इच्छाकामनाका ७ नम्बर वडाध्यक्षले दिए ५० घर सुकुम्वासीलाई निःशुल्क घडेरी

  • २९ माघ २०७६, बुधबार २२:४३ मा प्रकाशित
  • भालुमारा, चितवन २९ माघ, खगेरी खोलाको किनार । गर्मी यामको समय । त्यो पनि चितवनको फाँट हावा फिटिक्कै चल्दैन । तर पनि त्यहि खोलाको किनारमा स्याउलाको झाप्रो हालेर केहि परिवारहरु बसिरहन्थे । उनीहरु दिनभर चर्को घाममा खोलाको किनारमा गिट्टि वालुवा चालिरहेको भेटिन्थे । त्यहि बाटो भएर कालिका बजार, सदरमुकाम भरतपुर, नारायणगढ दैनिक भने जसो आवात जावात गरिरहन्थे इच्छाकामना गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष बम बहादुर मगर । उनको घर भालुमारामा छ । जहाँबाट बजार जान खगेरी खोला नतरी सुखै छैन । त्यहि खोला आवात जावत गर्दा उनले खोला किनारमा बसेर गिट्टी बालुवा छान्ने मजदुरहरु के घाम के पानी अनवरत काम गरिरहेको देख्थे ।

    आफुलाई त्यहि बाटो भएर गाडीमा हिड्न त गाह्रो हुने अवस्थामा ती मजदुरहरुले यसरी घाम पानी नभनी कसरी काम गरिरहेका होलान् ? आफैले आफैलाई मनमनै प्रश्न गर्थे उनी । एकदिन उनले तिनै मजदुरहरुसँग गएर सोध्ने हिम्मत गरे । अनि सोधे तपाईहरु कहाँ देखि आउनु भो ? घर कता हो ? कहाँ बस्नु हुन्छ ? यसरी काम गर्दा गाह्रो हुदैन ? उनले थुप्रै प्रश्नहरु गरे । ती मजदुरहरुबाट आएको जवाफ सुन्दा उनको मनै अर्को भयो । मजदुरहरुले जवाफ दिएपछि थाहा भयो हिउद र गर्मी याममा खगेरी खोलामा देखिने मजदुरहरुको छाप्राका कथा व्यथाहरु । उनीहरु त दिनभर खगेरी खोलामा वालुवा चाल्ने र गिट्टि कुट्ने गर्दा रहेछन् अनि त्यहि बेचेर आएको पैसाले बिहान बेलुकाको छाक टार्ने । साँझ परेसी खोला किनारमा नै बनाएको स्याउलाको छाप्रोमा रात काट्ने । यसरी जिन्दगी बिताउनेहरु कोहि ७२ सालको विनाशकारी भुकम्पले भएको घर पनि भत्काएका सुकुम्वासीहरु थिए भने कोही पुस्तौ देखिका सुकुम्वासीहरु, जसको आफ्नो जग्गा जमिन सम्पत्ति भन्ने केहि पनि थिएन । उनीहरुको त्यो व्यथा सुनिसकेपछि उनलाई लाग्यो यीनीहरुको लागि केहि व्यवस्था गर्नुपर्छ । वडाध्यक्ष मगरले विभिन्न सामाजिक सञ्जाल तथा मिडियाहरुमा देखे हेरेका थिए । थुप्रै मनकारीहरुले थुप्रै पिडितहरुलाई सहयोग गरेका जसका कारण दिनदुःखीहरुको मुहारमा मुस्कान छाएका पनि देखेका थिए उनले ।

    ‘यसैले पनि यीनीहरुको लागि मैले पनि केहि गर्नुपर्छ भन्ने मलाई पनि लाग्यो’– उनले भने । गर्न त गर्ने के गर्ने, कसो गनर्,े कसरी गर्ने ? मेलो मेसो केहि थिएन उनलाई । यहि बिचमा मगर चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाको वडा नं. ७ को वडाध्यक्षमा निर्वाचित भए । वडाध्यक्षमा निर्वाचित भएसँगै उनी झण्डै २ वर्ष जति वडाका नागरिककै काममा व्यस्त भए । यहि बिचमा उनलाई लाग्यो ती खगेरी खोलामा गिट्टि कुटेर वालुवा चालेर बस्ने सुकुम्वासीहरुलाई कम्तीमा ओत लाउने ठाउँको व्यवस्था किन नगर्ने ? अनि सोच बनाइयो ती सुकुम्वासीहरुलाई घर बनाउन जग्गा दिने । मगरसँग उहिले नै २०३९ साल तिरै भालुमारामा बस्ती सरेर आउदा ओगटेका जमिन प्रसस्त थिए । उनले त्यहि बस्तीको जग्गा सुकुम्वासीलाई बाड्ने सोच राखे । अनि बाँडियो खगेरी खोलामा ती गिट्टि कुटेर वालुवा चालेर बस्ने ती सुकुम्वासीहरुलाई एउटा घर बनाउन मिल्ने घडेरी । बाड्दै जादा ५० घर पुगेछ । घडेरी त दिइयो तर अर्को आपत् आईलाग्यो । त्यो के भने ती सुकुम्वासीहरुसँग घर बनाउने पैसो नै थिएन । कम्तीमा घर बनाउनको लागि चाहिने सामाग्री किन्नलाई त पैसा चाहिन्छ । दिनभर कमाएको पैसाले बिहान बेलुकाको छाक टार्न पनि मुस्किल हुनेहरुले घर कसरी बनाउलान् ? उनलाई यहि कुराले पिरोल्यो । उपाए पनि निक्ल्यो । अब यीनीहरुको घर बनाउन गाउँपालिकालाई गुहार्ने । त्यसपछि विपन्नलाई घर बनाउने प्रस्ताव लिएर गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ कहाँ पुगे उनी । अध्यक्ष गुरुङले यति राम्रो प्रस्ताव पाएपछि सहजै स्वीकार गरिदिए । यसैको मुर्तरुप हो अहिलेको इच्छाकामना गाउँपालिकाले वडा नं. ७ भालुरामा विपन्न परिवारको लागि निर्माण गरिरहेको एकिकृत नमुना वस्ती । अहिले उक्त स्थानमा पहिलो चरणमा ९ घर परिवारको लागि भुकम्प प्रतिरोधात्मक २ कोठे चिटिक्कको घर निर्माण हुदैछ । ढिलामा अबको १ महिना भित्र ९ घर परिवारले जग्गा सहितको आफ्नै घर पाउने वडाध्यक्ष मगरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘यो घर निर्माण सम्पन्न भएपछि सबैभन्दा बढि खुशी म हुन्छु होला ।’ अहिले पहिलो चरणमा निर्माण भैरहेको घर बस्ती निर्माणको काम करिब ८० प्रतिशत सकिइसकेको छ । बाँकि घरहरु पनि निर्माणको लागि पहल भैरहेको वडाध्यक्ष मगरले जानकारी दिनुभयो । पहिलो चरणमा नेपीमाया चेपाङ, हरिमाया चेपाङ, विष्णुहरी चेपाङ, किसान चेपाङ, आशिका चेपाङ, चन्द्रकला चेपाङ, बिल बहादुर चेपाङ र चन्द्र बहादुर चेपाङको घर निर्माण भैरहेको छ ।इच्छाकामना न्युज .कम बाट

    Leave a Reply