‘परिश्रम र समयको क्षतिपूर्ति पारिश्रमिक हो, तर राजनीति सेवा हो पेशा होइन’ मदन कुमार वली

  • १३ माघ २०७६, सोमबार ०७:२७ मा प्रकाशित
  • मदन कुमार वली

    केन्द्रीय सरकारका संसदहरुलाइ मासिक रुपमा पारिश्रमिक सेवा सुबिधा उपलब्ध भएको भएपनि स्थानीय निकायका पदाधिकारीलाइ भत्ताको रुपमा सामान्य सुबिधा मात्र दिइएको थियो तर यसपटक निर्वाचित स्थानीय तहको सरकारका पदाधिकारीहरु नगर प्रमुख, उपप्रमुख, पालिका अध्यक्ष , उपाध्यक्ष्य र वडा अध्यक्षहरुलाई समेत कार्यालय समयमा कार्यालयमै बस्नु पर्ने र सो वापत मासिक रुपमै सुबिधा दिने चुनाव पहिलेनै प्रस्तावको रुपमा आयो फलस्वरुप प्रदेश सरकारले नेपालको संविधानको धारा १९६ बमोजिम प्रदेश सभा सदस्यको पारिश्रमिक र संविधानको धारा २२७ बमोजिम स्थानीय तहको सरकारका पदाधिकारीलाइ दिने पारिश्रमिक र सुबिधा सम्बन्धी निर्णयहरु भएका छन् ।

    युवा नेता बिश्व प्रकाश शर्माले आफ्नो केहि पैत्रिक सम्पतिबाट जलविद्युत र केहि लगानी ट्राभल एजेन्सीमा गरेको त्यस्तै युवा नेता गगन थापाले पनि कृषि फर्महरुमा लगानी गरेको र भर्खर मात्र राजनीतिमा प्रवेश गर्नुभएका रविन्द्र मिश्रले एउटा घर भाडामा लगाई खर्च चलाउने गरेको बारेमा सञ्चार माध्यममा आउने गरेको छ । स्वच्छ राजनीति गर्नेहरुले यस तर्फ पनि सोच्न जरुरी छ।

    पारिश्रमिक पाउने अपेक्षा अनुसार गरिने काम पेशा हो भने पारिश्रमिकको अपेक्षा नराखी समाजको हितमा श्रम र समय खर्च गर्नु समाज सेवा हो । पाउने भन्दा पनि योगदान दिने उदेश्यले गरिने कार्य समाजसेवा हो । राजनीतिज्ञले पनि श्रम र समयको लगानी गर्नु पर्ने भएकोले सो वापतको क्षतिपुर्ति स्वरुप पारिश्रमिक लिने दिने व्यवस्था हुनुपर्दछ ।

    वडा अध्यक्ष सम्मका पदाधिकारिहरु तोकिएको समयसम्म कार्यालयमै बस्नु पर्ने भएकोले मासिक पारिश्रमिक दिने अन्य वडा सदस्यहरुलाइ दैनिक रुपमा कार्यालयमा बस्नु नपर्ने भएकोले बैठकको समयमा बैठक भत्ता तथा यातायात खर्च उपलब्ध गराउनु उचित हुन्छ । राजनीतिकर्मीको उदेश्य समाजको विकास गर्नु, बदल्नु, सुधार गर्नु, उन्नतशिल बनाउनु रहेको हुन्छ भने कर्मचारिको कर्तव्य पालन तथा कानुनको कार्यान्वयन गरी सेवा प्रवाह गरी राजनीतिक व्यवस्थालाइ सहयोग पुर्‍याउनु हुन्छ।

    निर्वाचित जनप्रतिनिधिहरु सामाजिक व्यवस्थापक हुन कार्यालयका व्यवस्थापक होइनन् । त्यसकारण आफ्नो क्षेत्रको विकासको लागि के गर्न सकिन्छ, सम्भावित श्रोतहरुको पहिचान गरी त्यस्ता श्रोतहरुलाइ कसरी परिचालन गर्न सकिन्छ भन्ने बारे स्थानीय सरोकारवालाहरु संग सरसल्लाह गर्ने , विज्ञहरुसंग परामर्श गर्ने, नीति बनाउने, सेवा प्रवाहको अनुगमन गरी कमी कमजोरी देखा परेमा सुधार गर्ने र गराउने जस्ता नीतिगत कुरामा ध्यान पुर्‍याउनु पर्छ ।

    राजनीतिकर्मी परिवर्तनका बाहक हुन,सुधारकर्ता हुन, नेतृत्वकर्ता हुन् अत राजनीतिकर्मीले आफुले पाउने सुबिधामा भन्दा समाजकै आम्दानी बढाउने, रोजगारी सृजना गर्ने, समग्रमा देशको विकास गर्नेमा आफुलाइ केन्द्रित गर्नु पर्छ ।यस्का अलावा राजनीतिकर्मीको पनि परिवार हुन्छ, आफ्नै खर्च पनि चलाउनु पर्ने हुन्छ त्यसको लागि आम्दानी त चाहिन्छ नै । त्यस्तो खर्च कसरी चलाउने त्यस सम्बन्धमा दीर्घकालीन व्यवसाय तिर पनि सोच्नु पर्ने हुन्छ ।

    युवा नेता बिश्व प्रकाश शर्माले आफ्नो केहि पैत्रिक सम्पतिबाट जलविद्युत र केहि लगानी ट्राभल एजेन्सीमा गरेको त्यस्तै युवा नेता गगन थापाले पनि कृषि फर्महरुमा लगानी गरेको र भर्खर मात्र राजनीतिमा प्रवेश गर्नुभएका रविन्द्र मिश्रले एउटा घर भाडामा लगाई खर्च चलाउने गरेको बारेमा सञ्चार माध्यममा आउने गरेको छ । स्वच्छ राजनीति गर्नेहरुले यस तर्फ पनि सोच्न जरुरी छ।

    राजनीति देशको मुलनीति हो ,समाज बदल्ने,सुधार गर्ने माध्यम हो तर केही प्रजातान्त्रिक पार्टीहरु फजुल खर्च तथा पैत्रिक सम्पतीमा र कम्युनिस्टहरु कमाउनिस्ट भै दिदा राजनीतिलाइ फोहोरी खेलको संज्ञा दिने गरिन्छ । पदमा पुगे पछि जिन्दगीभरीको कमाई कुम्लो पार्ने आन्तरिक मनस्थिति आजै बाट त्याग्नु पर्छ। किनकी मुख धोएर मात्रै शरीर सफा हुदैन। भाषणले मात्रै सुशासन कायम हुँदैन सामाजिक तथा व्यावहारिक रूपमा भ्रष्टाचार रोक्नु पर्छ ।
    सोसल मिडियामा शेयर

    Leave a Reply