घोराही १८ ले गर्यो मेयर कप बिजेता खेलाडीहरुलाई सम्मान

  • २६ माघ २०७६, आईतवार ०७:०५ मा प्रकाशित
  • वसन्त अनुभव-
    घोराही, २५ माघ
    घोराही उपमहानगरपालिकाले आयोजना गरेको तेस्रो मेयर कप रनिङ शिल्ड प्रतियोगितामा प्रथम भएको वडा नम्बर १८ का खेलाडीहरुलाई वडा कार्यालयले सम्मान गरेको छ ।

    आज एक कार्यक्रमको आयोजना गरि वडा कार्यालयले खेलाडी, प्रतिक्षक तथा टिम व्यबस्थापक गरि २३ जनालाई सम्मान गरेको हो । वडा अध्यक्ष भरतमणि आर्यालयको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले खेल क्षेत्रलाई सामाजिक विकासको अंगकारुपमा लिनुपर्ने बताएका छन् ।

    खेल क्षेत्रबाट अनुशासन सँगै आत्मीयता बढाउन सकिने भन्दै सरकारले खेल क्षेत्रमा लगानी बढाउनु पर्नेमा जोड दिएका छन् । वडा अध्यक्ष अर्यालले खेलाडीहरुको उत्साह र खेलको संरक्षणका लागि आबस्यक निति र योजनाहरु वडा हुदै नगरले समेत प्राथमिकतामा राखेको बताउनुभयो ।

    कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष राममणि पाण्डे, वडा नम्बर ९ का अध्यक्ष मानवहादुर बस्नेत, नेकपाका जिल्ला सदस्य मानवहादुर विक, नेकपा घोराही १८ अध्यक्ष अन्जनकुमार पौडेल, नेपाली कांग्रेसका धर्म हमाल, टोल विकास संस्थाका मिनराज गौतम लगाएतकाले खेल क्षेत्र पनि सामाजिक विकासको आधार भएको बताउनुभयो ।

    वडा सदस्य कृष्णबहादुर घर्तीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण वडा सदस्य बुद्धीप्रकास चौधरीले गर्नुभएको थियो । नगरका १९ वटै वडाबाट प्रतिनिधीत्व गरेका खेलाडीहरु बिच चालु आर्थिक बर्षको खेलमा वडा नम्बर १८ का खेलाडीहरुले मेयर कपको उपाधी जितेका हुन् । सोसल मिडियामा शेयर

    Leave a Reply