कोराना भाइरस पत्ता लगाए लगत्तै मृत्यु भएका चिनियाँ डाक्टर लीकी प्रेमिकाले जन्माइन् छोरी,

  • २० जेष्ठ २०७७, मंगलवार ०२:०१ मा प्रकाशित
  • एजेन्सी । कोरोना भाइरसको पहिलोपटक पहिचान गर्ने चिनियाँ डाक्टर ली वेनलियाङकी (इन्गेजमेन्ट) प्रेमिकाले छोरीलाई जन्म दिएकी छिन् । डाक्टर लि की प्रेमिका डा.पेङ यिन्हुआ वुहान शहरकै एक सरकारी अस्पतालमा कार्यरत रहेकी छिन् । चीनको हुवे प्रान्तस्थित उहान शहर, जहाँ कोभिड १९ को पहिलो संक्रमण पुष्टि भएको थियो । २९ वर्षीय डा.ली वेनलियाङको फ्रेबु्रअरी १ मा पेङसँग विवाह गर्ने तयारी भैरहेको थियो ।

    सामाजिक सञ्जालमा मानिसहरुले उनकी बच्ची (छोरी)लाई आशिर्वाद दिइरहेका छन् । सामाजिक सञ्जालमा केही व्यक्तिले लेखेका छन्,‘डाक्टर लीकी छोरी यस संसारमा आएकी छिन्, उनको परिवारलाई आशिर्वाद छ ।’ सामाजिक सञ्जालमा धेरै व्यक्तिहरुले भावनात्मक सन्देशहरु पनि लेखेका छन् । कसै कसैले लेखेका छन्, ‘यी बालिकाको जन्म चीनको राष्ट्रिय बाल दिवसका दिन भएको छ, तर यी प्यारी बालिकाले कहिल्यै आफ्नो ‘हिरो बाबा’ लाई भेटन् सक्ने छैनन् ।’ डाक्टर लीको मृत्युपछि चीनमा शोक मनाइएको थियो । 

    वास्तवमा डा.लीले नै पहिलोपटक उहान शहरमा आफ्ना साथीहरुलाई कोरोना संक्रमण भएको सुनाएका थिए । उनले अस्पतालमा काम गरिरहेका साथी डाक्टरहरुलाई सुरुमै सार्स रोगको जस्तो लक्षण भएका नयाँ बिरामीहरु देखा परेको बताएका थिए । तर स्थानीय प्रशासनले सुरुमा यो कुरालाई गम्भीरतापूर्वक लिएन । उल्टै स्थानीय प्रशासन यस्तो अफवाह फैलाउनेहरुलाई मुद्धा चलाउन धम्की दिएको थियो । स्थानीय प्रशासनले लीलाई नियन्त्रणमा समेत लियो । केही दिनपछि डा.ली मा पनि कोरोना संक्रमण देखियो र उनको मृत्यु भएको थियो । श्रोतः बीबीसी हिन्दी साथमा रातोपाटीबाट।

    Leave a Reply