चितवन,नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो रोक्ने काम भईरहेको छ । सडक बन्द गरेर आठ स्थानमा रकनेटीङ, बोल्टिङ र बाँयो ईन्जिनियरिङ प्रविधिबाट पहिरो रोकथामको काम भईरहेको आयोजनाका ईञ्जिनियर एवं सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो ।
यस सडक खण्डामा आजभोलि माथि अड्किएका ढुंगा झार्ने काम भईरहेको छ । ईन्जिनियर खनालका अनुसार अहिलेसम्म तीन प्रतिशत मात्र काम भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले मंसिर २७ गतेबाट दुई हप्ता दिउँसो सडक बन्द गरेर काम गर्न अनुरोध गरेको थियो ।
म्याद पुस ११ गते सकिँदैछ । तर, माथिका ढुंगा झार्न अझै दुई हप्ता समय लाग्ने भएकाले दिउँसोको सवारी आवागमनमा अवरोध पुग्ने बताउनुभयो । बाँकी काम भने सवारी साधन सुचारु गरेर पनि गर्न सकिनेछ । ढुंगा झारेपछि रकनेटीङ, बोल्टिङ प्रविधिबाट जालि लगाईने उहाँले जानकारी दिनुभयो ।
अहिले सडक खण्डको गाईघाट, भोर्ले, घुमाउने, भालुढुङ्गा जलबिरे, चारकिलो, टोपेखोला र कालिखोला क्षेत्रमा पहिरो रोकथामको काम भईरहेको छ । १४ करोड रुपैयाँको लागतमा बज्रगुरु, हिमशिखर न्यु टेक्निकल जेभीले मंसिर २७ गते देखि दिउँसो सडक बन्द गरेर काम सुरु गरेका हुन् ।
उनिहरुले ३० हजार वर्गमिटर क्षेत्रमा पहिरो रोकथामको काम गर्ने ईञ्जिनियर खनालले जानकारी दिनुभयो । काम गर्ने अवधि ६ महिना तोकिएको छ । तर, यही स्तरमा कामको गति अगाडी बढे साढे तीन महिनामा सकिने उहाँले बताउनुभयो । अवको एक महिनामा २० प्रतिशत काम हुने उहाँको दावि छ ।
नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो ग्रस्त क्षेत्र भनेर ३२ ठाउँ तोकिएको छ । त्यसमध्ये २४ स्थानमा पहिरो रोकथामको काम भईसकेको छ । यसअघि सडक स्तरउन्नतीठेक्काबाट १२ र पहिरो रोकथाम ठेक्का बाट १२ स्थानमा पहिरो रोकथामको काम भएको ईञ्जिनियर खनालले जानकारी दिनुभयो ।
नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुवाहक मिनिबस, माइक्रो बस, साना सवारीसाधन लाई पन्ध्र किलो बजारमा र मालवाहक सवारी ट्रक, लरी, टेलर, टिप्पर र ट्यांकरलाई दासढुङ्गामा रोकिने गरिएको छ । पोखराबाट काठमाण्डौ आवतजावत गर्ने सवारी साधन रोकिएको छैन ।
विश्व बैंकको ऋण सहयोगमा एसियन हाइवे स्टान्डर्डको डबल लेनमा स्तरोन्नति भइसकेको भए पनि सडक क्षेत्रमा पहिरोको काम बाँकी रहेको थियो । सभार इसिदाकुरा