेडेर,
    कर्म  गर्न  भनेर  कम्मर  कसुँ  कसरी।
    लड्खडाएका यी घुँडाहरु धसुँ कसरी।

    पञ्चाङ्ग:१०
    ******
    यी ज्यानका टुक्रा कसरी पो फालौँ मैले।
    दुःखलाई खाल्डोमा  कसरी हालौ मैले।।
    न   हातमा  काम छ  न  कुनै  ईलिमा नै,
    यो  जिन्दगीलाई कसरी पो चालौँ मैले।।
    नबलेको  चुल्हो कसरी पो  बालौँ मैले।।
    ************
    मल्ल लक्ष्मी श्रेष्ट
       मेची किनार
    बिर्तामोड झापा

    पञ्चाङ्ग:११

    यो समय देखी डर लाग्छ ।
    जसरी पानीमा तर लाग्छ ।
    कसरी भनुँ म सबै सामु,
    आफ्नै मानिसको भर लाग्छ ।
    आँखा छोपी रुन कर लाग्छ ।

    – आर्त अकुलीन, कैलाली

    पञ्चाङ्ग:१२

    घरबार छैन तर मायाको पोको छ यहाँ।
    शरीर ढाक्ने लुगा छैन पेट भोको छ यहाँ
    नालामा बच्चा छोडेर गइन आमा खै कता,
    पश्चिमी शैलीले नराम्ररी नै छोको छ यहाँ 
    यो देखेर बाउ धरधरी नै रोको छ यहाँ ।

    दुर्गा भट्टराई
    मोरङ

    पञ्चाङ्ग:१३

    यी लालाबाला सम्हालेर बाँच्नु छ  अब।
    अामा, बाबाको माया दिई साँच्नु छ अब।
    सिन्दुर हालेर  ल्याएकीले छाेडेपछि,
    समस्याको जस्तै नि  लठ्ठी भाँच्नु छ  अब।
    जीवनरुपी  सङ्गीतमा नाच्नु छ अब।
    शाेभा अाचार्य गाैतम
    काठमाडौँ

    पञ्चाङ्ग:१४

    यो जिन्दगीको भारी बिसाउ कहाँ गएर।
    मैले दुःखको आँशु मिसाउ कहाँ गएर।
    लालाबालालाई छोडेर  एक्लै के गरु म,
    जलेको तन मन  चिसाउ कहाँ गएर।
    लालाबाला छोडेर  रिसाउ कहाँ गएर।
    ह्यारिस

    पञ्चाङ्ग:१५
    दुःखी भएर जिउन कति गार्‍हो हुन्छ।
    फाटेको मन सिउन कति गार्‍हो हुन्छ।
    भाग्य मेरो खोटो रैछ ,अभागी भो कर्म,
    जहिल्यै आँसु पिउन कति गार्‍हो हुन्छ।
    आमाको माया दिउन कति गार्‍हो हुन्छ।

    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा

    पञ्चाङ्ग:१६
    आफ्नो भन्दा अरूलाई जिउने कहर भयो।
    मेरो यो जिन्दगी  पानी  सुकेको  नहर भयो।
    छैन गास बास कपास पाल्नु छ लाला बाला,
    महंगी   गरिबहरुको  लागि   जहर    भयो।
    दु:ख  सुख  जसरी  नि जिउने शहर भयो।
    सुरेशकुमार पाण्डे दाङ घोराही १८

    पञ्चाङ्ग:१७

    मायाको लौरो म टेकाउँ कसरी।
    पेटको अागो खै सेकाउँ कसरी।
    महङ्गी म भन्दा धेरै भयो अग्लो,
    कसको खातामा लेखाउँ कसरी।
    यो कन्तबिजोग देखाउँ कसरी।

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    पञ्चाङ्ग:१८

    बाबुले संसारमा सन्तान छाेडेकाे देखेकाे छैन।
    साह्रै कष्ट भएपनि मुख माेडेकाे देखेकाे छैन।
    धनमनकाे पछिलाग्ने निष्ठुरी आमा हेर कस्ती,
    यस्ताे हुँदा बाबुले टाउकाे फाेडेकाे देखेकाे छैन।
    यस्ता बाबुले नयाँ सम्बन्ध जाेडेकाे देखेकाे छैन।

    नवराज भट्ट
    कञ्चनपुर

    पञ्चाङ्ग:१९
    सम्बन्ध दाेहाेराे ननिभाएर व्यथा बढ्छ यहाँ ।
    परम्परागत तिखो काँडाे मुटुमा गढ्छ यहाँ ।
    एकाेहाेराे जिम्मेवारी धान्न सक्दैन कसैले नि,
    जसलाई अबला भन्छ समय नै पढ्छ यहाँ ।
    समता नहुँदा यसरी समस्या उभाे चढ्छ यहाँ ।

    मिना देवकोटा
    सर्लाही ।

    पञ्चाङ्ग:२०
    कसैले हेर्दैनन् यहाँ समस्या पर्दा पनि।
    बुझ्दैनन् कोही नि आँखामा आँसु झर्दा पनि।
    लुटि रह्यो समयले मेरा खुसी नै सबै,
    नदेखे झैं हुने कैयौ पटक मर्दा पनि।
    दुःख हटेन  परिश्रम जति गर्दा पनि।

    केसी उर्मिला
    धनकुटा

    पञ्चाङ्ग:२१
    अक्षर-१८

    लाला र बालाको भोको पेट भरेर देखाउनुछ,
    आमाले गर्ने माया बाउले गरेर देखाउनुछ
    हो नियतले ठगेका हामि कस्लाई दोष दिनुर?
    एक्लो महसुसमा नजिकै सरेर देखाउनुछ,
    खोसेको कर्मलाई आफैले हरेर देखाउनुछ।

    अनुप आचार्य
    के टि एम

    Leave a Reply