म र मेरो रेडियो

  • २ फाल्गुन २०७६, शुक्रबार ०७:२५ मा प्रकाशित
  • भुपेन्द्र शाही

    मेरो पनि एउटा रेडियो थियोे ।राति सुत्दाखेरि मिठा मिठा गित गाएर मनै तरंगित वनाउथ्यो।पुस माघको विहान स्वस्थानि माताको रोमाञ्चक कथा सुनाउथ्यो।दशैमा मधु र कैटवको लडाई,दुर्गा माता र असुर विचको लडाइँ रेडियोमा प्रसारण भईरहदा यतै कतै वन जंगल तिर देउता र राक्षस विच युद्द चलिरहेको छ कि जस्तै लाग्थ्यो ।कृषि कार्यक्रम मा वुढि अामै र जेटिए नानिको संवाद मा ठसठसि कनि कनि वुढि अामै जेटिए नानीलाई प्रश्न सोधिरहेकि हुन्थिन।जेटिए नानि जवाफ फर्काईरहेका हुन्थे।

    म सानू हुँदा घरमा एउटा फिलिप्स रेडियो थियोे।रेडियो साह्रै ज्ञानी थियोे ।कहिले भुँईमा थपक्क वसेर त कहिले भित्ताको घुडकिलामा तुर्लुङ झुन्डिएर मिठा मिठा गित गाईरहन्थ्यो।वुवा सुत्दा राति सिरानी नेर वस्थ्यो।कहिले वुवा वारिमा काम गर्न जाँदा वारिको कान्लामा वस्थ्यो भने कहिले वुवाको काँधमा झुन्डिएर गाउँ घुम्न निस्किन्थ्यो।

    कहिलेकाहि मलाई रेडियो फोडेर रेडियो भित्र वसेर मीठो स्वरमा वोल्ने,गित गाउने र वाजा वजाउने साना मान्छेहरु हेर्न
    रहर पनि नलाग्ने होइन तर ठुला मान्छे को डरले मैले त्यस्तो गर्ने दुस्साहस गरेक‍ो थिईन।वच्चाको भोटोझै रेडियो को पनि चिटिक्क परेको खोल हुन्थ्यो ।सानू वच्चाको हात,खुट्टा, नाक ,कान र मुख भोटो बाहिर देखिएझै रेडियोको पनि सर्ट वयभ ,मिडियम वयभ ,भोल्युम घटाउने वढाउने वेण्डहरु खोल बाहिर देखिन्थे।

    रेडियो संग मेरो गहिरो प्रेम ०४८सालको माघमा एसएलसि परीक्षा दिईसकेपछि वस्यो।मैले पनि सानू साईजको चाईनिज किवो नामको रेडियो किने।त्यसमा मेरो एकाधिकार भयो ।रेडियो ले गीति कथा ,गित गजल,सुरसंगम यस्तै यस्तै साहित्यिक कार्यक्रम वजाउथ्यो।धेरै जसो वियोग का गित र कथाहरु सुनाउथ्यो।

    “मुटु मेरो चुडिलगिन झुटो माया लाउनेले
    निन्द्रावाट व्युझाईदिईन सपनिमा अाउनेले….”
    यस्तै यस्तै गितहरु वजिरहदा म भने अाफु भन्दा जेष्ठ र छिमेकी गाउँकै भर्खरै पोईल गएकि किशोरीलाई सम्झिरहेको हुन्थे।जसलाई मैले मनमनै मन पराएको हुन्थे तर तिनलाई कुनै पनि तरिकाले प्रेम व्यक्त गर्ने सहास गरेको हुन्थिन।त्यतिखेर म अाफुलाई संसार भरकै वियोगि मान्छे ठान्थे।
    म रेडियोमा गित,कविता,मुक्तक,गजलअादि रचनाहरु पठाईरहन्थे।कुनै कुनै कार्यक्रम संचालकको शैली अलि फरक हुन्थ्यो ।संचालकले पुर्व झापा देखिका श्रोताहरुले पठाएका रचना वाचन गर्दै पश्चिमतिर अाउथे।जब भेरी अञ्चलका जिल्लाहरुमा दैलेखको नाम अाउथ्यो मेरो मुटुको चाल वढथ्यो।जब मेरै नाम र ठेगाना अाउथ्यो मलाई जाडो दिनमा पनि खलखलि पसिना अाउथ्यो।

    गाईभैसि चराउन जाँदा होस या घाँस काटन जाँदा, ढिकिमा धान कुटदा होस या वारिमा काम गर्दा रेडियो मैसंग हुन्थ्यो।रेडियो संग मेरो गहिरो प्रेम थियोे ।
    -भुपेन्द्र शाही, दैलेख

    Leave a Reply