सातसल्लीको नाक ठोकिने उकालो सकिने ठाँऊमा पानी ट्याङकी थियो।पानीको धारा थियो।त्यही नजिकै दुईचारवटा घरहरू थिए।त्यही दुईचारवटा घरमा दुईचारवटा होटेलहरू थिए।वाटामा आवत जावत गर्ने मानिसहरू साँझ परे पछी प्राय त्यही वास वस्थे।म पनि सुर्खेत दैलेख पैदल आवत जावत गर्ने क्रममा ति होटेलहरूमा धेरै पटक वास वसेको छु।कहीले पानी ट्याङ्की त कहीले डुङ्गेश्वर कहीले तालपोखरी त कहीले गुराँसे। दिनभरी हिडेर लखतरान परेको शरीर साँझ खाना खाई सके पछी यति मिठो निन्द्रामा लिन हुन्थ्यो की त्यसको कल्पना गरेर पनि आन्नदीत हुन सकिन्थ्यो।
वाटाका होटेलहरूमा जुम्ला कालीकोट र यही हाम्रै गाऊतिरका भारी वोक्ने मान्छेहरूलाई खाना दिन होटेलवालाहरू अप्ठ्यारो मान्थे।होटेलवालाहरूले भने अनुसार उनिहरू हामी तिन चार जनालाई पुग्ने भात एकै जनाले सकाई दिन्थे।होटेलवालाहरूलाई घाटा पर्थ्यो।हामी हल्का आफ्नो झोला मात्रै वोकेर हिडने मान्छेहरू खाना पनि हल्का नै खाने हुदाँ हामीलाई खाना दिन उनिहरू खुशी हुन्थे।सवै भन्दा खुशी त उनिहरू विदेश तिर वाट पैसा कमाएर आएका लाहुरेहरू आऊदा हुन्थे।किनभने उनिहरू वास वसे भने मासु र मदिरा पनि विक्रि हुने हुदाँ होटेलवालाहरूलाई फाईदा हुन्थ्यो।उनिहरूको स्वागत लामो समयपछी प्रदेशवाट आएको घरको सदस्य सरह हुन्थ्यो।हामी विधार्थिहरू मध्यम खालका ग्राहक थियौ होटेलका लागी घाटा पनि नहुने र फाईदा पनि नहुने।
साँझको खाना खाईसकेपछी होटेलमा वास वसेका जति पुरूष ग्राहकहरू सुत्नलाई एउटा हल जस्तो ठूलो कोठामा लस्करै राखिएका वेडहरू हुन्थे।अस्पतालमा विरामी राख्ने वेड जस्तै लस्करै राखीएका वेडहरूमा दिनभरी हिडेर लखतरान परेका हामी थाकेर विरामी जस्तै भएका मान्छेहरू लस्करै सुत्थ्यौ।पल्लो कोठामा साहूजीको रेडीयोमा रेडियो नेपालको कार्यक्रम वजिरहेको हुन्थ्यो तर गीत भने हिन्दी आईरहेको हुन्थ्यो।कहिले उदित नारायणको “फूलोनसा चेहेरा तेरा…..” त कहिले लताको” दिल दिवाना….।”म भने वाटो भरी देखिएका फूल जस्तै रूप यौवन भएका किशोरीहरूको स्मरण गर्दै लताको गीतमा लिन भईरहेको हुन्थे।ती गीतहरू सुन्दा सुन्दै म कतिखेर भुसुक्क निदाउथे र साहूजीले कतिखेर रेडीयो वन्द गर्थे मलाई पत्तै हुदैनथ्यो।सपनामा म फूलहरूको वगैचामा लालीगुराँसझै ढकमक्क फुलेकी युवति सँग प्रणयलिला मच्चाईरहेको हुन्थे।
भोलीपल्ट विहान उठेर नित्यकर्म गर्न एउटा वोतल जस्तो भाँडोमा पानी वोकेर नजिकैको जंगलतिर जानु पर्थ्यो।त्यतिखेर अहिलेको जस्तो शौचालयको व्यवस्था थिएन।जंगलमा पनि अलि सजिलो ठाँऊमा मान्छेको मलले सजिलो गरी खुट्टा टेक्ने ठाँऊ हुदैनथ्यो।दुर्गन्ध र फोहोरका विच ठाँऊ मिलाएर वडो कष्टपूर्ण ढङ्गले मलमूत्र विसर्जन गर्नु पर्थ्यो।त्यसपछी वास वसेको ठाँऊमा आएर खाना खाएको र सुतेको पैसा तिरे पछी वाटो लागीन्थ्यो।वाटोको विच विचमा वटुवाहरूका लागी पसलहरूमा सेलरोटी र सिमी पकाईएका हुन्थे।कहीकही दही पनि पाईन्थ्यो भने कहीकही आलु उसिनेर पनि राखेका हुन्थे।विहान खालि पेटमा एकदुई घण्टा हिडेपछी त्यस्तै नास्ता खाएर फेरी हिडाई शुरू हुन्थ्यो।हिडदा हिडदा पैताला सुनाएर पाऊरोटी जस्ता हुन्थे।उकालीमा हिडदा मुटुको ढुकढुकी वढेर आफू भन्दा अगाडी मुटु दौडेला जस्तो हुन्थ्यो।छातिको विचभागमा काँडाले खोपेझै चसक्क दुख्थ्यो।तैपनि वर्षामा डाँडाकाडा र हरियाली अनि चैत वैशाखमा वाटोभरी ढकमक्क लालीगुराँस फूलिरहेका विच हिड्नु, हिँऊदमा गुराँसे तिर हल्का हिऊ छिचोलेर हिडनुको आन्नदनै वेग्लै हुन्थ्यो।
हिडदा हिडदै म सुर्खेतको फाँटमा पाईला टेक्दै हुन्थे।जहाँ थियो एउटा घुम्ती पसल र पसलमा हुन्थिन एउटी मेरै उमेरकी किशोरी।म त्यो वाटो आवत जावत गर्दा कति पटक त्यो घुम्ती पसलकी किशोरी संग आँखा जुध्न पुगेका थिए। छेवैको अर्को पसलमा रेडियोमा प्रेमध्वज प्रधानको “घुम्तीमा नआऊ है आँखा तिमी जुधाऊन।
वाँधिएमा माया प्रिती गाह्रो हुन्छ फुकाऊन।”भन्ने गीत घन्कीरहेको हुन्थ्यो।मैले लाजले हो या डरले घुम्तीकी कीशोरी त के घुम्ती पनि हेर्न सकिरहेको हुन्नथे।म शिर निहुराएर हिडीरहेको हुन्थे।
त्यतिखेरै हो।घरवाट हिडे पछी शुरू हुने उकालोमा पनि संयोग वस सत्यनारायण राजभण्डारीको स्वरमा-
“मुटु मेरो चुँडी लगीन झुटो माया लाऊनेले
निन्द्रामेरो व्यूझाईदिईन सपनिमा आऊनेले……” भन्ने गीत रेडीयोमा कसैले घन्काऊदै हिडीरहेको हुन्थ्यो।
उकाली चढेर थकाई मार्न वस्दा –
“तिम्रो मेरो माया प्रिती देऊरालीले गाऊदैछ….”यस्तै यस्तै गीत सुनिरहेको हुन्थे।यो त्यही देऊराली थियो ।जहाँ म र जुनेली गाई वाख्रा चराऊन जाँदा अनेकथरी कुरा गरी वस्थ्यौ।कति सपनाहरूमा जूनेलीले साँच्चै नै मेरो निन्द्रा विथोलेकी थिईन। मैले आफूलाई कुनै म्यूजिक भिडीयोको सुटीङमा हिडेको कलाकारझै महशुष गरीरहेको हुन्थे।जिन्दगी साँच्चै कति संयोगहरूमा चलेको हुँदोरहेछ।म हिडीरहनु र मेरा हिडाई जस्ता गीतहरू वजिरहनु।मेरो दिलमा प्रेम हुनु र वाटोभरी प्रेमिकाहरू भेटीरहनु।म थाकिरहनु र मेरा थकाई जस्ता साँझहरू आईरहनु ।म निदाऊनु र मेरा सोचाई जस्ता सपनाहरू आईरहनु।