अमेरिकी सम्राजयवादी रणनीति वारे नेपालीहरु जानकार छैनन भन्ने मलाई लाग्दैन । यसरी थाहा हुदा हुँदै पनि आँखा चिम्लनु आत्म सम्मान माथीको चोट हो । अहिले विश्वका १५० देशमा १,७०,००० अमेरिकन सेना खटिएका छन ।
यस लेखबाट सजिलो र सरल प्रश्न उत्तर शैलीबाट तपाईंका मनमा उब्जि रहेका भ्रमित प्रश्नहरु मेटाउन्ने कोसिस गर्नेछु ।
अरु ठाँउमा खटिदैमा नेपालमा खटिन्छन भन्ने छ र ?
अरु ठाउँमा खटिदैमा नेपालमा खटिन्छन भन्ने छैन तर कुनै पनि सहयोगको नाममा त्यो इन्डोप्यासिफिक रणनीति अन्तर्गत हो होइन बुझ्न जरुरी छ । हो भने अवश्य खटिन्छ र अनि मज्जाले परेड खेल्छ । १५० राष्ट्रमा १,७०,००० शेना विश्वभर परेड खेलाई रहेको अमेरिकी शेनाले कसैको उखान सुनेर गोर्खाली भनेर स्यालुट हान्ने वाला त छैन । कि छ र ?
एमसीसी सहयोग गरेको राष्ट्रमा शेना त लादिन होला बै ?
सबै ठाँउ जोडेर करिब ३५ ठाँउ जतिमा एमसीसी सफल, प्रस्तावित र हुने चरणम भए नि । सफल गरिएको ठाँउ २५ देश मात्र हो । त्यस मध्य प्रमाण सहित भेटिएको २५ एमसीसी देश मध्य २३ देशमा अमेरिकन आर्मी परेड खेलेको प्रमाण छ्न । चाहिएमा मेरो अन्य प्रकाशित लेखमा हेर्न सक्नु हुन्छ ।
त्यसो भए एमसीसी इन्डोप्यासिफिक रणनीति अन्तर्गत नै हो त ?
अवश्य हो त्यो कुरा निम्न लिखित १० प्रमाणले पुष्टि गर्दछ ।
१) अमेरिकन वैदेशिक कुटनैतिक अधिकारी डेभिड जे र्यान्जले मार्च १३,२०१९ मा काठमाडौं भ्रमणका क्रममा प्रष्ट भनेका छन एमसीसी इन्डोप्यासिफिक रणनीति कै एक अंग हो । ( पढ्नुस प्रमाण)
२) इन्डोप्यासिक रणनीतिकै कार्यक्रममा भेइतनाममा एलिस वेल्सले इन्डोप्यासिफिक रणनीतिकै चर्चा गर्दै नेपालमा एमसीसी सहयोग बारे बोलेकी छिन । ( हेर्नुस भिडियो प्रमाण) । जहाँ एमसीसी त्यहाँ इन्डोप्यासिफिक रणनीतिको बहस किन आउँछ ? र जहाँ इन्डोप्यासिफिक रणनीतिको बहस त्यहाँ किन एमसीसी आउँछ ?
३) इन्डूयासिफिक रणनीतिको पुस्तकमा आर्थिक, सुरक्षा र शेना : तीन पिलर मध्य इन्डूयासिफिक रणनीति सफल पार्न थुप्रै एजेन्सी मध्री एमसीसी पनि एक भएको उल्लेख छ । ( हेर्नुस प्रमाण)
४) गुगल गर्दा एमसीसीको सिइओ बारे भेटिए पनि अध्यक्ष को हो त एमसीसीको भनेर पाउन मुश्किल हुन्छ । तर को हुन्छ भने हामीले प्रमाण भेटाएको छौ । ।(हेर्नुस प्रमाण , wikipedia को leadership भन्नेमा लेखिएको छ)
क) एमसीसीको अध्यक्ष अमेरिकन सेकेरटरी अफ स्टेट हुन्छ भनेसी । स्टेट सकेरेटरी माइक पोम्पे हुन भने माइक पोम्पे नै एमसीसीका अध्यक्ष हुन भन्ने तथ्य प्रष्ट छ । भने पछि माइक पोम्पे को हुन त त्यसको थप खोज गर्दै जादा अरु कुरा पनि भेटिए ।
ख) एमसीसीको अध्यक्ष Mike Popmpeoको पहिले लेख र शुभकामना हुन्छ इन्डोप्यासिफिक रणनीतिको पुस्तकमा पाइन्छ ।
ख) उनी पुर्व अमेरिकी आर्मी क्याप्टेन्भएको नि पाइयो ।
ग) उनी CIA Agent ( Central Intelligence Agent) पनि रहेछन । त्यो एक गुप्तचर संस्था हो ।
४) एमसीसी इन्डोप्यासिफिक रणनीति थिएन भने । एमसीसीको अध्यक्ष पटक पटक इन्डोप्यासिफिकको प्रोग्राममा किन सामेल हुन्छन ? किन बोली रहन्छन ? (हेर्नुस भिडियो प्रमाण)
५) परराष्ट्रमन्त्री र एमसीसी अध्यक्ष माइक पोम्पे एमसीसी शैनिक रणनीति सङ्ग नजोडिएको भए किन Military, र security हेर्ने council को सदस्य छन त माइक पोम्पे ?
७) इन्डोप्यासिफिक पुस्तकमा नेपाल पनि इन्डोप्यासिक रणनीतिमा सामेल भएको कुरा किन उल्लेख छ ? ( हेर्नुस प्रमाण) । नेपाली नेताको लेनदेन र कुनै किसिमको सम्झौता नभएकोले इन्डोप्यासिफिक रणनीति पुस्तकले रहर लागेर यत्तिकै राखेको हो त ?
८) एमसीसी लागू भएको देशमा अमेरिकन शेनाको परेड चल्छ नाई प्रमाण हेर्नुस । २५ राष्ट्रमा लागू भएकोमा २३ देशमा अमेरिकन शेना परेड खेल्छ ।(हेर्नुस यस बारे मेरो अघिल्लो लेखमा प्रमाण )
९) आफै पनि इन्डूयासिफिक स्ट्राटेजी पुस्तकले नेपाल सङ्ग शैन्य सहकार्य गर्ने कुरा उल्लेख गरेको छ ।
१०) त्यति मात्र नभएर आफ्नो पुस्तक इन्डोप्यासिफिक स्ट्राटेजीमा नेपाल सन २०१९ देखि नयाँ मुलुक रहेको लिस्ट प्रकाशनमा ल्याएको छ ।
त्यसो भए नेताहरु एमसीसी इन्डोप्यासिफिक रणनीति होइन भन्ने बारे कस्ता तर्क पेश गरि रहेका छ्न त ?
यी यस्ता पेश गरी रहेका छन :
१) कहाँ लेख्या छ शेना आउँछ भनेर सम्झौतामा ?
हो रणनीतिमा कहि लेखेको हुदैन । माओवादीले नि आर्मी कर्नेल मेजरलाई तपाईंको यति राम्रो क्याम्प रहेछ हान्छु भनेर भनेन । रणनीति भनेको चाल हो । हामी आफ्नो देशमा के हित छ, चलाखी पुर्ण तरिकाले बुझेर कदम अगाडि बढाउने हो । चलाउन सकिनौ भने त्यहीँ हो रणनीति फेल भनेको ।
२) एमसीसी २००४ साल मै थियो तै । यो इन्डोप्यासिफिक रणनीति त २०१७ साल तिर आएको हो । भनेसी कसरी भयो एमसीसी एन्डोप्यासिफिक रणनीति अन्तर्गत ?
पहिलो कुरा इन्डोप्यासिफिक रणनीतिमा । स्ट्राटेजी अर्थात रणनीति शब्द जोडिएको छ । त्यतीमै धेरै कुरा बुझ्न काफी छ । त्यो त्यतिकै मट्याङ्रा खेलाउन आएको हैन । दोस्रो इन्डोप्यासिफिक स्ट्राटेजीको विश्वभर शेना पठाउने स्ट्राटेजी सन १९९३ मा “नेशन्ल गार्ड अफ यूनाइटेड स्टेट” भनेर सुरु भयो । ती नामहरु बदनाम हुन थाले पछि इन्डोप्यासिक क्षेत्रमामा इन्डोप्यासिफिक रणनीति अनुसार विकसित भएका हुन ।
तसर्थ इन्डूयासिफिक रणनीतिको मुख्य जरो एमसीसी भन्दा धेरै वर्ष अघि सुरु भएको हो । त्यो कुरा खोज अनुसन्धान गरेर पढ्दै जादा प्रष्ट हुन्छ ।
३) त्यत्रो पैसा आएको छ देश विकाश हुन्छ । त्यसो भए विकास ठप्प पार्ने त ?
पहिलो कुरा अहिले सम्म नेपाल अमेरिकाले दैनिकी भरेर यहाँ सम्म आएको होइन । दोस्रो ५५ अरव सहयोग भनेको ३ करोडमा बाढ्ने हो भने एकजनालाई १८०० हो, त्यसले नेपाल गरिब भएको होइन । त्यो पैसाले काया पलट हुने होइन। नेपालमा पैसा टन्नै छ, नेपाल गरिब पैसाले भएको होइन । मगन्ते सोच , एकता र कामको कमजोरीले भएको हो देश गरिब।
आर्को कारण यस्तै यस्तै अनावश्यक सम्झौतामा बिक्ने आदात र मगुवा तालले नेपाल गरिब भएको हो ।
तार इन्डिया तिर छिराएर देश धनी हुदैन । विकाश नै गर्ने हो भने पहिले तार तान्ने होइन बिजुली निकाल्ने सोच्न पर्छ । पानी निकाल्ने मुहान बनाउनु छैन घैटो बनाउन हतार भनेको यहीँ हो ।
यो नेपाली अर्गानिक सोच नै होइन । यो रोपिएको नक्सा हो। देश धनी हुन्छ मेहनतले हुन्छ । हाम्रा कमजोरीको खोजी र सच्याईले देश धनी हुन्छ ।
त्यसो हो भने देशका नेताले हामी किन ढाटेका त ?
पहिलो त किन ढाटेका भन्ने कुरा त उनिहरुलाई सोध्न पर्छ । दोस्रो अध्यन कम भयो कि भनेर बुझ्न सकिन्छ । तेस्रो साखा सन्तान नै अमेरिका थन्काएका नेताहरुलाई उतैको रहर पलाएको हुन सक्छ । चौथो परिवार छैनन भने राजनीतिक लाभ लिन अमेरिका जस्तो शक्तिशाली देशको नजिक हुने औधी इच्छा हुन पर्छ । पाचौ यी केही पनि होइनन भने हरियो नोटले तान्यो कि भन्ने बुझिन्छ ।
हरियो नोटमा बिक्ने कि नबिक्ने रोजाई नेता ज्यू को । यति प्रमाण हाम्रो सामु हुदाहुँदै नेताको सति जाँदै बिक्ने वा खबरदारी गर्ने । रोजाई तपाईंको !